All Posts By इटहरी खबर संवाददाता

    Showing ३०१-३१० of ३,०८६ items.
  • भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति

    सोलुखुम्बु । भूकम्पका कारण सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जको थामे पोस्ट कार्यालय भवनमा क्षति पुगेको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेत्याङस्थित निकुञ्जको भवनमा भूकम्पका कारण चिरा परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले जानकारी दिइन् । ढुङ्गाबाट बनेको उक्त एकतले भवनमा दुई कर्मचारी बस्दै आएका थिए ।प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेका अनुसार भूकम्पका कारण जिल्लाको देउसा, खरिखोला र खुम्बुको थामेमा एक-एक घरमा क्षति पुगेको छ । स्थानीय प्रशासन र सुरक्षा निकायले प्रभावित क्षेत्रको अनुगमन तथा क्षतिको विवरण सङ्कलन कार्य अघि बढाएको छ । आज बिहान ६ बजेर ५० मिनेटमा चीनको सिजाङ

    • प्रकाशित मितिः पुस २३, २०८१
    • ३९२ पटक पढिएको
  • तिब्बत भूकम्प : मृत्तकको संख्या ९५ पुग्यो, कति छन् घाइते ?

    काठमाडौं । चीनको तिब्बतमा आज (मंगलबार) विहान गएको भूकम्पमा कम्तीमा ९५ जनाको मृत्यु भएको छ। चिनियाँ सञ्चार माध्यम सीजीटीएनका अनुसार चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टीमा मंगलबार बिहान गएको भूकम्पमा परी घाइते हुनेको संख्या १३० नाघेको छ ।मंगलबार बिहान स्थानीय समयअनुसार नेपालको उत्तरपूर्वी सीमा नजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टी केन्द्र भएर भूकम्प गएको हो । भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवक्र्स सेन्टरका अनुसार स्थानीय समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । सेन्टरका अनुसार भूकम्पको उद्गम बिन्दु (गहिर

    • प्रकाशित मितिः पुस २३, २०८१
    • ३४८ पटक पढिएको
  • सकियो एमाले बैठक : पार्टीलाई निर्णायक शक्ति बनाउन अभियान चलाउने

    काठमाडौं । सत्तारूढ दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकिएको छ । गत आइतबार सुरु भएको बैठक मंगलबार सकिएको नेता महेश बस्नेतले जानकारी दिए । ‘बैठक विभिन्न महत्वपूर्ण समसामयिक प्रस्ताव पारितसहित सकिएको छ । तीन महिने अभियान सञ्चालन गर्ने निर्णय भएको छ,’ उनले भने ।तीन दिनसम्म चलेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेस गरेका थिए । त्यसमाथि नेताहरूले आफ्नो धारणा राखेका थिए । धारणा राख्ने क्रममा नेताहरूले उठाएको सवालको जवाफ अध्यक्ष ओलीले दिएपछि बैठक सकिएको हो । बैठकमा धेरै नेताहरूले नेतृत्वको शैली परिवर्तनसँगै बैठकको पूर्वसन्ध्यामा डा. भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सेन

    • प्रकाशित मितिः पुस २३, २०८१
    • ४१२ पटक पढिएको
  • भूकम्पले कोसी प्रदेशमा ५ घर क्षति : ओखलढुंगा, सोलुखुम्बु, सङ्खुवासभा र ताप्लेजुङ प्रभावित

    इटहरी । मंगलबार बिहान चीनको तिब्बत केन्द्रबिन्दु भएर गएको भुईँचालोका कारण ओखलढुंगा, सोलुखुम्बु, सङ्खुवासभा र ताप्लेजुङ प्रभावित भएका छन्।भूकम्पका कारण चारवटा घरमा आंशिक क्षति र एउटा घर पूर्ण रूपमा भत्किएको प्रहरीले जानकारी दिएको छ।कोसी प्रदेश प्रहरी कार्यालयका अनुसार ओखलढुंगामा क्षतिग्रस्त दुई घरमध्ये चिसंखुगढी गाउँपालिका ५ सिरिसेका इन्द्रबहादुर परियारको घर पूर्ण क्षति भएको छ।ताप्लेजुङको इलाका प्रहरी कार्यालय दोभानको कार्यालय प्रमुख निवास, कार्यालय र मेस भवनमा क्षति पुगेको प्रहरीले जनाएको छ।ओखलढुंगाको सिद्धिचरण नगरपालिका २ चुहानछापका हिमाल कार्कीको घर, सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका ७ ल

    • प्रकाशित मितिः पुस २३, २०८१
    • ३५९ पटक पढिएको
  • माओवादी बैठक आजै सक्ने तयारी, प्रचण्डको प्रस्तावमाथि २ बजेसम्म बोल्न पाइने

    इटहरी । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको छैठौं पूर्ण बैठकको तेस्रो दिनको छलफल सुरु भएको छ।बैठकको सुरुमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्षिप्त धारणा राख्दै राजनीतिक प्रस्तावमा सबैको सर्वसम्मत धारणा आएकाले आज दिउँसो २ बजेसम्म प्रस्तावमाथि छलफल प्रक्रिया सकेर निर्णय प्रक्रियामा अघि बढ्ने जानकारी गराए। बैठक आजै सकाउने माओवादीको तयारी छ। माओवादीका पूर्ण र बैकल्पिकगरी ६१४ केन्द्रीय सदस्य भए पनि छलफलका लागि १८० जनाले मात्रै नाम टिपाएकाले बैठक एक दिनअघि नै सकिने भएको हो। माओवादी बैठकको मिति पुस २१देखि २४ गतेसम्म राखिएको थियो। 

    • प्रकाशित मितिः पुस २३, २०८१
    • ४१८ पटक पढिएको
  • भूकम्प : काठमाडौंमा एक व्यक्ति छतबाट हामफाले, बारामा विद्यार्थीहरु बेहोस

    काठमाडौं । आज (मंगलबार) बिहान गएको भूकम्पको धक्काले आत्तिएर काठमाडौंमा एक व्यक्ति घरको छतबाट हाम फालेका छन् । नागार्जुन नगरपालिका–१० स्युचाटार निवासी एक जना पुरूष छतबाट हामफालेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी विश्व अधिकारीले जानकारी दिए ।दुवै खुट्टामा चोट लागेका उनको अहिले मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको उनले बताए । यस्तै सिन्धुपाल्चोक भोटेकोसे गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन चर्किएको छ । रामेछापमा एउटा गोठमा भूकम्पले क्षति पुर्‍याएको छ भने ओखलढुंगा र सोलुखुम्बुमा मानिस नबस्ने केही घरमा क्षति पुगेको अधिकारीले बताए ।त्यसैगरी भूकम्पको धक्काले आत्तिएर बारामा विद्यार्थीहरु बेहोस भएका छ

    • प्रकाशित मितिः पुस २३, २०८१
    • २९५ पटक पढिएको
  • वनमा फलफूल पाउन थालेपछि गाउँ छिर्न छाडे बाँदर , उपद्राे पनि घट्याे

    महोत्तरी । बर्दिवास–१ र ३ को बीचमा पर्ने चिहानडाँडा वरपरका वनजङ्गलमा बोटबिरुवा र फलफूलमा पाउन थालेपछि गाउँमा बादरको उपद्रव घटेको छ । चिहानडाँडा सामुदायिक वन उपभोक्ता समितिले चार वर्षअघि वनक्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपेको थियो । यहाँका जामुना, फडिर, अमला, अम्बा र महुवालगायतमा फल फल्न थालेपछि बस्तीमा बाँदर पस्नेक्रम पातलिएको हो ।‘अझै पनि घरका छतछतमा एक–दुई वटा बाँदर आइरहन्छन्, पहिले दैनिक २०–२५ को सङ्ख्यामा बाँदरको हुल आउँथ्यो’, स्थानीय उमा पोखरेलले भनिन्, ‘पहिले बाँदरको समूहले अन्नबाली, बोटबिरुवा, घरका सामान सबै खोसलेर केही बाँकी राख्दैनथे ।’ करिब तीन वर्ष पहिले समूहमा आउने बाँदरले घर

    • प्रकाशित मितिः पुस २३, २०८१
    • ३७८ पटक पढिएको
  • सातदोबाटोको कल सेन्टरमा सीआईबीको छापा, ५३ जना पक्राउ

    काठमाडौं । ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरबाट सीआइबीको टोलीले छापा हानेर ५३ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये दुई जना भारतीय नागरिक रहेको र अरु नेपाली नै रहेको सीआईबीका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिपक थापाले जानकारी दिएका छन् ।उनीहरुको साथबाट ८५ वटा ल्याप्टप ८२ वटा मोबाइल बरामद भएको थापाले बताए । पक्राउ परेका व्यक्तिहरुले सातदोबाटोमा कल सेन्टर चलाएर अनलाइन जुवालगायत अवैध गतिविधि गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुलाई आज म्याद थप गरी थप अनुसन्धान गरिने सीआईबीले जनाएको छ ।

    • प्रकाशित मितिः पुस २३, २०८१
    • ३१२ पटक पढिएको
  • भूकम्पबाट क्षति भए–नभएकोबारे के भन्छन् ताप्लेजुङ, संखुवासभा र पाँचथरका सीडीओ ?

    इटहरी । चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प जाँदा यसको धक्का विशेष गरेर कोशी प्रदेशका पहाडी तथा हिमाली जिल्लामा महसुस गरिएको छ । शक्तिशाली भूकम्पले केही क्षण हल्लाए पनि ती जिल्लाको स्थिति सामान्य रहेको तथा हालसम्म क्षतिको विवरण प्राप्त नभएको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले बताएका छन् ।ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालले भूकम्पको धक्का महसुस गरिएको र यसबाट जिल्लामा के–कति क्षति भयो भन्ने एकीन गर्न स्थानीय तह, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरी विवरण संकलन गर्ने काम सुरु भइसकेको जानकारी दिए ।संखुवासभाका प्

    • प्रकाशित मितिः पुस २३, २०८१
    • २४७ पटक पढिएको
  • भूकम्पबाट चीनमा मृत्यु हुनेको संख्या ५३ पुग्यो, ६२ घाइते (अपडेट)

    इटहरी । चीनमा आज (मंगलबार) बिहान गएको भूकम्पमा ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ । सरकारी सञ्चारसंस्था सिन्हवाका अनुसार ६२ जना घाइते भएका छन् । सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा स्थानीय समयानुसार मंगलबार बिहान ९ बजेर ५ मिनेटमा ६.८ म्याग्नीच्युडको भूकम्प गएको थियो ।भूकम्पले घरहरु भत्किएका छन् । भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री पठाइसकिएको छ । एक हजार पाँच सय बढी उद्धारकर्मी खटाइएको छ । अहिले पनि डिङ्ग्रीमा भूकम्पको पराकम्प गइरहेको बताइएको छ ।भूकम्पको धक्का नेपालसहितका देशहरुमा गरिएको थियो । अहिलेसम्म चीनबाहेक अन्य देशहरूमा मानविय क्षति भएको जानकारी आइसकेको छैन ।राजध

    • प्रकाशित मितिः पुस २३, २०८१
    • २१५ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल