All Posts By इटहरी खबर संवाददाता

    Showing २२१-२३० of ३,०८६ items.
  • सकियो रवि पक्षका वकिलको बहस, थुनामुक्त गर्नुपर्ने माग

    इटहरी । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ । यसअघि सोमबार रविविरुद्ध सरकार र जाहेरवालाका तर्फबाट वकिलहरूले बहस गरेका थिए। आज (बुधबार) रविको पक्षमा वरिष्ठ अधिवक्ताहरू सुशील पन्त र रमन श्रेष्ठले बहस गरिरहेका छन् । पन्त र श्रेष्ठ दुवै पूर्व महान्यायाधिवक्ता हुन् ।उनीहरूले रविलाई छाड्नुपर्ने तर्क पेश गर्दै इजलासमा बहस गरिरहेका छन् । अहिले खाजाका लागि समय छुट्टयाइएको छ भने सवा २ बजेबाट पुनः इजलास सुरु हुने बताइएको छ । जिल्ला अदालत कास्कीको आदेशपछि धरौटीमा रिहा भएका लामिछाने गत आइतबार आफैं अदालतमा उपस्थित भएका थिए

    • प्रकाशित मितिः माघ २, २०८१
    • ३८१ पटक पढिएको
  • सामाजिक अभियान्ता आशिका तामाङ पक्राउ !!…

    इटहरी । सामाजिक अभियान्ता आशिका तामाङ पक्राउ परेकी छन् । नेपाल प्रहरी उनलाई आज (बुधबार) दिउँसो स्वयम्भुबाट पक्राउ गरेको हो ।तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा नियन्त्रणमा लिइएको बताइएको छ । तामाङलाई पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिएका छन् । उनलाई पक्राउ गर्न प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको थियो । प्रहरी वृत्त गौशालाबाट उनीमाथि अनुसन्धान भइरहेको छ ।

    • प्रकाशित मितिः माघ २, २०८१
    • ३०९ पटक पढिएको
  • ठमेलबाट अपहरणमा परेका चिनियाँ नागरिक भिमफेदीको जंगलमा भागे, चार भारतीय पक्राउ

    इटहरी । काठमाडौँबाट अपहरण गरेर मकवानपुरको जंगलमा पुर्‍याएका चिनियाँ नागरिकको उद्धारको प्रयास भइरहेको छ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चिनियाँ नागरिकको उद्धार गरिसकेको छैन। तर अपहरणमा संलग्न रहेको आरोपमा चार जना भारतीयलाई भने पक्राउ गरेको अनुसन्धान कार्यालय स्रोतले जानकारी दिएको छ।पक्राउ पर्नेमा चारै जना भारतीय नागरिक छन्। उनीहरूले मंगलबार साँझ चिनियाँ नागरिकलाई काठमाडौँको ठमेलबाट अपहरण गरेर नै भारत लैजान लागेको आशंका प्रहरीको छ।अहिले चिनियाँ नागरिकको खोजी गरिरहेको पनि प्रहरीले जानकारी दिएको छ।चार जना भारतीय नागरिकले ठमेलको नर्सिङचोकबाट चिनियाँ नागरिकलाई जबरजस्ती गाडीमा हाले

    • प्रकाशित मितिः माघ २, २०८१
    • ४११ पटक पढिएको
  • विपक्षी दलले बनाए कार्यदल, भोलि पत्रकार सम्मेलन

    इटहरी । विपक्षी दलहरूले कार्यदल गठन गरेका छन्। बुधबार बिहान प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको आह्वानमा सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले दुई सदस्यीय कार्यदल गठन गरेको हो। समसामयिक विषयमा विपक्षी दलहरूको लिखित साझा धारणा तयार पार्न उक्त कार्यदल बनाइएको एक नेताले जानकारी दिए। कार्यदलमा माओवादी केन्द्रको तर्फबाट वर्षमान पुन र नेकपा एकीकृत समाजवादीको तर्फबाट वेदुराम भुसाल रहेका छन्। सरकार स्वेच्छाचारी भएको निष्कर्ष निकालेको बैठकले त्यसको डटेर प्रतिवाद गर्ने निर्णय पनि गरेको छ। त्यसबारे धारणा सार्वजनिक गर्न उनीहरूले भोलि पत्रकार सम्मेलनसमेत आयोजना गर्ने भएका छन्। पत्रकार सम

    • प्रकाशित मितिः माघ २, २०८१
    • २५६ पटक पढिएको
  • हिजो घटेको सुनचाँदीको भाउ आज बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

    इटहरी । हिजो ओरालो लागेको सुनचाादीको भाउ आज (बुधबार) बढेको छ । आज छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर एक लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५५ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ८२० रुपैयाँमा कारोबार भएको थियो । पाँच दिनदेखि लगातार बढ्दै आएको सुनको मूल्य हिजो घटेको थियो ।गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो । गत कात्तिक १५ गते सुन

    • प्रकाशित मितिः माघ २, २०८१
    • ३०२ पटक पढिएको
  • अदालतमा रवि लामिछाने पक्षको बहस सुरु

    इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बुधबार (आज) काठमाडौं जिल्ला अदालतमा थुनछेक बहसका लागि उपस्थित गराइएको छ ।उनीमाथि काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको मुद्दा लागेको छ । काठमाडौँ जिल्ला अदालतमा प्रतिवादी रवि लामिछानेका तर्फबाट बहस सुरु भएको छ । उनका तर्फबाट पूर्वमहान्यायाधिवक्ता सुशील पन्तले बहस थालेका हुन् ।आइतबार बयानका लागि उनी काठमाडौं जिल्ला अदालतमा हाजिर भएका थिए । त्यसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले उनलाई हिरासतमा पठाउन आदेश गरेको थियो । सोमबार पनि थुनछेक बहस भएको थियो, तर मंगलबार माघे संक्रान्तिको विदा भएकाले बयान हुन सकेन । त्य

    • प्रकाशित मितिः माघ २, २०८१
    • २५४ पटक पढिएको
  • विपक्षी ६ दलको बैठक : तत्काल संसद बोलाउन दबाब दिने

    इटहरी । विपक्षी ६ दलको वैठकले संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेका छन् । नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलहरूको बैठकले संयुक्त वक्तव्य निकालेर दबाब दिने निर्णय गरेको हो ।बैठकमा चार विषयमा छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी) ले जानकारी दिएका छन् । सरकारले हिउँदे अधिवेशन बोलाउन ढिलाइ गरिरहेकाले तत्काल सदन बोलाउन दबाब दिने निर्णय भएको उनले बताए ।‘सरकारलाई सदन बोलाउन दबाब दिने विषयमा छलफल भयो। सरकारले विपक्षी दलहरूको आवाजलाई नसुन्ने हो भने विशेष अधिवेशनसमेत माग गर्नुपर्ने हुन सक्छ । हामीले यही विष

    • प्रकाशित मितिः माघ २, २०८१
    • २६१ पटक पढिएको
  • काँकडभिट्टाबाट धरान छुटेकाे वस झापाकाे धरमपुरमा पल्टियाे , ११ जना यात्रु घाइते

    झापा । झापाको शिवसताक्षी नगरपालिका–१ स्थित धरमपुरमा सवारी दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् । बुधबार बिहान ६ः३० बजे काँकडभिट्टा पूर्वबाट धरान पश्चिमतर्फ जाँदै गरेको मे १ ख २५४५ नम्बरको यात्रुवाहक बस धरमपुरमा दुर्घटना हुँदा करिव ११ जना यात्रु घाइतेका हुन् ।नागरिक यातायातको यात्रुवाहक बस अनियन्त्रित भई बस सडकबाट तल खसेर पल्टिएको थियो । दुर्घटनामा घाइते हुनेमा विराटनगर महानगरपालिका– ३ का गुणा कोइराला, दीपा निरौला, म्यारी निरौला, निर्मला निरौला, विराटनगर– ४ का शर्मिला कोइराला, झिलझिलेका टंक सिवाकोटी, विराटनगरकै आन्सा फ्यादेन, सुमना लिम्बु, बिर्तामोडका पुष्पलाल अधिकारी, चन्द्रकला अधिकारी

    • प्रकाशित मितिः माघ २, २०८१
    • ४०७ पटक पढिएको
  • देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो

     इटहरी । धनु राशिबाट सूर्य मकर राशिमा प्रवेश गर्ने दिन आज पवित्र धामका रुपमा परिचित बराहक्षेत्र, देवघाट, रिडी, त्रिवेणी, गोदावरी धाम, कालीगण्डकीलगायत नदीमा मकर संक्रान्ति स्नान गर्ने भक्तजनको भीड लागेको छ ।आज उत्तरायण सुरु हुने दिन भएकाले स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिने भएकाले बिहानदेखि यी क्षेत्रमा भक्तजनको भीड लागेको हो । सुनसरीको प्रसिद्ध तीर्थस्थल बराहक्षेत्र–१ चतराधामस्थित बराहक्षेत्र मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।सोमबार साँझदेखि नै धामी–झाँक्रीसहित ठूलो सङ्ख्यामा भक्तजन स्नान गर्न र पूजापाठ गर्न आएको बराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्

    • प्रकाशित मितिः माघ १, २०८१
    • २९१ पटक पढिएको
  • सिन्धुलीमा ६४ लाख बढीको सुनसहित एक जना पक्राउ

    सिन्धुली । सिन्धुलीमा ६४ लाख बढीको सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले ४१ तोला सुनसहित एक जनालाई पक्राउ गरेको हो । सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानमा ४१ तोला बढी अबैध काँचो सुनसहित एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।बर्दिवासबाट काठमाण्डौंतर्फ आउँदै गरेको बा ४ ख ५५४० नंम्बरको फोर्स गाडीबाट ४१ दशमलब ३५ तोला काँचो सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । उक्त गाडीमा सवार पर्सा जिल्ला पोखरिया नगरपालिका– ८, जगतपुरका ४८ वर्षीय बिक्रम साहको कालो रंगको झोलाभित्र कपडाले बेरिएको अवस्थामा बिल बिजक नभएको ४१ दशमलब ३५ तोला काँचो सुनसहित

    • प्रकाशित मितिः माघ १, २०८१
    • २५८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल