All Posts By इटहरी खबर संवाददाता

    Showing ३८१-३९० of ३,०८६ items.
  • ५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दा ‘हेर्न नभ्याउने’ मा

    इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा नियुक्त ५२ संवैधानिक पदाधिकारीविरुद्धको चार वर्षअघिको मुद्दा आज (बुधबार) पनि ‘हेर्न नभ्याउने’ सूचीमा परेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा नियुक्त गरेका ५२ संवैधानिक पदाधिकारीको नियुक्तिविरुद्ध ०७७ पुस १ देखि ०७९ साउन १० गतेसम्म १५ वटा रिट दायर भएका छन्  । पटक–पटक सुनुवाइ प्रभावित भएपछि सर्वोच्च अदालतले २०७९ साउन ११ गते पेशी नसर्ने र मुद्दा स्थगित नहुनेगरी व्यवस्था गर्न आदेश दिएको थियो ।सोही आदेश अनुसार अन्तिम सुनुवाइका लागि बुधबार तोकिएको पेशी पनि हेर्न नभ्याउने स्थितिमा पुगेको हो। उक्त मुद्दा यसअघि भदौ १७ गते पेसी

    • प्रकाशित मितिः पुस १७, २०८१
    • २५६ पटक पढिएको
  • पश्चिमी वायु सकृीय हुँदा देशभर चिसाे बढयाे , काेशीका केहि जिल्लामा बाक्लाे हुस्सु र कुहिराे

    इटहरी । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ । साथै गण्डकी प्रदेशका पहाडी भागमा पनि कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागका अनुसार आज (बुधबार) दिउँसो देशको पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहने छ भने राति सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।बिहीबार बिहान तराई तथा काठमाडौँ उपत्यका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

    • प्रकाशित मितिः पुस १७, २०८१
    • ३१९ पटक पढिएको
  • सन् २०२५ शुरु

    इटहरी । ग्रेगोरियन पात्रोअनुसार आज (बुधबार) देखि नयाँ वर्ष इस्वी संवत् २०२५ शुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात् भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवतलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउँछन् । विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ ।यो संवत्

    • प्रकाशित मितिः पुस १७, २०८१
    • २५० पटक पढिएको
  • भीम रावलले आज पत्रकार सम्मेलन गर्दै, नयाँ पार्टी घोषणा गर्ने संकेत ?

    इटहरी । सत्तारुढ नेकपा एमालेबाट निष्काशित नेता डा. भीम रावलले भावी योजनाबारे जानकारी दिन आज (बुधबार) पत्रकार सम्मेलन गर्दैछन् । बुधबार दिउँसो १ बजे काठमाडौंको कार्की बैन्क्वेटमा पत्रकार सम्मेलन गरी उनले आफ्ना योजनाबारे जानकारी दिन लागेका हुन् ।यही पुस १० मा एमालेले उनलाई पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । त्यसपछि रावलले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् । गत सोमबार उनले नेपाली कांग्रेस (बीपी)का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग छलफल गरेका थिए ।उनी नयाँ पार्टी गठनको तयारीमा जुटेको चर्चा छ । २०७८ सालमा दशौँ महाधिवेशनमा अध्यक्षका

    • प्रकाशित मितिः पुस १७, २०८१
    • ३४२ पटक पढिएको
  • सर्लाहिकाे चेकपोस्टमा बसले किचेर सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

    सर्लाही । सर्लाहीको बलरा नगरपालिका–९ छतौनास्थित सशस्त्र प्रहरीको चेकपोस्टमा बस पल्टिँदा प्रहरी निरीक्षकको मृत्यु भएको छ ।बा ००६ ख २००४ नम्बरको बस छतौनास्थित चेकपोस्टमा पल्टिँदा किचेर सशस्त्र बोर्डर आउट पोस्ट छतौनाका प्रहरी निरीक्षक बिजय तुलाधरको मुत्यु भएको हो । चेकपोस्टको छेउमा फोनमा कुरा गरिरहेका तुलाधरमाथि नै बस पल्टिएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका तुलाधरको उपचारको क्रममा मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ ।बस चेकपोस्टमा राखिएको ड्रमलाई ठक्कर दिँदै पल्टिएको थियो । मृतक तुलाधरको शव प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । बसमा सवार चालकदलका तीन जनालाइ प्रहरीले नियन्त्रणमा लिए

    • प्रकाशित मितिः पुस १७, २०८१
    • २६५ पटक पढिएको
  • दक्षिण कोरिया विमान दुर्घटना: ‘चरासँग ठोकिएको थियो जहाज’

    एजेन्सी । हवाई विशेषज्ञहरूले धावनमार्ग (रनवे) नजिकै निर्माण गरिएको 'असामान्य' कंक्रिट पर्खाल र दक्षिण कोरियाको विमान दुर्घटनामा यसको भूमिकाबारे प्रश्न उठाएका छन्। आइतबार भएको उक्त दुर्घटनामा १७९ जनाको मृत्यु भएको थियो।विमान दुर्घटनाको फुटेजमा जेजु एयरको विमानले मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि पर्खालमा ठोकिएर आगलागी भएको देखिन्छ। विमान दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेका अधिकारीहरूले रनवेको अन्त्यबाट करिब २५० मिटर टाढा कंक्रिटको पर्खाल भएको स्थानबारे अध्ययन हेरिरहेका छन्।वायु सुरक्षा विशेषज्ञ डेभिड लियरमाउन्टले पर्खाल त्यहाँ नभएको भए विमान ‘रोकिने' र धेरैजसो वा सम्भवतः जहा

    • प्रकाशित मितिः पुस १६, २०८१
    • ४७९ पटक पढिएको
  • सूर्यदर्शन सहकारीको मुद्दामा सरकारी वकिलको बहस, रविसहित सबैलाई थुनामै राख्न माग

    इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत संलग्न रहेको पोखराको सूर्यदर्शन सहकारी ठगीको मुद्दामा सरकारी वकिलको तर्फबाट मंगलबार दुई जनाले बहस गरेका छन्।न्यायाधीश नितिज राईको इजलासमा सहन्यायाधिवक्ता सुजाता पौडेल र शान्तिदेवी शर्माले मंगलबार बहस गरेका हुन्। शर्माको बहस मंगलबार नसकिएपछि बुधबार पनि उनले बहस गर्ने जिल्ला सरकारी वकिल कार्यालय प्रमुख कमला काफ्लेले बताइन्।सरकारी वहिलले बहसका क्रममा सबै प्रतिवादीहरुलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरेका छन्।बुधबार सरकारी वकिलकै तर्फबाट बिपिनराज तिवारी, कमला काफ्लेसहित महान्यायाधिवक्ताको कार्यालयका नायव महान्यायाधिवक्ता सञ्जी

    • प्रकाशित मितिः पुस १६, २०८१
    • ४४५ पटक पढिएको
  • प्रतिनिधि सभाको सचिवमा झापाका हर्कराज राई नियुक्त

    इटहरी । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको सचिवमा हर्कराज राईलाई नियुक्त गरेका छन् । सभामुखको सिफारिसमा राष्ट्रपति पौडेले नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम राईलाई प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।सभामुख देवराज घिमिरेले आइतबार राईलाई प्रतिनिधिसभाको सचिव पदमा नियुक्तिका लागि राष्ट्रपति पौडेलसँग सिफारिस गरेका थिए । प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो । झापाको शिवसताक्षी–२ निवासी राईले सार्वजनिक प्रशासनमा एमफिल, राजनीति शास्त्र तथा ग्रामीण विकासमा

    • प्रकाशित मितिः पुस १६, २०८१
    • २६२ पटक पढिएको
  • सूर्यदर्शन सहकारी ठगी प्रकरण : पक्राउ परेकाहरुको आजैबाट थुनछेक बहस

    इटहरी । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकाहरूको बयान अन्तिम चरणमा पुगेको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा अघिल्लो सोमबारबाट जारी बयान अन्तिम चरणमा पुगेको अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा जोडिएका सात जनाको बयान सकिएको हो । रविसँगै पूर्वडीआईजी छविलाल जोशी, जीबी राईका पार्टनर लिला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङ बयान लिइएको छ ।उनीहरुसँगको बयान सकिएसँगै आज (मंगलबार) नै थुनछेक बहस हुने अदालतका श्रेस्तेदा

    • प्रकाशित मितिः पुस १६, २०८१
    • २९४ पटक पढिएको
  • सुनसरीमा लागूऔषध दुर्व्यसनविरुद्धको अभियानलाई प्रभावकारी बनाउन कार्यविधि

    इटहरी । सुनसरीमा लागुऔषध दुर्व्यसनविरुद्धको अभियानलाई प्रभावकारी बनाउन कार्यविधि मस्यौदा तयार गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागुऔषध दुर्व्यसनविरुद्धको अभियानलाई थप प्रभावकारी बनाउन मस्यौदा तयार गरेको हो । अधिकारकर्मी शम्भु अधिकारीसहितको टोलीले लागुऔषध दुर्व्यसनविरुद्धको अभियान फ्यान जिल्ला कार्य सम्पादन समितिको काम, विद्यालयस्तर र स्थानीय तहसम्मको गतिविधिलाई प्रभावकारी बनाउन कार्यविधि मस्यौदा गर्नुभएको हो । अधिकारी सहितका सदस्यहरुले स्थानीय तहसहित विद्यालयमा सञ्चालन गरिने फ्यानका कार्यक्रमलाई प्रभावकारी बनाउन १

    • प्रकाशित मितिः पुस १६, २०८१
    • २९२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल