काठमाडौंः प्रतिनिधि सभा बैठक चलिरहेका बेला नेपाली कांग्रेसका सांसदसमेत रहेका सार्वजनिक लेखा समितिका सभापति भरत खड्का बिरामी भएका छन्।
रास्वपा सांसद सोम शर्मा बोलिरहेका बेला कांग्रेस सांसद खड्का बसेको ठाउँबाट लडेपछि केही सांसदहरू उठेर उनीतर्फ गएका थिए।
सभामुखले केहीबेर बैठक रोकेका थिए।
खड्कालाई तत्काल स्वास्थ्य परीक्षण गरिएको थियो। उनको रक्तचाप उच्च देखिएको छ।


















