All Posts By इटहरी खबर संवाददाता

    Showing २४१-२५० of ३,०८६ items.
  • थुनछेक बहस नसकिएपछि रवि फेरि हिरासतमै

    इटहरी ।  स्वर्णलक्ष्मी सहकारी ठगीका अभियुक्त रवि लामिछानेको थुनछेक बहस नसकिएपछि हिरासतमै फर्काइएको छ।काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई प्रहरीको जिम्मा लगाउने आदेश गरेको छ।उनलाई आइतबार पनि काठमाडौँ जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको थियो।काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम संगठित तवरले ठगी गरेको अभियोगमा उनीविरुद्ध मुद्दा दायर भएको छ।सोमबार सरकारी वकिल र जाहेरवालाका तर्फबाट मात्र बहस सकिएको छ। रवि पक्षका कानुन व्यवसायीले अब पर्सि बहस गर्नेछन्। उनीहरूको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन्।

    • प्रकाशित मितिः पुस २९, २०८१
    • २६२ पटक पढिएको
  • अमेरिकाको लस एन्जलसमा भइरहेको आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुग्यो

    एजेन्सी । अमेरिकाको लस एन्जलसमा भइरहेको आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुगेको छ।क्यालिफोर्नियाका मौसमविद्हरूले आगामी दिनमा तीव्र गतिमा हावा चल्ने चेतावनी दिएका छन्। जसका कारण आगलागी अझ भीषण हुने आशंका गरिएको छ। लस एन्जलस काउन्टीका स्वास्थ्य अधिकारीहरूले मृतकको संख्या २४ पुगेको बताएका छन्। आगलागीका कारण सबैभन्दा बढी विनाश पालिसेड्समा भएको छ जहाँ २३ हजार एकडभन्दा बढी क्षेत्रफल जलेको छ।आइतबार एक निजी मौसम अनुगमन कम्पनीले आगलागीबाट हुने आर्थिक क्षतिको प्रारम्भिक अनुमान २५० अर्ब देखि २७० अर्ब डलरसम्म गरेको छ।

    • प्रकाशित मितिः पुस २९, २०८१
    • ३८५ पटक पढिएको
  • रौतहटमा मान्छे मारेर फरार रहेका व्यक्ति ४० वर्षपछि सर्लाहीबाट पक्राउ

    सर्लाही । सर्लाही प्रहरीले व्यक्ति हत्यापछि फरार रहेका एक प्रतिवादीलाई ४० वर्षपछि पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीकाअनुसार पक्राउ पर्नेमा रौतहटको साविक ब्रम्हपुरी गाउँपालिका- ९ (हालको ठेगाना राजदेवी नगरपालिका-९ रौतहट) भएका ५६ वर्षीय राजु सिंह रहेका छन्। जिप्रका सर्लाहीका प्रहरी नायव उपरीक्षक डीएसपी दीपक श्रेष्ठकाअनुसार व्यक्ति हत्यापछि धर्म र नामसमेत परिवर्तन गरेर सिंह सर्लाहीमा लुकिछिपी बस्दै आएका थिए।  ‘कर्तब्य ज्यान मुद्दामा रौतहट जिल्ला अदालतबाट २० वर्ष कैद तोकिएका सिंहलाई हामीले सर्लाहीको चक्रघट्ट गाउँपालिका-४ सुन्दरपुरबाट यही पुस २६ गते पक्राउ गरेका

    • प्रकाशित मितिः पुस २९, २०८१
    • ३८० पटक पढिएको
  • आजदेखि स्वस्थानी व्रतकथा सुरु

    इटहरी । वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमास अनुसार माघ महिनालाई विशेष रुपमा छुट्याइएको छ ।पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बीले विधिपूर्वक माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर पूजा आराधना सुरु गर्दै छन् ।धेरैजसो महिलाले यो व्रत बस्ने गर्छन् । नेपालमा गरिने स्वस्थानी व्रतकथाका विषयमा विद्यावारिधि शोध गर्नुभएकी अमेरिकी नागरिक जेसिका भेन्त

    • प्रकाशित मितिः पुस २९, २०८१
    • २८४ पटक पढिएको
  • कोशी प्रदेशमा घट्यो बाली कृषि क्षेत्रफल

    इटहरी । बढ्दो बसाँइसराई र कृषि भूमिमा घर तथा आवास निर्माण गर्ने क्रममा वृद्धि भएपछि कोशी प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा आर्थिक वर्ष २०७९/८० को तुलनामा कोशी प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल एक दशमलव ५५ प्रतिशतले घटेको उल्लेख छ ।आर्थिक वर्ष २०८०/८१ मा नेपालको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कोशी प्रदेशको हिस्सा १५ दशमलव ८४ प्रतिशत हुने केन्द्रीय तथ्याङ्क कार्यालयको अनुमान छ । गत आर्थिक वर्षमा यस प्रदेशको हिस्सा १५ दशमलव ८८ प्रतिशत थियो। सो प्रदेशको कुल गार्हस्थ्य

