इटहरी । आज (बिहीबार) एकै दिन ६ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आ.व. २०८१/८२ को कार्यक्रम तथा हालसम्मको प्रगति, नेपाल वायुसेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल र नेपाल पर्यटन बोर्डको कार्यसम्पादन स्थितिबारे छलफल हुनेछ ।बिहान साढे ११ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित दफाहरुमा छलफल हुनेछ । साथै बिहान साढे ११ बजे नै बस्ने र
इलाम । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२५ को अवसरमा इलामका पर्यटकीयस्थल कन्याम र अन्तु पर्यटकले भरीभराउ भएका छन्। भारतीय सीमावर्ती क्षेत्रमा अंग्रेजी नयाँ उत्सवका रुपमा मनाउन थालिएसँगै छिमेकी इलामका पर्यटकीयस्थल अन्तु र कन्याम भारतीय पर्यटकले भरीभराउ भएका हुन्। १२ महिना महिना पर्यटकले भीडभाड हुने यी पर्यटकीय स्थलमा अङ्ग्रेजी नयाँ वर्ष मनाउन आउने पर्यटकले केही दिन अघिबाटै भीड बढेको छ। अन्तु र कन्याममा आएका मध्ये ८० प्रतिशत बढी पर्यटक भारतीय रहेको अन्तु पर्यटन व्यवसायी संघका अध्यक्ष रुद्र घिमिरेले जानकारी दिनुभयो। सूर्योदय नगरपालिकाले अन्तु र कन्यामको ब्युटिफिकेसन गरेपछि पर्यटकको चाप ह्वात्त
ओखलढुङ्गा । सङ्गठन सुदृढीकरणमा केन्द्रीत गरेर सञ्चालित नेपाली कांग्रेस ओखलढुङ्गाको सय दिने अभियान सम्पन्न भएको छ । जिल्लाको आठ वटै स्थानीय तहमा सञ्चालित अभियान मङ्गलबार ४९औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा औपचारिक रूपमा सम्पन्न भएको हो । नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधी सूचना तथा सञ्चार विभाग प्रमुख मिनबहादुर विश्वकर्माको प्रमुख आतिथ्यतामा सञ्चालित अभियान गाउँदेखि जिल्लासम्म कांग्रेसको सङ्गठन सुधारका लागि जोड दिइएको नेपाली कांग्रेस जिल्ला कार्य समिति सहसचिव भोजकुमार श्रेष्ठले बताउनुभयो । आठ वटै स्थानीय तह र ७५ वडा तहसम्म अभियान सञ्चालन गरिएको श्रेष्ठको भनाइ छ । अभियानक
इलाम । नेपाल एकीकरणताका पूूर्वी सिमाना विजय गरेर गाडिएका निसान फर्काइएको बाटोको संरक्षण गर्दै निसान पदयात्राको तयारी गरिएको छ । आगामी पुस २४ गतेदेखि पुस २६ सम्म निसान पदयात्राको तयारी थालिएको हो । तत्कालीन श्रीनाथ पल्टनले पूर्वको भूभाग विजय गरेर गाडेका निसान सुगौली सन्धिपछि फर्काएर राखिएका स्थानलाई जोडेर निसान पदयात्रा तयारी गरिएको हो । नेपाल–भारत पूर्वी सिमाना मेची बजारबाट २४ गते बिहान पदयात्रा सुरु गरिने पदयात्रा आयोजक समितिले जनाएको छ । सीमावर्ती क्षेत्र मेची बजारबाट सुरु भएको पदयात्रा निसान ल्याएर राखिएको अर्को स्थान करफोकको पूर्णे डाँडामा आउनेछ । पुस २५ गते पूूर्णे डाँडामा पदयात
इटहरी । सत्ता साझेदार नेपाली कांग्रेसमा पारिवारिक विरासत बोकेका तीन नेता शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधीबीच भेटवार्ता भएको छ । केहीअअघि डा. शशांक कोइरालाको निवासमा भेट गरेका उनीहरूबीच बुधबार फेरि भेटघाट गरेका हुन् ।शशांकका स्वकीय सचिव भरत तिवारीले आलोपालो बस्ने समझदारी अनुरूप भेट भएको जानकारी दिएका छन् । ‘यसअघि तीन नेताबीच भेट भएको थियो । बुधबार फेरि छलफल गर्नुभएको हो, तीन नेता सँगै बसेपछि राष्ट्रिय राजनीति, आन्तरिक राजनीतिक विषय, महाधिवेशनसहितका विषयमा छलफल त हुने नै भइहाल्यो ।’शहरी विकास मन्त्री समेत रहेका सिंह निकट स्रोतले पनि १५ औं महाधिवेशन, सरकारको काम कारबाहीसहितका विषयम
पोखरा । पोखरास्थित सूर्यदर्शन सहकारी ठगी मुद्दाको दोस्रो दिन आज (मंगलबार) को थुनछेक बहस सकिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा दोस्रो दिनको थुनछेक बहस सकिएको हो ।सरकारी वकिलका तर्फबाट न्यायाधिवक्ता कमला काफ्ले, सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी, उपन्यायाधिवक्ता प्रकाश गौतम र नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बहस गरेका छन् । यसअघि मंगलबार सहायक न्यायाधिवक्ता सुजता पौडेलले बहस गरेकी थिइन् । योसँगै सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताहरूको बहस सकिएको छ ।भोलिदेखि जाहेरवालाको तर्फबाट बहस हुने कास्की अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिएका छन्
इटहरी । मोरङको सुन्दरहरैँचा–५ गुरुङ टोल बस्ने ६१ वर्षीया चन्द्रकुमारी लिम्बूको जङ्गली हात्तीको आक्रमणबाट निधन भएको छ । लिम्बू नमूना सामुदायिक वनमा ज्यालादारी रूपमा काम गर्दै आएकी थिइन् । वनबाट दाउरा काटेर घर फर्कने क्रममा उनलाई हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी प्रमुख कृष्ण खत्रीले जानकारी दिए । वनमा दाउरा काट्न गएकी लिम्बू साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा जङ्गलमा मृत फेला परेकी उनले बताए ।नमूना सामुदायिक वनमा एक दर्जनभन्दा बढी जङ्गली हात्ती रहेको जनाउँदै स्थानीय रातभर त्रासमा बस्ने बाध्यता रहेको सुन्दरहरैँचा–५ का वडाध्यक्ष गणेश चौधरीले बताए । उनले हात्तीको त
महोत्तरी । महोत्तरीको बर्दिबासमा विष सेवन गरेकी एक छात्रा (किशोरी) को मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहाको धनगढी नगरपालिका–१० घर भएकी १६ वर्षीय रिंकु शर्मा छिन् ।रिंकुसँगै अन्य दुई जना महोत्तरीको मनरासिसुवा नपा–२ घर भएकी १७ वर्षीय उषा पण्डित र सिराहा धनगढी नपा–११ घर भएकी १९ वर्षीय सञ्जु यादवले पनि विष पिएका थिए । पुस १५ गते विष सेवन गरेका तीनै जना माइस्थान जङ्गलमा अचेत अवस्थामा भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उषा र सञ्जुको भने शुभ स्वस्तिक अस्पताल बर्दिबासमा उपचार भइरहेको महोत्तरीका एसपी नुकल पोखरेलले जानकारी दिएका छन् ।उनीहरू बर्दिबास स्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयका जि
धरान । पर्यटकीयस्थल भेडेटारमा सुरु भएको ‘फुड फेस्टिभल’ मा आउने स्वदेशी तथा विदेशी पर्यटकको उल्लेखीय उपस्थितिका कारण अहिले त्यस क्षेत्रमा चहलपहल बढेको छ । होटल एसोसिएसन भेडेटारको आयोजनामा सुनसरी र धनकुटा जिल्लाको सिमानास्थित पर्यटकीयस्थल भेडेटारमा प्रत्येक वर्ष अङ्ग्रेजी नयाँ वर्षको अवसरमा हुने फुड फेस्टिभलका कारण त्यस क्षेत्रमा चहलपहल बढेको हो ।भोलि बिहीबारसम्म सञ्चालन हुने तीनदिने सो फेस्टिभलले पर्यटन प्रवर्द्धन, होटल व्यवसाय, व्यापार र कृषि क्षेत्रको प्रचारप्रसारसहित प्रवर्द्धनमा सहयोग पुर्याउने आयोजकले जनाएको छ । स्थानीय ‘अर्गानिक’ खेती प्रणालीबाट उत्पादित तरकारी तथा फलफूल र खानाका परिकार,
इटहरी । सत्तारुढ नेकपा एमालेबाट निष्काशित नेता भीम रावलले सत्तामा रहनेहरु नै बाह्रय हस्तक्षेप निम्ताउने उपकरण बनेको आरोप लगाएका छन् । आज (बुधबार) पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले बाह्रय हस्तक्षेप धेरै भएको र त्यो निम्ताउने उपकरण सत्तामा रहनेहरु नै रहेको बताएका हुन् ।उनले भने, ‘बाह्रय हस्तक्षेप धेरै भएको छ । सत्तामा हालीमुहाली गर्नेहरु यस्तो हस्तक्षेप निम्ताउने उपकरण बनेका छन्।’ डा. रावलले एमालेमा रहँदा आफूले राष्ट्रलाई केन्द्रमा राखेर काम गरेको दाबी गरेका छन् । उनले जनतालाई सर्वोपरि राखेर आफूले काम गरेको दावी गरे ।उनले निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस भएपनि प्रतिनिधि सभाको टिकट प्राप्त