All Posts By इटहरी खबर संवाददाता

    Showing ३५१-३६० of ३,०८६ items.
  • हप्तामा दुई सय बढी पर्यटक सगरमाथा क्षेत्रमा , सुरक्षामा प्रहरी तल्लीन

    सोलुखुम्बु । पछिल्लो एक सातामा दुई सय २८ जना विदेशी पर्यटक सगरमाथा क्षेत्र प्रवेश गरेका छन् । पर्यटकको संख्या न्यून रहने यस याममा यतिका पर्यटक यस क्षेत्र प्रवेश गरेको लुक्लास्थित नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयले जनाएको छ ।कार्यालयका इन्चार्ज जिनिश राजभण्डारीका अनुसार पुस ११ देखि १८ गतेसम्ममा ९१ महिला र एक सय ३७ पुरूष गरी दुई सय २८ जना विदेशी पर्यटक भ्रमणका लागि लुक्ला ओर्लिएका हुन् । पुस ११ गते २८, १२ गते ३१, १३ गते ३०, १४ गते ६६, १५ गते ३६, १६ गते १९, १७ गते चार र १८ गते १४ जना विदेशी पर्यटक भित्रिएको विमानस्थल कार्यालयको तथ्याङ्क छ । अफसिजनमा विगतमा पर्यटक आगमन शून्य जस्तै हुने

    • प्रकाशित मितिः पुस १९, २०८१
    • ३२० पटक पढिएको
  • ‘डिजाइन’ नै फेल भएपछि नौं वर्षदेखि अलपत्र पुलको काम फेरि अघि बढाइँदै

    कञ्चनपुर । कञ्चनपुरको देखतभूली पर्सिया सडकखण्डअन्तर्गतको दोदा नदीमा पक्की पुल निर्माण कार्यले गति लिएको छ । ठेक्का सम्झौता भएको नौं वर्षपछि पुल निर्माणकार्य अगाडि बढेको छ । विसं २०७२ पुस २६ गते लुम्बिनी–राजेन्द्र–कुमार–श्रेष्ठ जेभीसँग पुल निर्माणका लागि रू २४ करोड २२ लाख ५७ हजारमा ठेक्का सम्झौता भएको थियो ।ठेक्का सम्झौताअनुसार निर्माण व्यवसायीले कार्य गर्न नसक्दा पुल निर्माणको काम अलपत्र परेको थियो । पुलका तीनवटा पिलर खडा गरे पनि ‘पाइल टेष्ट’मा फेल हुँदा काम अगाडि बढ्न सकेको थिएन । ‘त्यही अवस्थामा पुल निर्माणको काम अगाडि बढाउन सकिने अवस्था थिएन’, सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी

    • प्रकाशित मितिः पुस १९, २०८१
    • २७४ पटक पढिएको
  • सूर्योदय नगरपालिकाका किसानलाई चिया काट्न धमाधम

    इलाम । चिया उत्पादनको उर्वरभूमि सूर्योदय नगरपालिकामा चियाको बुट्यान काट्न (कटिङ) धमाधम सुरू भएको छ । सूर्योदय–१ मकर्जुङका जगन्नाथ अधिकारी यतिबेला बिहानदेखि साँझसम्म चिया कटिङमै व्यस्त छन् । ‘पुस लागेपछि कटिङ सुरू भएकामा महिनाभरि यत्तिकै हो । सबै व्यस्त छन् । खेताला पाइँदैन’, अधिकारीले भने, ‘यो समयमा काँटछाँट मिलाउँदा अब पलाउने मुना राम्रो भएर आउँछ । पहिलो टिपाइ चैतमा हुन्छ ।’चिया रोपण, मलजल, सिँचाइ र छाँटकाँटमा ध्यान पुर्याउन सक्दा उत्पादन वृद्धि हुने किसान बताउँछन् । ‘चियाको गुणस्तर सुधार गर्न रोपणबाट टिपानसम्म नै किसानले ध्यान दिनुपर्छ ।’ सूर्योदय–७ गोगनेका गणेश भट्टराईले भने, ‘कटिङ बिग्रियो

