All Posts By इटहरी खबर संवाददाता

    Showing ४०१-४१० of ३,०८६ items.
  • शेरा दरबारकाे जग्गासँग माओवादीलाई जोडेर झुटा प्रचार गरियो : प्रचण्ड

    झापा । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नुवाकोटको शेरा दरबार प्रकरणमा आफ्नो पार्टीलाई अनावश्यक जोडेर झुटो प्रचार गरेको दाबी गरेका छन् । प्रचण्डको सचिवालयमा रहेका विकेश श्रेष्ठले उक्त दरबारको जग्गा आफ्नो नाममा लिएको भन्दै त्यसमा माओवादीकै संलग्नता भएको दाबीसहितको समाचार कतिपय संचार माध्यमले सार्वजनिक गरेका थिए ।प्रचण्डले सोमबार झापामा आयोजित माओवादी जनसभालाई सम्बोधन गर्ने क्रममा त्यसबारे टिप्पणी गरेका हुन् । ‘अनौंठो खालको प्रचार हिजो–अस्तीबाट तपाईंले सुन्नु भएको पनि होला,’ उनले भने, ‘हाम्रो पार्टीबाट झण्डै १२– १५ वर्ष अगाडि पार्टी छोडिसकेको मान्छेको

    • प्रकाशित मितिः पुस १५, २०८१
    • २९८ पटक पढिएको
  • जंगली हात्ती पसेपछि विथोलियो सौराहाको ‘हात्ती महोत्सव’

    चितवन । चितवनको सौराहामा जारी हात्ती महोत्वसमा जंगली हात्ती प्रवेश गरेपछि विथोलिएको छ । आज (सोमबार) महोत्सवस्थलमा जंगली हात्ती मकुना प्रवेश गरेको हो । बाघमारा सामुदायिक वनको चौरमा रहेको हात्ती महोत्सव समापन समारोह चलिरहँदा कार्यक्रम स्थलमा जंगली हात्ती प्रवेश गरेको थियो ।अहिले कार्यक्रमस्थलबाट जंगली हात्ती धपाउने प्रयास भइरहेको छ । तर, मकुना फर्कीफर्की आइरहेको आयोजकले जनाएका छन् । सुरक्षाका लागि नेपाली सेना पनि कार्यक्रमस्थलमै खटिएको छ । कार्यक्रममा हात्ती प्रवेश गरेसँगै महोत्सवका पुरस्कार वितरणलगायतका कार्यक्रमहरू स्थगित गरिएका छन् ।

    • प्रकाशित मितिः पुस १५, २०८१
    • ४३५ पटक पढिएको
  • माधवलाई भेटेपछि वामदेवले भने–नयाँ आकाशतिर फेरि हिंड्नु पर्छ

    काठमाडौँ । पूर्वमन्त्री एवं नेता वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) पार्टी प्रवेशका सन्दर्भमा पूर्व प्रधानमन्त्री एवं अध्यक्ष माधवकुमार नेपालसँग एक घण्टा लामो छलफल गरेका छन् । सोमवार नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नेपाल र गौतमबीच भेट भएको हो ।भेटका क्रममा पुराना संस्मरणहरु पुनः जीवित गरेको नेता गौतमले प्रतिक्रिया दिएका छन् । उनले नयाँ पाइला सँगै अघि बढाउनेबारेमा पनि छलफल भएको जानकारी दिए । नेता गौतमले नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने सम्भावना जीवितै रहेको बताएका छन् । उनले भने, ‘पुराना संस्मरणहरु पुनर्जीवित गरियो । नयाँ आकाशतिर फेरि हिंड्नु पर्छ भन्ने

    • प्रकाशित मितिः पुस १५, २०८१
    • ३०५ पटक पढिएको
  • फाल्गुनन्द गोल्डकप फाइनल : चर्च ब्वाइज र मच्छिन्द्र क्लब भिड्दै

    फिदिम । पाँचथरको फिदिममा जारी ११ औँ फाल्गुनन्द गोल्डकपको फाइनल खेल आज हुँदैछ । प्रतियोगितामा उपाधीका लागि चर्च ब्वाइज युनाइटेड र मच्छिन्द्र फुटबल क्लव प्रतिश्पर्धामा छन् ।सेमी फाइनलमा चर्च ब्वाइजले आयोजक फिदिम स्पोर्टिङ क्लव र मछिन्द्र फुटबल क्लवले ए डिभिजन न्यु रोड टिम (एनआरटि) लाई हराएको थियो । प्रतियोगिताको फाइनल खेल आज दिउँसो २ बजे सदरमुकाम फिदिमस्थित फिदिम माविको खेल मैदानमा हुने आयोजक फिदिम स्पोटिङ क्लवले जनाएको छ ।पुस ६ गते सुरु भएको प्रतियोगितामा नेपाल र भारतका १० टिमको सहभागिता थियो । प्रतियोगिताका विजेताले १० लाख ५ सय ५५ रुपियाँ र उप विजेताले ५ लाख ५ सय ५५ रुपियाँ प्राप्त गर्नेछ

    • प्रकाशित मितिः पुस १५, २०८१
    • ५५३ पटक पढिएको
  • रौतहटमा आगलागी हुँदा ८ घर जले

    रौतहट । रौतहटमा आगलागी हुँदा केही घरगोठ जलेका छन्। राजदेवी नगरपालिका- ५ मा रहेको पासवान टोलमा गएराति आगलागी हुँदा आठवटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।राति सवा २ बजेतिर स्थानीय जगतनाथ पासवानको घर नजिकै बालिएको घुरबाट आगो सल्किएको अनुमान प्रहरीले गरेको छ। आगलागीबाट जगतनाथसँगै बाबुलाल हजरा, रामनाथ पासवान, राम सोगारथ पासवान, दीपेन्द्र पासवान, विजय पासवान, कान्ति देवी पासवान र प्रदीप पासवानको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।आगलागीबाट ८ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपक कुमार रायले जानकारी दिए। 

    • प्रकाशित मितिः पुस १५, २०८१
    • २८४ पटक पढिएको
  • कर्ण महिला समूहद्वारा ऐतिहासिक बनभोज र सम्मान कार्यक्रम सम्पन्न

    विराटनगर – कर्ण गोष्ठी महिला समूह, विराटनगरले ऐतिहासिक बनभोज तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ। समूहकी अध्यक्ष प्रमिला कर्णको नेतृत्वमा आयोजित कार्यक्रममा करिब १०० महिलाको सहभागिता रहेको थियो।कार्यक्रमको मुख्य आकर्षण वृक्षारोपणमा सहभागी ३२ महिलाको सम्मान थियो। आमाको नाममा वृक्षारोपण गरेका ती महिलाहरूलाई सम्मानपत्र प्रदान गरियो। साथै, अन्तर्राष्ट्रिय झिझिया नृत्य प्रतियोगितामा दोस्रो स्थान हासिल गर्न सफल विराटनगरकी नीरू कर्णलाई पनि ट्रफी र प्रमाणपत्रसहित पुरस्कृत गरियो।कार्यक्रम संयोजक नीलु कर्ण र कल्पना कर्णले महिलाहरूको सहभागिता र सक्रियता प्रेरणादायी रहेको बताउँदै समूहको आगामी योजनाबारे

    • प्रकाशित मितिः पुस १५, २०८१
    • ७२२ पटक पढिएको
  • खाेटाङमा १३ वर्षीया बालिकालाई जबर्जस्ती घरमा भित्र्याउने २८ वर्षका युवक पक्राउ

    इटहरी । खोटाङमा १३ वर्षीया बालिकालाई जबर्जस्ती विवाह गरेर घरमा भित्र्याएकाे आराेपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। युवकसँगै प्रहरीले अर्की एक महिलालाई पनि पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक मोहन पोखरेलले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपा निवासी २८ वर्षीय रमेश राई र उनकी आफन्त कमला राई छन्। कमलाले रमेशसँग बालिकाको विवाहको लागि भूमिका निर्वाह गरेको पाइएको छ। ‘बालिकाका आमाबुवालाई जानकारी नै नदिइ यही पुस ८ गते उनीहरुले बाटोबाटै ती बालिकालाई जबर्जस्ती उठाएर घर लिएर गएका रहेछन्,’ इन्सपेक्टर पोखरेलले भने, ‘पुस ९ गते विध

    • प्रकाशित मितिः पुस १५, २०८१
    • ३४६ पटक पढिएको
  • अखिल क्रान्तिकारीमा उमेर हद लगाउने प्रस्तावमा बहुमत, फेरि सारियो चुनाव

    काठमाडाैं ।  नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) को नेतृत्व चयनमा उमेर हद लाग्ने भएको छ । अखिल (क्रान्तिकारी) को प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानका अनुसार, उमेर हद लगाउने पक्षमा नौ सय र खुला राख्ने पक्षमा आठ सय ७९ मत प्राप्त भएको छ ।मतदानको अन्तिम नतिजाअनुसार अब क्रान्तिकारीमा ३२ बर्ष उमेर हद लाग्ने भएको हो । उमेर हद राख्ने कि नराख्ने भन्नेबारेमा क्रान्तिकारीमा फरक मत रहँदै आएको थियो । प्रमुख निर्वाचन अधिकृत प्रधानका अनुसार, अब ३२ वर्षमुनिबाट नेतृत्व चयन गर्न अखिल क्रान्तिकारीमा आगामी माघ १२ गते निर्वाचन हुने कार्यक्रम तय गरिएको छ ।

    • प्रकाशित मितिः पुस १५, २०८१
    • २२८ पटक पढिएको
  • आजकाे माैसम : काेशीका केहि जिल्लामा हुस्सु र चिसाे बढ्ने , अन्य प्रदेशमा कस्ताे रहला ?

    इटहरी । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।आज (सोमबार) दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रमा आंंशिक बदलीको सम्भावना रहेको छ भने पहाड र तराईका भू-भाग सामान्यतया मौसम सफा रहनेछ । यस्तै, आज राति कोशी र गण्डकी प्रदेशमा आंशिक बदली रही केही स्थानमा हिउँ पर्नेछ भने पहाड र तराईमा सामान्यतया सफा रहनेछ ।आगामी २४ घण्टामा कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भा

    • प्रकाशित मितिः पुस १५, २०८१
    • २४८ पटक पढिएको
  • साउदीबाट आएका एक नेपालीमा मंकीपक्स संक्रमण पुष्टि

    इटहरी । थप एक नेपालीमा मंकीपक्स पुष्टि भएको छ । साउदी अरेबियाबाट आएका ४४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी गराए ।उनले भने, ‘थप एक जनामा पुष्टि भएको सत्य हो । परीक्षणको क्रममा संक्रमण देखिएको छ । संक्रमणको पृष्ठभूमिबारे छिट्टै थप विवरण सार्वजनिक गर्नेछौँ ।’ गत पुस ५ गते तनहुँका ३६ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको थियो । उनी पनि साउदी अरेबियाबाटै फर्किएको थियो । यसअघि नेपालमा पहिलो पटक विदेशी नागरिकमा २०८० असार १ गते मंकीपक्स संक्रमण पुष्टि भएको थियो ।मंकीपक्सको संक्रमण बिफर रोग प्रजातिको भाइरसबाट हुने गर्छ । एमपक्स

    • प्रकाशित मितिः पुस १५, २०८१
    • १६५ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल