इटहरी । दुई दिन लगातार बढेको शेयर बजारमा आज बजार खुलेदेखि नै बिक्री चाप देखिएको छ । जसका कारण दुई घण्टाको अवधिमा सूचक सामान्य रातो रहेर कारोबार भइरहेको छ ।
यो दुई घण्टाको अवधिमा बजार ३ अंक हाराहारी घटेर २५३४ को आसपासमा रहेकर कारोबार भइरहेको छ । १ अर्ब ३९ करोड रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै रिलायन्स स्पिनिङ मिल्सको शेयरको कारोबार भएको छ ।
विन नेपाल लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ६.८२ प्रतिशत बढेको छ । आत्मनिर्भर लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ८.७९ प्रतिशत घटेको छ ।


















