इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारीको एक रुपैयाँ पनि नखाएको बयान दिएका छन् । जिल्ला अदालत, कास्कीमा बिहीबारदेखि सुरु थुनछेक बयानमा उनले सहकारी ठगीमा संलग्नता नरहेको र सहकारीको एक रुपैयाँ पनि नखाएको भन्दै इन्कारी बयान दिएका हुन् ।लामिछानेले प्रहरीलाई दिएको बयानमा भनेका कुराहरु नै दोहोर्याएका छन् । उनले सहकारीमा आफ्नो संलग्नता नरहेको र त्यसको जिम्मेवारी जीबी राई नै रहेको बताएका छन् । उनले आफूले कुनै पनि सहकारीसँग ऋण नलिएको र ऋणको प्रक्रियामा पनि सामेल नभएको बताएका छन् । गैरकानूनी ढंगबाट ऋण लिइएको जानकारी आफूलाई नभएको बताएका छन् । उनको बयान आज सकिएको छैन
इलाम । इलाममा यस्तो गाउँ छ, जहाँ मासु र मदिरा सेवन प्रतिबन्ध छ । लिम्बु समुदाय बाहुल्यता रहेको माङ्सेबुङमा शाकाहारी भोजन मात्रै चल्छ । चुरोट, बिडी, खैनी र मदिराको सेवन निषेध छ । यो स्थानीय सरकारले बनाएको कानुन भने होइन, स्थानीय आफैले यसको पालना गरिरहेका छन् ।‘कसैले बाहिर गएर खायो भने उनीहरू नै जानुन् तर गाउँमा भने चल्दैन’, स्थानीय अग्रज केहेरसिंह योङहाङले सुनाए। उनका अनुसार यहाँका होटल तथा रेष्टुरेन्टमा पनि मासु पाक्दैन र मदिरा बिक्रीका लागि राखिँदैन । माङ्सेबुङ गाउँपालिका ३ र ५ नम्बर वडामा पर्ने सो गाउँका मानिसले बाहिर जाँदा समेत निषेधित वस्तु सेवन नगर्ने गरेको स्थानीयको दाबी छ ।करिब एक हजार
मोरङ । कफी खेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई छाडेर लेटाङका किसान व्यावसायिक कफीखेतीतर्फ लागेका छन् । लेटाङ नगरपालिका–७ समला लाम्टेका राजविक्रम राई विद्यालयमा अध्यापन सकेपछिको बाँकी समय कफी उत्पादनमा गरिरहेका छन् ।शिक्षक राईले अराविका जातको कफीका वार्षिक ४० हजार बिरूवा आफै तयार गरेका छन् । नर्सरीबाट उत्पादित बिरूवा बिक्री गर्नुका साथै ६० रोपनी जमिनमा उनले खेती गरेका छन् । ‘चार वर्षअघि रोपिएका बिरूवाले उत्पादन दिन थालेका छन् यस पटक १० क्विन्टलभन्दा बढी उत्पादन भयो’, राई भन्छन् । कफीको ‘फ्रेस चेरी’ प्रतिकिलो रु ९० का दरले बिक्री हुने गरेको छ । फ्रेस चेरीलाई ‘पल्पिङ’ गरी ‘पार्च
खोटाङ । किराती ऐतिहासिकतासँग जोडिएको धार्मिक तथा पर्यटकीयस्थल खोटाङको मझुवागढी आवतजावत गर्ने पर्यटकका लागि निर्माण गरिएको पदमार्ग (ढुङ्गाको सिँढी) मापदण्ड विपरित भएको स्थानीयवासीले गुनासो गरेका छन्। पुरातत्व विभागको बजेटबाट मझुवागढीमा निर्माण गरिएको पदमार्गको सिँढी मापदण्डविपरित सिमेन्ट र बालुवा प्रयोग गरेर बनाइएको भन्दै त्यसलाई भत्काएर पुनः मापदण्ड अनुसारको पदमार्ग निर्माण गर्नुपर्ने स्थानीयवासीले माग गरेका छन् ।पुरातत्व विभागले आर्थिक वर्ष २०८०/०८१ मा रू १९ लाख ९७ हजार ३९२ को लागत अनुमान गरे पनि युनिक निर्माण सेवा खोटाङले रू ११ लाख ८४ हजार ५६० मा सम्पन्न गर्ने गरी ठेक्कामार्फत पदमार्गको सिँढ
तेह्रथुम । लालीगुराँस नगरपालिका–३ वसन्तपुरमा निर्मित चोत्लुङ ‘पार्क’ पर्यटनसँगै याक्थुङ (लिम्बू) संस्कृति अध्ययनको केन्द्रका रूपमा विकसित भएको छ । प्रकृति, संस्कृति र इतिहासको सम्मिश्रण चोत्लुङ पार्कमा परम्परागत वास्तु शैलीमा निर्मित घरहरू, ढु्ङ्गा बिछ्याएर बनाइएका फलैँचा र बिसौनीले लिम्बू संस्कृति मात्र झल्काउँदैन पार्क पुग्ने पर्यटकको मन पनि लोभ्याउँछ ।गुराँसे जङ्गलको बीचमा रहेको पार्कमा फुन्जिङ्बा (पैंयूँ), सिङ्चाङ्गो याम्चाङ्गो (धसिङ्गरे), ते लासे (केरा), लि सिङ्फा (मलिबाँस) जस्ता मुन्धुममा वर्णित वनस्पति रोपिएका छन् । मुन्धुममा वर्णन गरिएजस्तो अग्लाअग्ला ढुङ्गा गाडिएका छन् र तीनको फे
