इटहरी । यस वर्ष बडादशैंको टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेट तोकिएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका ग्रहण गर्ने व्यक्ति पश्चिम दिशातर्फ फर्किनुपर्नेछ ।
विजयादशमीका दिन देवी विसर्जनको शुभसाइत बिहान ८ बजेर ४९ मिनेटमा रहेको छ । त्यसपछि टीका तथा जमरा लगाउने कार्यक्रम शुरु हुनेछ ।
कात्तिक ८ गते आइतबार अखिलबलिपूर्ति तथा कोजाग्रत पूजा गरिने समितिले जनाएको छ ।


















