काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने शुक्रबार (आज) काठमाडौं जिल्ला अदालतमा हाजिर नहुने भएका छन् । लामिछानेलाई कास्की जिल्ला अदालतले बिहीबार (हिजो) धरौटीमा छाड्ने आदेश गरेको थियो ।पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासले लामिछानेसित ६५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो । धरौटी रकम बुझाएर लामिछाने बिहीबार नै थुनामुक्त भइसकेका छन् ।उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि मुद्दा भएका कारण शुक्रबार हाजिर हुने तयारी थियो । तर, उनी आइतबार मात्र काठ
काठमाडौं । सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले संविधान संशोधनका विषयमा कांग्रेस–एमालेबीच भएको सहमति तलमाथि नहुने स्पष्ट पारेका छन् । आज (शुक्रबार) सिंहदरबारमा मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले दुई दलबीच भएको सहमति अनुसार नै संविधान संशोधनको प्रक्रिया अघि बढ्ने भन्दै सहमतिलाई असर पुग्ने कुनै काम नहुने स्पष्ट पारे ।संविधान संशोधनलई राष्ट्रिय एजेण्डाका आधारमा अघि बढाउनु पर्ने अवस्था रहेकाले केहि समय लाग्न सक्ने उनको भनाइ छ । संविधान संशोधनका लागि पुरा गर्नुपर्ने प्रक्रिया लामो हुनसक्ने भएकाले केहि समय लाग्न सक्ने संकेत मात्रै प्रधानमन्त्रीले अभिव्यक्त गरेको हुनसक्ने उन
विराटनगर -विराट व्यापार संघ विराटनगरले मोरङका नव नियुक्त प्रमुख जिल्ला अधिकारी (सिडियो) इन्द्रदेव यादवलाई स्वागत तथा सम्मान गरेको छ। बुधवारदेखि मोरङमा सिडियोको पदभार सम्हालेका यादवलाई बिहीबार संघका अध्यक्ष अंशु बन्जाराको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय मोरङमै पुगेर फूलमाला र खादा ओढाएर सम्मान गरिएको हो।स्वागत कार्यक्रममा संघका अध्यक्ष बन्जारा, उपाध्यक्ष मनोहर कार्की, प्रविण अग्रवाल, सरस्वती ओझा, उपमहासचिव श्यामलाल पौडेल, कोषाध्यक्ष सोनु गुरुङ, प्रमुख कार्यकारी अधिकृत धरणिधर निरौला लगायतका पदाधिकारी र सदस्यहरूको उपस्थिति थियो।इन्द्रदेव यादवले यसअघि रौतहट, सर्लाही, सुनसरी, इलाम र चितवनमा प्रमु
इटहरी । जिल्ला अदालत मोरङले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिवलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।मोरङ जिल्ला अदालतका न्यायाधीश पारशमणि पोखरेलको इजलासले पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेललाई पाँच दिन म्याद थप गरेको हो । ठगी आरोप लागेका पोखरेललाई आज बिहान विराटनगरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।अनिलले एमबीबीएसमा छोरीको नाम निकालिदिने भनी सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौवालाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ ठगेको आरोप छ । सो प्रकरणमा सोमबार मोरङ जिल्ला अदालतले उनलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थि
इटहरी । सहकारीको बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई धरौटीमा छाड्न कास्की जिल्ला अदालतले आदेश दिएको छ । झण्ड तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए । जिल्ला अदालत, कास्कीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।लामिछानेले अब अदालतले तोकेको धरौटी बुझाएर रिहा हुनेछन् भने तारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्नेछन् । पूर्व गृहमन्त्री समेत रहेका