इटहरी । मोरङको कटहरीमा एक २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको घटनामा संलग्न रहेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटहरी गाउँपालिका २ बस्ने १९ वर्षीय मोहम्मद रमजान, सोही ठाउँ बस्ने १९ वर्षीय सोनुकुमार साह र भारत अररीया कुशाकट्टा बस्ने १९ वर्षीय मोहम्मद गुल्जार रहेका छन् ।कटहरी गाउँपालिका २ कदमगाछीस्थित बाँसघारीमा ती महिलालाई वेहोस अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कटहरीबाट खटिएको प्रहरीले उनलाई मंगलवार उद्धार गरी तत्काल उपचारका लागि कोशी अस्पताल विराटनगर पठाएको थियो । महिला बाँस घारीमा हात–खुट्टा बाँधिएको अवस्थामा हिजो दिउँसो फेला परेकी थ
संखुवासभा । संखुवासभामा पाँच मेगावाट क्षमताको लङ्खुवा खोला साना जलविद्युत् आयोजना निर्माण सकिएको छ। सभापोखरी हाइड्रोपावर लिमिटेडले उक्त आयोजना निर्माण गरेको हो । सभापोखरी गाउँपालिका–३ मा निर्मित उक्त आयोजनाबाट उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत तुम्लिङ्टार सबसस्टेन हुँदै राष्ट्रिय प्रसारणमा जोडिएको छ ।आयोजनाले १५ दिनपछि व्यावसायिक उत्पादन सुरू गर्ने प्रबन्ध निर्देशक श्रीराम देवकोटाले बताए । विद्युत् उत्पादन गरेपछि प्राधिकरणलाई १५ दिन निःशुल्क विद्युत् उपलब्ध गराउनु पर्नेछ । आयोजनामा तीन हजार एक सय मिटर लामो हेडरेस पाइप तथा छ सय मिटरको पेनस्टक पाइप जडान गरेर लङ्खुवा खोलाको पानी स
इटहरी । भोजपुरको पर्यटकीयस्थल टेम्केडाँडा भ्रमण गर्न जाने क्रममा आज बिहान भोजपुरमा स्कर्पिओ दुर्घटना भएको छ । भोजपुर नगरपालिका–५, बोखिमको डाडाँटोलमा प्रदेश १–०२–००२ च ६९२३ नम्बरको स्कर्पिओ दुर्घटना भएको हो ।चालकसहित १० जना सवार उक्त गाडी अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेको थियो । घाइते हुनेमा इलामको माङ्सेबुङ गाउँपालिका(६ का नवीनकुमार राई, उनका साढे २ वर्षे छोरा निगेल राई र सोही स्थानकी मेनुका घले छन्।यस्तै, भोजपुर नगरपालिका–५ कि लाक्पादिकी शेर्पा, जुनुका राई र रामकुमार राई, झापाको गौरादह नगरपालिका–७ का झम्कबहादुर घले र देवीकला घले, सुनसरीको धरान उपमहानगरपालिका–२ कि ईहायाराना सुब्बा र
धनुषा । धनुषामा हत्या गरी गाडिएको अवस्थामा एक महिलाको शव भेटिएको छ । मिथिला नगरपालिका– ३ हरिहरपुरकी अन्दाजी ५० वर्षीया रेशमीदेवी बिनको हत्या गरी गाडिएको अवस्थामा शव फेला परेको धनुषा प्रहरीले जानकारी दिएको छ ।बुधबार साँझ ७ बजेतिर आफ्नै घरको शौचालय पछाडि हत्या गरी गाडिएको शव निकालिएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनु साहले जानकारी दिए । हत्या आरोपमा प्रहरीले मृतककी श्रीमान दशैया मुखिया बिनलाई प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादका क्रममा मदिराले लठ्ठिएका दशैयाले नै हत्या गरी शव गाडेको प्रारम्भीक अनुसन्धानमा खुलेको प्रहरी निरीक्षक साहले बताए ।प्रहरीका अनुसार श्रीमा
इटहरी । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले बढेको हो । मूल्य बढेसँगै आज सुन तोलामा एक लाख ५० हजार तीन सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।हिजो सुनको मूल्य तोलाको एक लाख ४९ हजार सात सय रुपैयाँ रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य हिजोकै तोलाको एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।