पोखरा । पोखरास्थित सूर्यदर्शन सहकारी ठगी मुद्दाको तेस्रो दिनको थुनछेक बहस सकिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा तेस्रो दिनको थुनछेक बहसमा जाहेरवालाको तर्फबाट बहस गरेका छन् ।वरिष्ठ अधिवक्ताद्वय दीनेश त्रिपाठी, डा. सुरेन्द्र भण्डारीसहित अधिवक्ता बेदबहादुर विष्ट, रामचन्द्र गौतम, युवराज पराजुली र हरि कट्टेलले बहस गरेको जिल्ला अदालत कास्कीले जनाएको छ । जाहेरवालाको तर्फबाट केही बाँकी रहेको र भोलि पुनः हुने कास्की अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए । त्यस लगत्तै प्रतिवादीको तर्फका वकिलले बहस गर्नेछन् ।यसअघि पहिलो र दोस्रो दिन सरकारी वकिलले बहस गरेका थिए । सरकारी वकिल
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले तीन ठूला दलका शीर्ष नेतृत्वविरुद्ध ठूलो आँधीबेहरी आउने भन्दै खबरदारी गरेका छन् । आज (बिहीबार) पार्टीको पालुङटार नगरपालिका नगर सम्मेलनलाई सम्बोधन गर्दै भट्टराईले मुख्य दलका शीर्ष नेतृत्वकै कारण देश रसातलमा पुगेको आरोप समेत लगाए ।‘२०७९ को चुनाव हेर्नुभयो, त्यसयता तीन टाउकोका हर्कत देख्नुभयो, यिनले देशलाई रसातलतिर लगे,’ उनले भने, ‘जनताले विकल्प खोजेका छन्, यिनका विरुद्ध ठूलो आँधीबेहरी आउँदै छ ।’ ‘सुगौली सन्धिदेखि आँखा दह्रो राखेर सुँड घुसार्न पाइन्छ कि भन्ने शक्ति पनि छन्, यिनीहरूको भ्रष्टाचार, कुबुद्धि, मुर्खताल
इटहरी । महानगरपालिका–९ गौशाला स्थित बागमती होटलमा मृत भेटिएकी २२ वर्षीया युवतीको हत्या भएको आशंका गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिका घर भएकी सुस्मिता खड्का बुधवार ३०८ नम्बर कोठामा मृत अवस्थामा भेटिएकी थिइन् ।घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।उनको हत्या भएको आशंका गरिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले जानकारी दिए । उनी पुस १६ मा सो होटलमा पुगेकी थिइन् । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए । उनले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ ।’ उनी स्नातक त
इटहरी । काठमाडौंको गौशालास्थित एक होटलमा युवती मृत भेटिएकी छन् । काठमाडौं महानगरपालिका–९ पिंगलास्थानस्थित बागमती होटलको कोठा नम्बर ३०८ भित्र एक युवती मृत फेला परेकी जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।बुधबार दिउँसो साढे २ बजेसम्म पनि युवतीले होटलको कोठा नखोलेपछि प्रहरीलाई बोलाइएको थियो । मृतक कागेश्वरी मनोहरा नगरपालिका घर भएकी अन्दाजी २३ वर्षीया युवती हुन् । उनको पहिचान प्रहरीले खुलाएको छैन । प्रहरीले घटनास्थलको मुचुल्का गरी पोष्टमर्टमको लागि शव टिचिङ अस्पताल पठाइएको छ । प्रहरीका अनुसार घटना शंकास्पद देखिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौं, काठमाडौं उपत्यका अपराध
इटहरी । युट्युबमार्फत चर्चामा आएका बालगायक सचिन परियारको निधन भएको छ।गुल्मी घर भएका परियार पछिल्लो समय कम्मरमुनिको भाग नचल्ने समस्याका कारण थलिएका थिए।त्रिवि शिक्षण अस्पतालमा उनको मृत्यु भएको र अहिले कागजी प्रक्रिया चलिरहेको अस्पताल प्रशासनले जनाएको छ।उनले चर्चित टेलिशृंखला ‘मेरी बास्सै’ र अभिनेता राजेश हमालसँग केही भिडियो गीतमा अभिनय गरेका थिए।
इटहरी । नेपालको पहिलो महिला राजदूत विन्देश्वरी मल्ल शाहको निधन भएको छ । पूर्व परराष्ट्र सचिव मदन भट्टराईका अनुसार, उनको काठमाडौं कालीमाटीस्थित आफ्नै निवासमा निधन भएको हो ।उनी सन् १९५६ को मे महिनामा भारतका लागि नेपालको राजदूत नियुक्त भएकी थिइन् । उनको नियुक्ति अघि कुनै पनि महिला राजदूत पदमा पुगेका थिएनन् । शाहको नियुक्तिलाई नेपालको कूटनीतिक इतिहासमा एक महत्वपूर्ण कोसेढुङ्गाका रूपमा लिइन्छ ।देशको वैदेशिक सेवामा महिला नेतृत्वको लागि उदाहरण स्थापित गर्दै उनले आफ्नो कार्यकालमा नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउन योगदान पुर्याइन् । शाह परराष्ट्र मन्त्रालयमा पहिलो महिला सहसचिव
एजेन्सी । ‘हुन्न’, ‘नाइँ’ वा ‘गर्दिन’ भन्न सजिलो छ जस्तो तपाईंलाई लाग्न सक्छ । तर केही मानिसका लागि ‘नाइँ’ भन्नु भन्दा सहज आफैँलाई चोट पुर्याउनु हुन सक्छ । पत्याउनु भएन ? भारतको गुजरातको यस्तै घटना भएको छ । जागिर छाड्न चाहने एक पुरुषले हाकिमलाई म यो जागिरलाई निरन्तरता दिन्नँ भन्न नसकेर आफ्नो चार वटा औँला काटेका छन् । घटना डिसेम्बर महिनाको शुरुको हो । आफ्नो बायाँ हातको चार औँला काटियो भन्दै सुरतका बसिन्दा मयुर तारापारा पुलिस थाना पुगे ।आफू मोटरसाइकल चढेर साथीको घरमा गइरहँदा रिँगटा लागेको अनि सडकको छेउमा बसेको तर १० मिनेटपछि होस आउँदा चार ओटा औँला काटिएको उनको भनाइ थियो । सुरुमा त प्रहरील
इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई आफूबाट अलग गर्न पार्टीभित्रबाट खेल भएको स्मरण गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'सभापतिलाई महामन्त्रीबाट अलग गराएपछि सभापति कमजोर हुन्छन् भन्ने बुझेकाले नराम्ररी नै खेले । मैले बुझाउने प्रयास गरे , म असफल रहेँ । मलाई कारबाही गरे, अनि सभापतिमाथि नै प्रहार गरे । 'उनी भन्छन्– 'पार्टी बाहिरबाट खेले । पार्टी भित्रैबाट पनि खेले । मैले त्यतिबेला यो राजनीति भइराछ, जोगिऔँ भने , तर त्यतिबेलासम्म उहाँ उहाँलाई पुर्न बनाइएको खाल्डोमा परिसक्नु भएको थियो । मैले बार बार सम्झाए, बु
इटहरी । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेता भीम रावलले चाहेमा पार्टीमा फर्किने सम्भावना अझै रहेको बताएका छन्। नेता रावलले पत्रकार सम्मेलन गरी आफ्नो आगामी राजनीतिक यात्राबारे घोषणा गरेको दिन बुधबार एक टीभीलाई अन्तवार्ता दिँदै रावलको निष्कासनमा केन्द्रीय कमिटीले पुनर्विचार गर्न सक्ने दाबी गरेका हुन्। ‘जहाँसम्म उहाँले नयाँ पार्टी खोल्छु भन्नुभाछ, त्यो त उहाँको अधिकारको कुरा हो, उहाँलाई मेरो सुझाव के हो भने अझै पनि तपाईं धैर्य गर्नुस्, केन्द्रीय कमिटीलाई पुनर्विचार गर्ने अधिकार छ, तर उहाँले चाहनुपर्छ’, भट्टराईले अन्तर्वार्तामा भनेका छन्, ‘उहाँले चाहनुभयो भने केन्द्रीय कमिटीले पुनर्विचार ग
कास्की । पोखरास्थित सूर्यदर्शन सहकारी ठगी मुद्दामा जारी थुनछेक बहसमा आज (बिहीबार) बाट जाहेरीवालाको तर्फबाट बहस हुने भएको छ । हिजो सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताहरूको बहस सकिएपछि आजबाट जाहेरवालाको तर्फबाट बहस हुन लागेको हो ।कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहितको मुद्दामा बहस जारी छ । हिजो सरकारी वकिलका तर्फबाट न्यायाधिवक्ता कमला काफ्ले, सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी, उपन्यायाधिवक्ता प्रकाश गौतम र नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी, सहायक न्यायाधिवक्ता सुजता पौडेलले बहस गरेका थिए ।जाहेरव