इटहरी । पूर्वपश्चिम राजमार्गमा अन्तर्गत मोरङको मालती पुल नजिकै गाडिएको अवस्थामा चार वटा सिलिण्डर बम भेटिएका छन् । पूर्वपश्चिम राजमार्गका मोरङको सुन्दरहरैँचा नगरपालिका– ७ स्थित मालती पुल नजिकै गाडिएको अवस्थामा उक्त बम भेटिएको हो ।पुल नजिकै फेला परेकामध्ये एउटा सिलिण्डर बम डिस्पोज गरिएको छ । नेपाली सेनाको टोलीले बम डिस्पोज गरेको हाे । बम रहेको हल्ला चलेपछि खोजीका लागि पूर्वपश्चिम राजमार्ग खण्डमा नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो ।खोजतलासका क्रममा मालती पुलबाट क्रिब १० मिटर पश्चिममा सुरुङ खनेर राखिएको अवस्थामा बिहीबार दिउँसो चार वटा सिलिण्डर बम फेला परेको मोरङ प्रह
इटहरी । कोशी प्रदेश सरकारले लगानी सम्मेलन आगामी वैशाख १८ र १९ गते गर्ने भएको छ । यसअघि माघ ११, १२ र १३ गते गर्ने निर्णय गरिए पनि तयारी पूरा नभएपछि लगानी सम्मेलनको मिति सारिएको हो । आज बसेको कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले लगानी सम्मेलन सार्ने निर्णय गरेको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।उनका अनुसार परियोजनाहरूको सोकेसिङ, कानुनको संशोधन र खरिद प्रक्रिया मार्फत् काम गर्नका लागि समय अभाव भएकाले लगानी सम्मेलन सार्ने निर्णय गरिएको हो । उनले कतिपय कानुन र नीति संशोधनका लागि केन्दीय सरकारका ेसमेत सहयोग चाहिने भएकाले सम्मेलन सार्नुपरेको बताए ।कोशी प्रद
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जोडिएको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज (बिहीबार) सम्म थुनछेक आदेश आउने सम्भावना बढेको छ । प्रतिवादीतर्फको बहस अन्तिम चरणमा पुगेकाले आज जवाफी बहस सकेर थुनछेक आदेश आउने सम्भावना बढेको हो ।सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख, न्यायाधिवक्ता कमला काफ्लेले पनि बिहीबार साँझसम्म अदालतबाट थुनछेक आदेश आउने अपेक्षा गरिएको जानकारी दिएकी छन् । आज सरकारी वकिलले जवाफी बहस गर्ने कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए । न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीहरुको थुनछेक बहस जारी छ ।
कास्की । सेती नदीको ड्यामबाट खसेका एक २१ वर्षीय युवक मृत भेटिएका छन् । बुधबार साँझ पोखरा महानगरपालिका–१६ दिपहाउजिङ नजिकै रहेको सेतीको ड्याममा खसेर कैलालीको धनगढी घर भई पश्चिममाञ्चल ईन्जिनियरिङ कलेज लामाचौरमा अध्ययनरत पोखरा–१९ लामाचौरमा डेरा गरी बस्ने संगम पौडेलको मृत्यु भएको हो ।ड्याम मान्छे खसेको सूचना आएपछि सशस्त्र प्रहरी बल, कालीका गण कास्कीबाट उद्धार टोली खटिएको थियो । ४ जना गोताखोरसहित ९ जनाको विशेष विपद् व्यवस्थापन टोलीले उनको शव निकाली पोस्टमार्टमका लागि मनिपाल शिक्षण अस्पताल लगिएको सशस्त्र प्रहरीले जनाएको छ ।
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमाले र माओवादी केन्द्रको भर्खरै सकिएको केन्द्रीय कमिटी बैठकप्रति कडा टिप्पणी गरेका छन् । आज (बिहीबार) बिहान सामाजिक सञ्जालमार्फत् उनले दुवैको बैठकको तुलनात्मक दृश्य र प्रवृत्ति हेर्दा ब्रेज्नेभ कालको रुसी पार्टीको झल्को आएको टिप्पणी गरेका हुन् । बाहिरी रूप ‘समाजवादी’ देखिए पनि भित्री सार भने ‘नोकरशाही पुँजीवादी’ रहेको आरोप उनको छ ।‘ओली र प्रचण्डका कम्युनिष्ट पार्टीहरूको हालैको बैठकको तुलनात्मक दृश्य र प्रवृत्ति हेर्दा ब्रेज्नेभ कालको रूसी पार्टीको झल्को आयो– बाहिरी रूप समाजवादी भित्री सार नोकरशाही पुँजीवादी !