इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माघे सङ्क्रान्ति र माघी पर्वले मेलमिलाप र सद्भाव वृद्धि गरी सामाजिक र सांस्कृतिक एकतालाई बलियो बनाउने बताएका छन् ।आज माघे सङ्क्रान्ति एवं माघी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले बहुजातीय, बहुधार्मिक र विविधतायुक्त समाजलाई एकतामा बाँध्ने बताए ।उनले भने, ‘तराई हिमाल, पहाड र तराई सबै भूगोलमा बस्ने जातजातिबिच एकता बढाउँदै यो पर्वले संवृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आंकाक्षा पूरा गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु ।’कोशी प्रदेश सरकार सबै धर्म संस्कृति र पहिचानको सम्मान गर्दै संरक्षण गर्न प्रतिबद्ध भएको उनले शु
इटहरी । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले कतारका विदेश राज्यमन्त्री महम्मद बिन अब्दुलअजीज अल खुलाइफीसँग टेलिफोन वार्ता गरेकी छिन् । परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार बिहान भएको टेलिफोन वार्तामा राणाले हमासले बन्दक बनाएका विपिन जोशीको रिहाइका लागि कतारसँग सहयोग मागेकी थिइन्।कतारले विपिन जोशीको रिहाइको विषयलाई वार्ताको बिन्दुको रूपमा राख्नका लागि काम गर्ने बताएको छ ।परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले कतारका विदेश राज्यमन्त्री महम्मद बिन अब्दुलअजिज अल खुलाइफीसँग आज गरेको टेलिफोन वार्ताको क्रममा खुलाइफीले कतारले जोशीको रिहाइको विषयलाई आफ्नो वार्ताको बिन्दुको रूपमा राख्नका लागि काम गर्ने
ताप्लेजुङ । लिम्बू समुदायले आज परम्परागत चाड कक्फेक्वा तङ्नाम मनाइरहेका छन् । माघे संक्रान्तिलाई लिम्बू समुदायले कक्फेक्वा तङनामका रुपमा परम्परागत संस्कारअनुसार विशेष महत्वका साथ मनाउने गर्छन् ।लिम्बू भाषामा ‘कक्’ को अर्थ चाप ‘फेक्वा’ फुल्नु र ‘तङ्नाम’ को अर्थ पर्व हो । आजदेखि लिम्बू समुदायको नयाँ वर्ष सुरु हुने गर्छ । यस वर्षबाट येले तङ्बे (दोङ) ५०८५ प्रारम्भ भएको लिम्बूहरुको साझा संस्था किरात याक्थुङ चुम्लुङका जिल्ला सचिव सरोज कङलिवाले बताए ।राई, लिम्बू, याक्खा, सुनवारलगायत समुदायले विशेषगरी मनाउने यो चाडमा वन तरुल, घर तरुल, सक्खरखण्डजस्ता परिकार खाने प्रचलन छ । याक्थुङ चुम्लुङका जिल्ला
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैँचा नगरपालिका–४ रहेको थारू सांस्कृतिक सङ्ग्रहालयको आयोजनामा आजदेखि माघ ७ गतेसम्म ‘माघी महोत्सव’ हुने भएको छ । माघे संक्रान्ति पर्वका अवसरमा नगरको दुलारीस्थित हवेली टोलमा रहेको थारू सङ्ग्रहालय परिसरमा साताव्यापी महोत्सव हुन लागेको हो ।‘कृषि, उद्योग, व्यापार र पर्यटनको समृद्धि–सभ्यता पहिचानसहितको संस्कार र संस्कृति’ भन्ने मूल नाराका साथ आजदेखि महोत्सव सुरु भएको महोत्सवका संयोजक तेजनारायण चौधरीले जानकारी दिए । उनका अनुसार महोत्सवमा थारू खानपिन, परिकार, प्रदर्शनी एवं बिक्री, थारू सीप हस्तकला, प्रदर्शनीलगायत करिब ७० भन्दाबढी कक्ष रहन छन्।संयोजक चौधरीले माघे संक्
एजेन्सी । अमेरिकाको लस एन्जलसमा लागेको आगो अझै पूर्णरूपमा नियन्त्रणमा आउन सकेको छैन । आगलागीका कारण अहिलेसम्म २४ जनाको मृत्यु भइसकेको छ । आगो अझै पलिसेडेस, ईटन र हस्र्ट क्षेत्रमा फैलिरहेको बीबीसीले जनाएको छ ।हालसम्म लस एन्जलसमा लागेको आगलागीमा परी हालसम्म २४ जनाको मृत्यु भएको छ भने २३ जना बेपत्ता छन् । आगलागीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये पलिसेडेस पहिलो स्थानमा छ । यहाँको आगो २३ एकडभन्दा बढी क्षेत्रमा फैलिएको र १४ प्रतिशत मात्रै आगो मात्रै नियन्त्रणमा आउन सकेको छ । आगलागीबाट दोस्रो बढी प्रभावित क्षेत्र इटनमा ३३ प्रतिशत मात्रै नियन्त्रणमा आएको छ । अहिले पनि १४ हजार एकडभन्दा बढी क्षेत्रम
इटहरी । २०८१ सालको एसईई परीक्षाको तालिका सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सार्वजनिक गरेको तालिका अनुसार एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुनेछ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ ।यस दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुनेछ । दोस्रो दिन चैत ८ गते अनिवार्य नेपाली विषयको परीक्षा हुने छ । यस दिन गैरनेपाली विद्यार्थीहरुका लागि अंग्रेजी (इलेक्टिभ इङ्गलिस) को परीक्षा हुनेछ । चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयको तालिकामा उल्लेख छ ।हेर
इटहरी । आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे संक्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) संक्रान्ति भनिन्छ ।आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लाग्दछ । यी ठाउँमा आज विशेष मेला समेत लाग्ने गर्दछ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । तराईवासीले आज
विराटनगर – राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति पर्वले नेपाली समाजमा सहिष्णुता, बन्धुत्व, र एकता कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ पार्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्।माघे सङ्क्रान्ति पर्वका अवसरमा सोमबार शुभकामना सन्देश दिँदै उनले स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी र दाजुभाइमा सुख, शान्ति, र समृद्धिको कामना गरेका छन्। उनले यो पर्वले प्रकृति र संस्कृतिको संरक्षण गर्दै सभ्य, सुसंस्कृत, र समतामूलक समाज निर्माण गर्न प्रेरणा दिने बताए।राष्ट्रपतिले नेपालका विभिन्न जातजातिले आ–आफ्नै तरिकाले मनाउने यो पर्वले मुलुकको सांस्कृतिक विविधतालाई झल्काउने बताएका छन्। थारू समुदायले माघे
मोरङ -नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन आग्रह गरेका छन्। बेलायतको संसद भवन वेस्टमिन्स्टरमा आयोजित ‘नेपाल–बेलायत सम्बन्ध’ विषयक कार्यक्रममा बोल्दै उनले दुई देशबीचको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धलाई स्मरण गर्दै गोर्खा सैनिकहरूको योगदानको विशेष प्रशंसा गरेका हुन्।उनले सन् १९२३ मा नेपाल र बेलायतबीच भएको शान्ति तथा मैत्री सन्धीले नेपाललाई स्वतन्त्र र सार्वभौम राष्ट्रका रूपमा विश्वसामु स्थापित गराएको ऐतिहासिक महत्त्वको चर्चा गरे। नेता कोइरालाले नेपालका गोर्खा सैनिकहरूले दुई विश्वयुद्धमा देखाएको समर्पण र बलिदानको प्रशंसा गर्दै उनीहर
सोलुखुम्बु । जाडो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुका ९३ वटा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ । चिसोका कारण पठनपाठनमा कठिनाई भएपछि सात स्थानीय तहले जाडो बिदा दिएका हुन् । शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका सूचना अधिकारी प्रकाण्ड न्यौपानेका अनुसार गत मंसिर देखि विद्यालय क्रमिक रूपमा बन्द हुन थालेका हुन् ।जिल्लामा दुई सय ८९ सामुदायिक विद्यालय छन । तीमध्ये ९३ विद्यालयको पठनपाठन हालका लागि बन्द गरिएका हुन्। आठ स्थानीय तह मध्ये सोताङ गाउँपालिका बाहेक सबै स्थानीय तहले जाडो बिदा दिएको कार्यालयले जनाएको छ ।जिल्लाको माथिल्लो क्षेत्रमा तापक्रम माइनस २० डिग्रीसेल्सियससम्म पुगेको छ भन