इटहरी । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैंका लागि विभिन्न देशहरूमा उत्तम साइतको मिति र समय सार्वजनिक गरेको छ ।

बडादशैंको टीकाको लागि नेपालमा उत्तम साइत कात्तिक ४ गते बिहान १० बजेर २६ मिनेटमा रहेको छ ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित २३ देशका लागि पनि बडादशैंको टीकाको साइत सार्वजनिक गरेको छ ।

विभिन्न देशमा बसोबास गर्ने नेपालीहरुको सुविधाका लागि समितिले टीकाको साइत तोकिदिएको हो । टीकाको साइत तय गर्दा स्थान विशेषको सूर्योदयको समय र दशमी तिथिको आधारमा गरिन्छ ।

यसैले टीकाको साइत विभिन्न देशमा फरक दिन र फरक समयमा पर्ने गरेको छ ।