    • प्रकाशित मितिः पुस २९, २०८१
    • ४५३ पटक पढिएको
  • माघीमय भए थारू बस्ती

    कैलाली । पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायको माघी पर्वको चहलपहल आजदेखि कैलाली, कञ्चनपुरलगायत थारू बस्तीमा सुरू भएको छ । विशेषगरी पुस महिनाको अन्तिम दिनदेखि सुरू भई माघ २ गतेसम्म उल्लासपूर्वक मनाइने माघी पर्वमा पुसलाई बिदाइ गरी माघ १ गते अर्थात् नयाँ वर्षलाई स्वागत गर्दै थारू गाउँ बस्तीमा यो पर्व सुरू भएको थारू अगुवा प्रभातकुमार चौधरीले जानकारी दिए ।आज बिहानैदेखि थारू गाउँहरूमा मासुका लागि जिता मार्ने (बङ्गुर काट्ने) क्रियाकलाप सुरू भइसकेको थारू अगुवा चौधरीले बताए । त्यस्तै राति थारू जातिको संस्कृतिअनुसार नाचगान गरी रातभर जाग्राम बस्ने, भगवान्का नाममा ध्वनि जगाएर (धमार

    • प्रकाशित मितिः पुस २९, २०८१
    • २७१ पटक पढिएको
  • झापामा एमबीबीएस पठनपाठन सुरू, विदेशी पनि आउन थाले पढ्न

    झापा । झापामा चिकित्सा शास्त्रको स्नातक तह (एमबीबीएस) को पठनपाठन सुरू भएपछि झापावासीले खुशी व्यक्त गरेका छन् । विर्तामोडको बिएन्डसी मेडिकल कलेजले यही पुस २६ गतेदेखि साविकको मेची अञ्चलमै पहिलोपल्ट ५० जना विद्यार्थीलाई एमबीबीएस तहमा पढाउन सुरू गरेको हो । काठमाडौँ विश्वविद्यालयको सम्बन्धन र राष्ट्रिय चिकित्सा शिक्षा आयोगको स्वीकृति बमोजिम कलेजले ‘बेसिक साइन्स’ अध्यापनका लागि मेचीनगर–१२ धाइजनमा अलग्गै सुविधासम्पन्न भौतिक पूर्वाधार स्थापना गरेको छ । विर्तामोड–५ मा क्लिनिकल अध्यापनका निम्ति मेडिकल कलेज विगत १० वर्षदेखि सञ्चालनमा रहेको छ ।प्रतिनिधिसभा सदस्य अमृतलाल राजबंशीले आफ्नै जिल्लामा डाक्ट

    • प्रकाशित मितिः पुस २९, २०८१
    • ३६२ पटक पढिएको
  • आज पनि बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

    इटहरी । नेपाली बजारमा आज (सोमबार) पनि सुनको भाउ बढेको छ । चाँदीको मूल्य भने आज स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख ५५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।हिजो सुन प्रतितोला १ लाख ५५ हजार ७ रुपैयाँमा कारोबार भइरहेको थियो । आज चाँदीको भाउ भने स्थिर रही १ हजार ८६० रुपैयाँ कायम भएको छ । हिजो पनि चाँदी तोलामा १ हजार ८६०५ रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः पुस २९, २०८१
    • ४४४ पटक पढिएको
  • त्रिभुवन विश्वविद्यालयद्वारा २४ क्याम्पसमा प्रमुख नियुक्त,कहाँ काे ?

    इटहरी । त्रिभुवन विश्वविद्यालयले देशभरका २४ आंगिक क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त गरेको छ । आइतबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले देशभरका २४ आंगिक क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त गरेको हो ।क्याम्पस प्रमुख नियुक्तिका लागि त्रिविले छनौट तथा सिफारिस समिति गठन गरेको थियो। समितिले गरेको सिफारिसको आधारमा नियुक्ति गरिएको त्रिविले जनाएको छ ।त्रिविका प्रवक्ता एमनसिंह बोहोराका अनुसार शंकरदेव क्याम्पस काठमाडौंमा सहप्राध्यापक कपिल खनाल, नेपाल कमर्श क्याम्पसमा सहप्राध्यापक जितेन्द्रप्रसाद उपाध्याय, ललितकला क्याम्पसमा उपप्राध्यापक यामप्रसाद शर्मा, सानोठिमी क्याम्पसमा उपप्राध्यापक माधवप्रसाद श्

    • प्रकाशित मितिः पुस २९, २०८१
    • ५०८ पटक पढिएको
  • माघका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कसको कति ?

    इटहरी । वाणिज्य बैंकहरुले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । भोलि माघ १ गतेदेखि लागू हुने यो नयाँ दरमा अधिकांश बैंकहरुले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। देशभर सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १७ वटा बैंकले पुस महिनाको ब्याजदरलाई यथावत राखेका छन् ।दुई बैंकले ब्याजदर घटाएका छन् भने एउटा बैंकले ब्याजदर बढाएको छ । कृषि विकास बैंक र नेपाल एसबीआई बैंकले ब्याजदर घटाएका छन् । कृषि विकास बैंकले माघ महिनाका लागि व्यक्तिगत खातामा ५.५१ प्रतिशत र संस्थागत खातामा ३.२५ प्रतिशत ब्याजदर तोकेको छ । यो अघिल्लो महिनाको तुलनामा व्यक्तिगत खातामा ५.५७ बाट घटेको हो भने संस्थागत खा

    • प्रकाशित मितिः पुस २९, २०८१
    • ३८७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल