All Posts By इटहरी खबर संवाददाता

    Showing ४११-४२० of ३,०८६ items.
  • अटो रिक्साको संख्या बढेपछि सिरहामा ट्राफिक व्यवस्थापनमा समस्या

    सिरहा । व्यावसायिक रुपमा सञ्चालित अटो रिक्साको संख्या बृद्धि हुन थालेसँगै सिरहाको मुख्य बजार लहानमा ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको छ । साँघुरो सडक र जभाभावी अव्यवस्थित ढङ्गले अटो रिक्सा चलाउँदा सवारी दुर्घटनाको जोखिम पनि बढेको छ ।भित्री सडकमा चलाउनुपर्ने भए पनि अटो रिक्सा बजार क्षेत्रमा केन्द्रित हुँदा ट्राफिक व्यवस्थापनमा समस्या भइरहेकोे जिल्ला ट्राफिक कार्यालय सिरहा, लहानका प्रमुख प्रहरी निरीक्षक पोषणराज थपलिया बताउँछन् । उनले भने, ‘अटो चलाउने अधिकांश चालकमा ट्राफिक नियमप्रति सचेतनाको कमि भएकाले ट्राफिक व्यवस्थापनमा समस्या भएको छ । भित्री सडकमा चलाउनुपर्ने भए पनि अटो रिक्सा बजार क्षेत्र

    • प्रकाशित मितिः पुस १५, २०८१
    • २४२ पटक पढिएको
  • आज तमु-ल्होसार पर्व, देशैभरि सार्वजनिक बिदा

    इटहरी । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज (सोमबार) ‘तमु ल्होसार’ मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् ।‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।पुस १५ गतेको रात

    • प्रकाशित मितिः पुस १५, २०८१
    • २५९ पटक पढिएको
  • लुक्लाबाट काठमाडौं उडेको हेलिकप्टर साँगामा आकस्मिक अवतरण

    काठमाडौ‌ । लुक्लाबाट काठमाडौं उडेको हेलिकप्टरमा चरा ठोक्किँदा भक्तपुरको साँगामा आकस्मिक अवतरण गरेको छ । आइतबार बिहान सवा १० बजे हेलि एभेरेष्टको ९ एन–एकेजी हेलिकप्टर लुक्लाबाट काठमाडौं आउँदै गर्दा चरा ठोक्किएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।उनका अनुसार ११ बजेर २ मिनेटमा नलिन्चोक भन्दा एक माइल पूर्वमा चरा सिसामा ठोक्किएको हो । चरा ठोक्किएपछि पाइलटले हेलिकप्टर साँगामा आकस्मिक अवतरण गराएको उनले बताए । हेलिकप्टरमा विदेशी पाइलट र पाँच जना यात्रु थिए । हेलिकप्टरको बाहिरी भागमा केही क्षति पुगेको हुनाले प्राविधिक टोलीले साँगा पुगेर जाँच गर्ने भुलले बताए ।

    • प्रकाशित मितिः पुस १४, २०८१
    • २७० पटक पढिएको
  • संघीयता पछि फेरियाे भाेजपुरकाे मुहार

    भोजपुर । देश संघीयतामा गएपश्चात् भोजपुरमा विकासले गति लिएको छ । थुप्रै ऐतिहासिक महत्व बोकेको र विभिन्न कालखण्डमा छुट्टै पहिचान बनाएको भोजपुरले विकासमा भने सोचेअनुसारको फड्को मार्न सकेको थिएन । देश सङ्घीय संचरनामा गएसँगै दुई नगरपालिका र सात वटा गाउँपालिकाले विकासका गतिविधिलाई अघि बढाएका छन् ।भोजपुर विभिन्न कारणले देशमा परिचित जिल्ला पनि हो ।भोजपुरको चिनारी धेरै क्षेत्रबाट लिन सकिन्छ । पहिलो त यो जिल्ला खुकुरीका लागि प्रख्यात छ । त्योसँगै राणाकालमा नेपालभर चाहिने टक (डोली पैसा) छापिएको जिल्ला पनि हो । यहाँ विसं १८७२ सालमा भोजपुर नगरपालिका १२ टक्सारमा तामाको टक अर्थात मुद्रा छापिन्थ्यो । ती मुद्र

    • प्रकाशित मितिः पुस १४, २०८१
    • २४० पटक पढिएको
  • प्रधानमन्त्री पर्सामा : पूर्व गाउँपालिकाका अध्यक्ष जयसवासहित सयाै एमालेमा प्रवेश

    पर्सा । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पर्साको सखुवा प्रसौंनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जयसवाललगायतलाई आज एमालेमा प्रवेश गराएका छन् ।एमालेको पर्सा जिल्ला कमिटीद्वारा सो गाउँपालिकाको वडा नम्बर २, औराहा पञ्चगावामा आयोजित बृहत् पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा जयसवालसहित करिब पाँच हजार नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । जयसवाल यसअघि जनता समाजवादी पार्टी नेपालमा थिए । कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य उर्मिला महतो, नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेसबाट पनि एमालेमा प्रवेश भएको थियो ।कार्यक्रममा पर्साबासीका तर्फबाट जिल्लाको क्

    • प्रकाशित मितिः पुस १४, २०८१
    • १९६ पटक पढिएको
  • व्यवस्था फेरियो, अवस्था फेरिएन भन्ने भाष्य गलत : उपप्रधानमन्त्री सिंह

    काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले जलवायु परिवर्तनको असरबाट नेपाल प्रभावित भएको भन्दै अब प्रकृतिमैत्री ढंगले विकास निर्माणको काम गर्नुपर्ने बताएका छन् । आज (आइतबार) सोलु दुधकुण्ड नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गर्दै उपप्रधानमन्त्री सिंहले जथाभावी विकास निर्माण गर्न नहुनेमा जोड दिँदै प्रकृतिमैत्री हुने गरि प्रविधिका प्रयोग गरेर विकास निर्माणको काम गर्नुपर्ने बचाए ।‘विकास निर्माणको काम त गर्नुपर्छ । तर, विकास निर्माण प्रकृतिमैत्री हुनुपर्छ भन्ने हामीलाई घटनाक्रमले सिकाएको छ । अब त्यही अनुसार विकास निर्माणको काम गर्नुपर्छ,’ उनले भने, ‘घर बनाउँदा, प्रशासनिक

    • प्रकाशित मितिः पुस १४, २०८१
    • १९० पटक पढिएको
  • अखिल क्रान्तिकारीमा फेरि ‘लफडा’, माओवादी पदाधिकारी वैठक बोलाइयो

    काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको उमेर हदसम्बन्धी मतगणनामा पनि विवाद भएको छ । ३२ वर्षे उमेर हदको पक्ष र विपक्षमा पाँच मतको मात्रै फरक रहँदा पुनः विवाद भएको हो । पुनः विवादपछि माओवादी केन्द्रको पदाधिकारी बैठक डाकिएको छ । बैठक दिउँसो ३ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बोलाइएको हो ।उमेर हदको विषय टुंग्याउन शनिबार देशभर तोकिएको मतदान केन्द्रमा मतदान भएको थियो । तर, केही जिल्लाको परिणाम आउन थालेपछि उजुरी परेको भन्दै मतगणनाा स्थगन गरिएको छ । अखिल क्रान्तिकारीका उपाध्यक्ष पवन कार्कीका अनुसार मोरङ, डडेलधुरा लगायतका जिल्लामा मतदान नै हुन

    • प्रकाशित मितिः पुस १४, २०८१
    • १८० पटक पढिएको
  • शेरा दरबार प्रकरण : चाँडो अनुसन्धान सकेर दोषीलाई कानुनी दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले नुवाकोटास्थित शेरा दरबारले चर्चेको जग्गाबारे चाँडो अनुसन्धान सकाउन प्रहरीलाई निर्देशन दिएका छन् । आइतबार गृहमन्त्री रमेश लेखकले प्रहरी प्रमुख बसन्त बहादुर कुँवर र सिआइबी प्रमुख एआइजी दीपक थापालाई गृह मन्त्रालयमा बोलाएर सो विषयमा छानबिन प्रक्रिया द्रुत रुपमा अघि बढाएर टुङ्गोमा पुर्‍याउन निर्देशन दिएका हुन् ।शेरा दरबार र शेरा दरबारले चर्चेको १६४ रोपनी जग्गा व्यक्तिको नाममा लैजान गरेको घटनाको गम्भीर रूपमा छानबिन गर्नका लागि गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख दीपक थापालाई निर्देशन दिएका छन् ।

    • प्रकाशित मितिः पुस १४, २०८१
    • २४४ पटक पढिएको
  • राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका छन् । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार आइतबार राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेका हुन् ।गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सहकारीसम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । अध्यादेशले सहकारी संस्थाहरुको निययनका लागि ‘सहकारी नियमन आयोग’ गठन गर्ने प्रस्ताव छ । पाँच सदस्यीय आयोगमा एक जना अध्यक्षका अतिरिक्त, एक जना विज्ञ, एक चार्टर्ड एकाउन्टेन्ट, स

    • प्रकाशित मितिः पुस १४, २०८१
    • १९१ पटक पढिएको
  • काठमाडौंकाे सेतोपुलमा किशोरीमाथि सामुहिक बलात्कार

    काठमाडौँ । काठमाडौंको सेतोपुलमा एक किशोरी सामुहिक बलात्कारको शिकार बनेकी छन् । एक १७ वर्षीया किशोरीलाई दुई जना किशोरले डेरामा लगेर बलात्कार गरेका हुन् । बलात्कारमा संलग्न दुवैलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका–६ घर भएर काठमाडौँ महानगरपालिका–३० स्थित सेतोपुलमा बस्ने सम्राट् बस्नेत र सरोज महतरा छन् । पुस ९ मा आरोपीहरूले घुम्न जाने भनेर किशोरीलाई ललाई फकाई डेरामा लगेर बलात्कार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले जानकारी दिए । उनीहरु शनिवार दिउँसो पक्राउ परेका हुन् । घटनाबारे पीडितले प्रहरी वृत्त मालिगाउँमा जाहेरी दिएकी छन् ।

    • प्रकाशित मितिः पुस १४, २०८१
    • २५५ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल