इटहरी । आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ ।
आज सुनको भाउ तोलामा ७ हजार ६०० रुपैयाँ र चाँदीको भाउ तोलाको १४५ रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।
चाँदी प्रतितोला ४ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


