    • प्रकाशित मितिः पुस १९, २०८१
    • २७३ पटक पढिएको
  • सिक्टा सिँचाइ आयोजना : १९ वर्षमा बल्ल ४१ प्रतिशत भौतिक प्रगति

    बाँके । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको बाँकेको सिक्टा सिँचाइ आयोजना १९ वर्षमा बल्ल ४१ प्रतिशत निर्माण कार्य भएको छ । आर्थिक वर्ष २०६१/६२ मा स्थापना भई आव २०६२/६३ बाट भौतिक निर्माणको काम सुरू भएको थियो । आयोजना सुरू भएको १९ वर्षपछि आव २०८१/८२ सम्म आइपुग्दा आयोजनाको जम्मा ४१ दशमलव ७९ प्रतिशत भौतिक प्रगति भएको छ ।सिक्टा सिँचाइ आयोजना निर्देशक राजु आचार्यका अनुसार २०७१ भदौ ८ गते रू २५ अर्ब दुई करोड र २०७९ भदौ २६ गते अन्तिमपटक आव २०८९/९० सम्म काम सम्पन्न हुनेगरी लागत संशोधन गरेर रू ५२ अर्ब ८९ करोड पुर्‍याइएको छ। उनले भने, ‘आव २०६१/६२ मा रू सात अर्ब ४५ करोड अनुमानित लागतबाट सुरू भएको आयोजनाको

    • प्रकाशित मितिः पुस १९, २०८१
    • २९१ पटक पढिएको
  • मुगुमा भूकम्पको धक्का

    मुगु । मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ । शुक्रबार बिहान ८ बजेर ३ मिनेट जाँदा लुमा क्षेत्रमा ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले जानकारी दिए ।हिजो दिउँसो सिन्धुपाल्चोकमा पनि भूकम्प गएको थियो । पछिल्लो समय भूकम्प जाने क्रम बढ्दै गएको छ । पुस लागेयता मात्रै नेपालमा ३ म्याग्निच्युडमाथिका १० भूकम्प गएका छन् ।

    • प्रकाशित मितिः पुस १९, २०८१
    • २६३ पटक पढिएको
  • आजदेखि रवि लामिछानेसहित प्रतिवादीहरूको तर्फबाट बहस

    पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा जारी थुनछेक बहसअन्तर्गत आज (शुक्रबार) देखि प्रतिवादीहरूको तर्फबाट बहस हुँदैछ । आज सुरुमा जाहेरवालाहरूको तर्फबाट बाँकी केही बहस भए उनीहरूले इजलासमा आफ्नो कुरा राख्ने र त्यसपछि थुनामा रहेका सात प्रतिवादीको तर्फबाट क्रमशः उनीहरूका कानुन व्यवसायीले बहस गर्नेछन् ।यसअघि दुई दिन सरकारी वकिलको कार्यालयका तर्फबाट बहस भएको थियो भने बिहीबार जाहेरवालाका तर्फबाट बहस भएको थियो । १२१ जना जाहेरवालाको तर्फबाट ६ कानुन व्यवसायीले बहस गरेका थिए । इजलास अधिकृत गुरुप्रसाद आचार्यका अनुसार जाहेरवाला तर्फबाट बहस गर्नका लागि दुई दर्जन कानुन व्यवसायीले

    • प्रकाशित मितिः पुस १९, २०८१
    • २१२ पटक पढिएको
  • सङ्कटग्रस्त सहकारी व्यवस्थापन गर्न समिति बनाउँदै कोशी सरकार

    विराटनगर । सङ्कटग्रस्त सहकारीहरूको व्यवस्थापन गर्न कोशी प्रदेश सरकारले समिति गठन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सङ्कटग्रस्त सहकारीको व्यवस्थापन गर्न समिति गठन गर्ने निर्णय गरेको हो । त्यसका साथै उक्त समितिको काम कर्तव्य तथा अधिकारको विषय पनि टुङ्ग्याउने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीले जानकारी दिनुभयो । मन्त्रिपरिषदको बैठकको निर्णय बारे जानकारी दिँदै प्रवक्ता भण्डारीले सहकारी व्यवस्थापन गर्नेलगायत विभिन्न दस विषयमा निर्णय भएको बताउनुभयो । मन्त्रिपरिषदको बैठकले खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था

    • प्रकाशित मितिः पुस १८, २०८१
    • ३०७ पटक पढिएको
  • अस्पताल भन्छ – सचिनलाई १० लाख जनसंख्यामध्ये तीन जनामालाई लाग्ने रोग लागेको थियो

    इटहरी । बाल गायक सचिन परियारको निधन हृदयाघातका कारण भएको त्रिवि शिक्षण (टिचिङ) अस्पतालले जानकारी दिएको छ। अस्पतालले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार १५ वर्षीय सचिन ५ वर्षभन्दा बढी समयदेखि त्रिवि शिक्षण अस्पतालमा पटकपटक भर्ना भएका थिए। उनलाई जन्मजात थर्ड भेन्ट्रिकुलर सिस्ट थियो। जसको उपचारका लागि  न्युरोसर्जरी गरिएको थियो। उनमा सेन्ट्रल डाइबेटिज इन्सिपिडस पनि थियो। यसैले उनलाई दैनिक डेस्मोप्रेसिन लिन सल्लाह दिइएको थियो। तर यो पालना गरिएन। यसपटक उनलाई तीव्र ज्वरो र सास फेर्न गाह्रो हुने भएपछि यही पुस १३ गते अस्पताल भर्ना गरिएको थियो।उनलाई भेन्टिलेटरमा राखेर बचाउने सक्दो प्रयास गरिएको

    • प्रकाशित मितिः पुस १८, २०८१
    • ४५४ पटक पढिएको
  • सुस्मिताको हत्या उनैको प्रेमीले गरेको ठहर, नयाँ वर्षकै दिन जापान जाने सपनाको यसरी भयाे अन्त्य

    काठमाडौं । काठमाडौं पिंगलास्थानमा मृत भेटिएकी २१ वर्षीया सुस्मिता खड्काको हत्या उनकै प्रेमीले गरेको प्रहरीले निष्कर्ष निकालेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सुस्मिताको हत्या उनकै प्रेमी देवबहादुर थापाले गरेका हुन् । यद्यपी उनले कसरी हत्या गरे भन्नेबारे भने पोष्टमार्टम रिपोर्टपछि मात्रै भन्न सकिने प्रहरीले जनाएको छ ।जापान जाने तयारीका लागि भाषा कक्षामा सहभागी सुस्मिता र देवबहादुर प्रेमी–प्रेमिका थिए । देवबहादुर केही समय जापान बसेर फर्किएका हुन् । थापा मंसिर ३० गते जापानबाट काठमाडौं आएका हुन् । ओखलढुंगा, सिस्नेरी स्थायी ठेगाना भएका थापा काठमाडौंस्थित कागेश्वरी मनोहरा नगर

    • प्रकाशित मितिः पुस १८, २०८१
    • ३२१ पटक पढिएको
  • ओलीको प्रतिवेदन : कांग्रेससँगको सहकार्यमा महत्वपूर्ण उपलब्धि, अझै धेरै काम गर्न बाँकी

    काठमाडौं । सत्तारुढ नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा तयार गरिएको राजनीतिक प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको छ । आज (बिहीबार) पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि निर्णय सार्वजनिक गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले पुस २१ र २२ गते बस्ने केन्द्रीय कमिटीका लागि तयार गरिएको प्रतिवेदन पेश गरिने जानकारी दिएका छन् । बैठकमा प्रतिवेदनका मुख्य बुँदाहरूमा छलफल भएको पनि उनले बताए।ज्ञवालीका अनुसार प्रतिवेदनमा पछिल्लो राजनीतिक अवस्थाको गहन समीक्षा गरिएको छ । एमाले र कांग्रेसबीचको सत्ता साझेदारीको औचित्य, यसको आवश्यकता र यसले सिर्जना गरेका अवसरहरूको

    • प्रकाशित मितिः पुस १८, २०८१
    • ४५६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल