All Posts By इटहरी खबर संवाददाता

    Showing ४३१-४४० of ३,०८६ items.
  • एसइईका लागि खुल्यो परीक्षा आवेदन फाराम (सूचनासहित)

    इटहरी । माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा आवेदन फारम खुला भएको छ । परीक्षा नियन्त्रण कार्यालयले सूचना निकालेर आजदेखि माघ १२ गते भित्र परीक्षा दस्तुर पाँच सय रुपैयाँसहित आवेदन फाराम भर्न आग्रह गरेको हो ।सम्बन्धित शिक्षा विकास निर्देशनालयहरूले विद्यार्थीहरूको परीक्षा आवेदन फाराम भराउने तथा परीक्षा केन्द्र कायम गर्ने लगायतका काममा सम्बन्धित प्रदेश अन्तर्गतका शिक्षा विकास तथा समन्वय इकाईहरूलाई सहजीकरण गर्ने व्यवस्था मिलाउन पनि सूचनामा आग्रह गरिएको छ । यस वर्षको एसइई चैत ७ गतेदेखि हुने कार्यतालिका सार्वजनिक भइसकेको छ।

    • प्रकाशित मितिः पुस १२, २०८१
    • २०३ पटक पढिएको
  • आफैले बनाएको ‘टिकटक’ भिडियो जस्तै स्वास्थ्यकर्मीको दुर्घटनामा मृत्यु

    धनगढी । धनगढीमा मोटरसाइकल दुर्घटनामा परी बाजुराका स्वास्थ्यकर्मीको मृत्यु भएको छ । बिहीबार साँझ धनगढीस्थित ६ लेन सडकमा विपरीत दिशाबाट आएको मोटरसाइकलमा ठोक्किएर बाजुराको बडीमालिका नगरपालिका–७ का ३० वर्षीय धर्मराज खत्रीको मृत्यु भएको हो ।खत्री बाजुराको मार्तडी स्वास्थ्य चौकी चुथीमा जनस्वास्थ्य निरीक्षक पदमा कार्यरत थिए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कबिन्द्रसिंह बोहराका अनुसार दुर्घटनामा मोटरसाइकल चालक शिखर नगरपालिका–११ कि २५ वर्षीया शर्मिला थापा घाइते भएकी छिन् । उनको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ ।दुर्घटनामा परेका स्वास्थ्यकर्मीहरु धनगढीमा ९ गतेदेखि तालिममा सहभाग

    • प्रकाशित मितिः पुस १२, २०८१
    • २२० पटक पढिएको
  • भारतका पूर्वप्रधानमन्त्री सिंहको निधनमा प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

    इटहरी डेस्क ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएकामा गहिरो शोक व्यक्त गरेका छन् । नेपाल र भारतको आपसी हितका विषयमा सिंहसँग भएका संवाद सम्झिरहेको उल्लेख गर्दै सामाजिक सञ्जाल फेसबुकमा नेतासिंहसँगको आफ्नो तस्बिर पनि प्रधानमन्त्री ओलीले सार्वजनिक गरेका छन् ।‘मित्रराष्ट्र भारतका पूर्व प्रधानमन्त्री, प्रतिष्ठित अर्थशास्त्री, मेरा मित्र डा मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ। नेपाल र भारतको आपसी हितका विषयमा उहाँसँग भएका संवादहरु सम्झिरहेको छु । दिवङ्गत मनमोहन सिंहप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु’, फेसबुकमा प्रधानमन्त्री ओलीले लेखेक

    • प्रकाशित मितिः पुस १२, २०८१
    • १५६ पटक पढिएको
  • लगातार बढदै सुनकाे मुल्य , कतीमा हुदैछ काराेबार ?

    इटहरी । नेपाली बजारमा आज (शुक्रबार) पनि सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेर एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।हिजो पनि सुन प्रतितोला १ लाख ५० हजार ३ रुपैयाँमा कारोबार भइरहेको थियो । आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि चाँदी तोलामा १८ सय रुपैयाँमा किनबेच भएको थियो ।

    • प्रकाशित मितिः पुस १२, २०८१
    • २८४ पटक पढिएको
  • भारतमा पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधनमा सात दिन राष्ट्रिय शोक

    एजेन्सी । भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधनमा भारत सरकारले सात दिनसम्म राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । सोही अनुरुप शुक्रबार सबै सरकारी समारोह रद्द गरेको छ ।पूर्व प्रधानमन्त्री सिंहको बिहीबार राति ९२ वर्षको उमेरमा निधन भएको हो । भारतीय सरकारले शनिबार राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गर्ने निर्णय गरेको छ । अन्त्येष्टिका दिन शनिबार विदेशस्थित भारतीय दूतावास र उच्चायोगमा पनि राष्ट्रिय झण्डा झुकाइनेछ ।केरला सरकारले पनि डिसेम्बर २६ देखि जनवरी १ सम्म राज्यमा सात दिने राजकीय शोकको घोषणा गरेको छ । प्रदेश सरकारले सबै जिल्ला अधिकारीलाई राष्ट्रिय झण्डा झुकाउन निर्देशन दिएको छ । कर्नाट

    • प्रकाशित मितिः पुस १२, २०८१
    • २७५ पटक पढिएको
  • सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग दोस्रो दिन पनि बयान जारी

    गण्डकी । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत कास्कीमा दोस्रो दिनको बयान सुरु भएको छ । अदालतका सूचना अधिकारी सुरज अधिकारीले जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयान सुरु भएको जानकारी दिए ।उक्त मुद्दाका अर्का प्रतिवादी छविलाल जोशी र लीला पछाइको बयान सकिएपछि बिहीबारदेखि लामिछानेको बयान सुरु भएको थियो । लामिछानेको बयान सकिएपछि इजलासले तोकेअनुसार अर्का प्रतिवादीको बयान सुरु हुने अधिकारीले बताए । उक्त सहकारी ठगी मुद्दामा लामिछाने, जोशी, पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनालला

    • प्रकाशित मितिः पुस १२, २०८१
    • १६७ पटक पढिएको
  • दुर्गा प्रसाईको रिहाईविरूद्व सरकार पुनरावलोकनमा जाने

    इटहरी । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईको रिहाईविरूद्व सरकार पुनरावलोकनमा जाने भएको छ । गत पुस ५ गते प्रसाई पक्षबाट दायर बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीले प्रसाईंलाई थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएका थिए ।आदेश लगत्तै उनी छुटेका हुन् । अदालतको उक्त आदेशविरूद्व सरकार पुनरावलोकनमा जाने भएको हो । सर्वोच्चको पत्र प्राप्त हुनासाथ पुनरावलोनका लागि निवेदन दिने महान्यायाधीवक्ताको कार्यालयले बताएको छ । आदेशविरुद्ध पुनरावलोकनको निवेदन दर्ता गर्न लागिएको महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता (सहन्यायाधिवक्ता) सूर्यराज दा

    • प्रकाशित मितिः पुस १२, २०८१
    • २७९ पटक पढिएको
  • वराहक्षेत्रमा धरणीधर विवाह महोत्सवको तयारी

    वराहक्षेत्र । ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्व बोकेको धर्तीकै पहिलो तीर्थ मानिने वराहक्षेत्रमा धरणीधर विवाह महोत्सवको तयारी थालिएको छ । धनुर्मास उत्सव अन्तर्गत श्रीधरणीधर विवाह महोत्वस गर्न लागिएको हो । स्थानीय गुरु योगेश भण्डारीको सत्सङ्कल्पमा विवाह महोत्वसवको तयारी थालिएको वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ । भगवान् वराह र धरणीको बिचमा विवाह भएको खुसियालीमा स्मरण गर्दै धरणीधर विवाह उत्सव मनाउने तयारी सुरु गरिएको छ । यो उत्सव धनुर्मास उत्सव अन्तर्गत मनाइने गरिएको छ । विवाह उत्सवमा भगवान्को विशेष प्रकारको पूजा, आराधना, होम, पाठ, सत्सङ्ग र शोभायात्रा गरेर मना

    • प्रकाशित मितिः पुस ११, २०८१
    • ३०९ पटक पढिएको
  • पर्यटन प्रवर्द्धन गर्न भेडेटारमा खाना महोत्सव

    इटहरी । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले यही पुस १६ देखि १८ गतेसम्म सुनसरीको भेडेटारमा खाना महोत्सव हुने भएको छ । नयाँवर्ष २०२५ को पूर्वसन्ध्यामा कोशी प्रदेशको प्रसिद्ध पर्यटकीय स्थल भेडेटारमा १२ औँ भेडेटार ‘फुड फेस्टिभल’ आयोजना गरिने होटेल सङ्घ भेडेटारका अध्यक्ष तुमराज लिम्बूले राससलाई जानकारी दिनुभयो ।महोत्सवमा साँगुरीगढी–६ भेडेटार चोकदेखि काम्फेक, थुम्की नाम्जेसम्म र भेडेटार चोकदेखि नमस्ते झरना सिम्सुवासम्म विभिन्न ‘स्टल’ राखिने अध्यक्ष लिम्बूले बताउनुभयो । महोत्सवमा साँगुरीगढी क्षेत्रका कृषि तथा घरेलु उत्पादनको बजारीकरण पनि गरिनेछ । महोत्सवका माध्यमबाट धनकुटाका प्रमुख प

    • प्रकाशित मितिः पुस ११, २०८१
    • २५३ पटक पढिएको
  • जलविद्युतको सुरुङ मार्ग जाने बाटोबाट ट्रिपर खस्यो : दुई जनाको मृत्यु

    म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ बुक्लमा आज ट्रिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । निर्माणधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नं २ को सुरुङ जाने सडकबाट ट्रिपर खस्दा आयोजनामा काम गर्ने दुई भारतीय मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए ।बिपी २– ए ७५६८ नम्बरको ट्रिपर सडकबाट करिब तीन सय मिटर तल खस्दा चालक भारतको उत्तर प्रदेश घर भएका ३३ वर्षका दशरथ यादब र सहचालक भारतको मध्यप्रदेशका ४० वर्षका सत्रुधन रजकको घटनास्थलमा मृत्यु भएको प्रहरी निरीक्षक पौडेलले बताए ।गए राति करिब १ बजेदेखि काम गर्ने कार्य क्षेत्रबाटै बेपत्ता भएका उनीहरु आज व

    • प्रकाशित मितिः पुस ११, २०८१
    • २०३ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल