इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री तथा रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेको थुनछेक बहस सुरु भएको हो । काठमाडौँ जिल्ला अदालतमा आज बिहानदेखि थुनछेक बहस सुरु भएको हो ।सुरुमा सरकारी वकिलको तर्फबाट र पछि लामिछानेका कानून व्यवसायीले बहस गर्नेछन् । उनीहरुका लागि न्यायाधीश अधिकारीले समय तोकिदिएका छन् । सरकारी वकिलका लागि २ घण्टा र लामिछानेका वकिलका लागि सवा एक घण्टा तोकिएको छ ।लामिछानेको तर्फबाट सुशील पन्त र रमन श्रेष्ठले बहस गर्दैछन् । समय नै तोकिएकाले आजै थुनछेक आदेश आउने सम्भावना र
मोरङ– नेपाल सरकारका सहसचिव इन्द्रदेव यादवले मोरङ जिल्लाको प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को जिम्मेवारी सम्हालेसँगै विकास, सुरक्षा र सेवा प्रवाहलाई सन्तुलित र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्। आइतबार पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा उनले कानुनको दायराभित्र रही संघीय सरकारको प्रतिनिधिका रूपमा जिम्मेवारी पूरा गर्ने र सबै पक्षको सुझावलाई महत्व दिने बताएका छन्।सन्तुलित भूमिका र कानुनी प्रतिबद्धताप्रजिअ यादवले आफ्नो भूमिकालाई सन्तुलित राख्दै राजनीतिक, प्रशासनिक, र विकास निर्माणका काममा सबै पक्षसँग समन्वय गर्ने उल्लेख गरे।“संघीय सरकारको प्रतिनिधिका रूपमा कानुनको दायराभन्दा बाहिर गएर काम
धरान । सुनसरीको धरान उपमहानगरपालिका–८ तीनकुनेमा रहेको सबडिभिजन वन कार्यालय पाँचकन्या र विष्णुपादुका सबडिभिजन वन कार्यालयमा राखिएको काठ कुहिन थालेको छ । लामो समयसम्म ठेक्का लाग्न नसक्दा भण्डारण गरिएको १५ हजार क्युफिट काठ वन कार्यालयमै कुहिएर काम नलाग्ने भएको सबडिभिजन वन कार्यालय पाँचकन्याका प्रमुख महेशकुमार साहले जानकारी दिए । दुई दशकदेखिको काठ यहाँ रहेको छ । विशेषगरी मुद्दाको काठ वर्षौँदेखि थन्किएको छ । ‘ठेक्का नलाग्दा रु सात करोड बराबरको काठ त्यत्तिकै थन्किएर वन कार्यालयमै कुहिन थालेको छ’, प्रमुख साहले भने । अहिले ‘ए ग्रेड’ को प्रतिक्युफिट काठ रु एक हजार दुई
इटहरी । नेपाली बजारमा आइतबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा १६०० रुपैयाँ वृद्धि भएको हो । जसअनुसार छापावाल सुन आइतबार १ लाख ५५ हजार ७०० रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५४ हजार १०० रुपैयाँ कायम भएको थियो । यसैबिच चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार ८४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर १ हजार ८६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
इटहरी । नेपाली युवा गायक युवा युनेश गिरीको क्यानडामा भएको सडक दुर्घटनामा परि निधन भएको छ। गैरआवासीय नेपाली संघ क्यानडा अनुसार त्यहाँकाे ब्राम्टन शहरमा बसोवास गर्दै आएका उनकाे गत मंगलबार सडक दुर्घटनामा परि निधन भएको थियो। खोटाङ घर भएका गिरी गायक समेत थिए। उनको शव नेपाल फर्काउन गैरआवासीय नेपाली संघ क्यानडाले आर्थिक संकलन अभियान समेत संचालन गरेको छ। परिवारले गिरीको पार्थिव शरीर नेपाल पठाउन आर्थिक सहयोगको निम्ति आग्रह गरेपछि ‘गो फन्ड मी’ अभियान संचालन गरिएको संघले जनाएको छ। संघले सक्दो सहयोगको लागि सबैलाई अपिल समेत गरेको छ।
एजेन्सी । अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगो आवासीय क्षेत्रमा फैलिन नदिन अग्निनियन्त्रकहरूले सक्दो प्रयास गरिरहेका छन्।पालिसेड्सको आगो रोक्न हवाई टोलीले आकाशबाट पानी छर्किरहेका छन्। प्यालिसेड्सको आगो १,००० एकडभन्दा बढी क्षेत्रफलमा फैलिएको छ र ब्रेन्टवुड तर्फ सर्दै छ।पानी अभावका कारण जनतामा बढ्दो आक्रोश देखेर अधिकारीहरू रक्षात्मक बनेका छन्।अहिलेसम्म आगलागीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको पुष्टि भएको छ।रातमा हावा तीव्र हुन सक्ने सम्भावना छ, जसले गर्दा आगो अझ फैलिनसक्छ।बीबीसीका अनुसार अमेरिकाको नेसनल वेदर सर्भिसले शनिबार र आइतबार हावा फेरि तीव्र हुन सक्ने चेतावनी दिएको छ। क्यालिफोर्नियाक
इटहरी । कोसी प्रदेश सभाको हिउँदे अधिवेशन माघ ७ गते बोलाउन सरकारले सिफारिस गरेको छ। कोशी प्रदेश सरकारको आइतबार बिहान बसेको बैठकले प्रदेश सभाको हिउँदे अधिबेशन आगामी माघ ७ गते आह्वान गर्नका लाथि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले मन्त्रीपरिषद् बैठकले हिउँदे अधिवेशकोलागि बैठक आह्वान गर्न सिफारिस गरेको जानकारी दिए।
धनकुटा । धनकुटामा रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ। चौबिसे गाउँपालिका वडा -७ किराँत चोकस्थित अठारसय घरका ६५ वर्षीय मुसलमान तामाङको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। शनिबार घर नजिकै रहेको गोगनेको रुखबाट घाँस झार्नेक्रममा उनी लडेका जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी ओमप्रकाश खनालले जानकारी दिए। रुखबाट लडेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो।
इटहरी । गायक प्रकाश सपूतको परिचय सङ्गीतकार, गीतकार, अभिनेता र निर्देशकका रूपमा स्थापित छ। गीत र श्रव्यदृश्यमार्फत आफ्नो कथालाई व्यक्त गरिरहेका गायक सपूतले चलचित्र निर्माण गरेका छन् । चलचित्रमा पनि माथि उल्लेखित भूमिकामै उनलाई पाउन सकिन्छ ।एकै व्यक्तिले यति धेरै भूमिका निर्वाह गर्न कठिनाइ हुँदैन त ? यस जिज्ञासामा गायक सपूतले आउँदा दिनमा एक विधामा मात्र केन्द्रित हुने प्रतिक्रिया दिए । उनी निर्देशित पहिलो चलचित्र ‘वसन्त’ मा समावेश पहिलो गीत ‘साँझ पर्यो झमक्कै’ को गीत र श्रव्यदृश्य सार्वजनिक गर्न शनिबार साँझ दरबारमार्गमा रहेको एक चलचित्र भवनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा गायक सपूतले आफ्नो सम
सुवास दर्नालसोलुखुम्बु । खुम्बुको ठाडो उकालो बाटो, त्यसमाथि पिठ्युँमा सय किलोको काठ । पसिनाले निथ्रुक्क भिजेको शरीर । आकाश कुलुङको दैनिकी यसरी नै बित्ने गरेको छ । बिहान सूर्योदयसँगै सुरू हुने यात्रामा उनी पिठ्युँमा सय किलो बढीको भारी बोकेर सुर्केबाट लुक्लातर्फ करिब पाँच घण्टाको कठिन उकालो पार गर्छन्।यो बाटो अन्य यात्रुलाई रित्तो हिँड्न पनि हम्मेहम्मे पर्दछ । तर उनका लागि यही उकालो नै परिवारको जीवन धान्ने गतिलो माध्यम बनेको छ । उमेरले २६ वर्ष मात्र पुगेका कुलुङको घर सोलुखुम्बु महाकुलुङ गाउँपालिका–४ गुदेल हो । निम्नवर्गीय परिवारमा जन्मिएका उनले सानैदेखि सङ्र्घषसँग साक्षत्कार गर्नुपर्यो । सानै उ