इटहरी । आगामी बैशाख १ गतेदेखि ७ गतेसम्म मोरङको सुन्दरहरैंचामा रहेको कृष्ण प्रणामी मन्दिर सलकपुरमा अन्तराष्ट्रिय धार्मिक महोत्सव हुने भएको छ ।कृष्ण प्रणामी मन्दिर सेवा आश्रमको स्वर्ण जयन्तीका अवसरमा अन्तराष्ट्रिय धार्मिक महोत्सव हुने प्रचारप्रसार उपसमितिका संयोजक शिवलाल भट्टराई (शरण)ले जानकारी दिनुभयो ।अन्तरराष्ट्रिय धार्मिक महोत्सवमा १०८ श्रीमत तारतम सागर पाठपारायण, वाणी चर्चा, श्रीमद्भागवत कृष्णकथा ज्ञानमहायज्ञ, सन्त सम्मेलन तथा विविध धार्मिक, सांस्कृतिक कार्यक्रम आयोजना हुने बताइएको छ ।
इटहरी । फागुन २१ गते भएको निर्वाचनबाट खेल क्षेत्रको प्रतिनिधित्व गर्दै रास्वपाबाट रजनी श्रेष्ठ सांसद बनेकी छिन् । मोरङकी श्रेष्ठ समानुपातिक प्रणालीमार्फत् सांसद चयन भएकी हुन् । उनी राष्ट्रिय, दक्षिण एशियाली तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा सफलता हासिल गरेकी एक बडीबिल्डर हुन् ।समानुपातिक प्रणालीअन्तर्गत रास्वपाबाट यौनिक तथा लैंगिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व पनि सुनिश्चित भएको छ । भूमिका श्रेष्ठ सो समुदायको प्रतिनिधित्व गर्ने पहिलो ट्रान्सजेन्डर महिला बन्ने तयारीमा छिन् ।यसअघि २०६४ सालमा तेस्रो लिङ्गीको प्रतिनिधित्व गर्दै सुनिलबाबु पन्त सांसद भएका थिए ।
इटहरी । आज पनि शेयर बजार बढेको छ । आज नेप्से परिसूचक २३.८३ अङ्कले बढेर २९६०.४० बिन्दुमा अडिएको छ । आज नेप्सेमा सूचीकृत ३४१ कम्पनीको ३ करोड ५८ लाख २२ हजार १९१ कित्ता शेयर १ लाख २६ हजार ९४७ पटक किनबेच हुँदा १४ अर्ब ८३ करोड ९१ लाख ८३ हजार ६४३ रुपैयाँको शेयर कारोबार भएको छ ।बढेको बजारमा ८ वटा समूहमा हरियाली छाउँदा व्यापार समूह सर्वाधिक ९.१२ प्रतिशतले बढेको छ । विकास बैंक समूह १.३८ प्रतिशत, जलविद्युत समूह १.३२ प्रतिशत, फाइनान्स समूह ०.५१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ०.८६ प्रतिशत, बैंकिङ समूह ०.६७ प्रतिशत, लगानी समूहको ०.११ प्रतिशत र सामुहिक लगानी कोष समूह ०.२५ प्रतिशतले बढेको छ ।होटल तथ
इटहरी । चैत लागेसँगै मोरङका ४ वटा पालिकाका फार्ममा बर्ड फ्लु पुष्टि भएको छ । कुखुरामा लाग्ने घातक बर्डफ्लू संक्रमण मोरङका फैलिएपछि किसान र उपभोक्तामा त्रास छाएकोे छ ।भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङका प्रमुख अजयकुमार साहका अनुसार आइतबार विराटनगर महानगरपालिका–४ स्थित दाहाल कृषि फर्ममा संक्रमण पुष्टि भएको छ ।यसअघि सुन्दरहरैँचा–४ को हलेसी महादेव कृषि फार्म र बुढीगंगा कृषि फार्म, उर्लाबारी–८ को अँठियावारी कृषि फार्म, कटहरी–२ को ई टु जेड पोल्ट्री फार्म र कटहरी–६ को कामख्या पोल्ट्री फार्ममा संक्रमण पुष्टि भएको थियो ।संक्रमण फैलिन नदिन संक्रमित फार्मका सबै कुखुरा, अण्डा, दाना
इटहरी । आज पनि सुनको भाउ घटेको छ । चाँदीको भाउ भने आज बढेको छ । सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँ घटेको हो । चाँदीको भाउ भने तोलामा ८० रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँ कायम गरिएको छ ।चाँदीको भाउ प्रति तोला ४ हजार ५०५ रुपैयाँ निर्धारण भएको छ ।
इटहरी । फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचितमध्ये ५ जनाको नाम गणेश रहेको छ । दुई जनाको नाम र थर एउटै छ । उहाँहरु सबै राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित हुनुहुन्छ ।हिन्दू धर्ममा ‘गणेश’ विघ्नहर्ता भगवान्को नामको रूपमा पूजा गरिन्छ ।यी हुन् गणेश नाम भएका सांसदहरू१. गणेश कार्की (मोरङ–३),२. गणेश पौडेल (रौतहट–४)३. गणेश धिमाल (बारा–१)४. गणेश पराजुली (काठमाडौं–७)५. गणेश पौडेल (कास्की–१) ।
इटहरी । अमेरिकी डलरको भाउ निरन्तर बढिरहेको छ । बढ्दो क्रममा रहेको डलरको भाउको खरीद दर र बिक्री दर दुवै १५० रुपैयाँभन्दा माथि पुगेको छ ।नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विनिमयदर अनुसार अमेरिकी डलर, युके पाउन्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको भाउ बढेको हो ।अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा तोकिएको छ । डलरको भाउ आज ४३ पैसा बढेको हो ।युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १७४ रुपैयाँ २३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ५० पैसा र बिक्रीदर २०१ रुपैयाँ ३० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ २५ पैस
डोटीः डोटीको आदर्श गाउँपालिका–६ रौसेल्लामा भएको दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । आदर्श गाउँपालिका–३ काँडीस्याउलेका करिब २२ वर्षयका सुबोध रोकाया र १९ वर्षीय कैलाश बिकको मृत्यु भएको हो । जीप रोकायाले चलाएका थिए । गिरिचौकाबाट काँडीस्याउलेतर्फ आउँदै गरेको सु.प.प्र. ०१ ००१ च ३९२३ नं. को बोलेरो जीप घुम्तीबाट करिब ९०० मिटर तल सायली गाडमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
इटहरी । आज चैत १० गतेदेखि कालङ्गा हाइड्रो लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।कम्पनीले जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये १४ करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १४ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन हुन लागेको हो ।सोमध्ये ९ लाख १० हजार कित्ता शेयर आयोजनाको अति प्रभावित क्षेत्र बझाङ जिल्लाको केदारस्यूँ गाउँपालिका वडा नं. ४ र ५, बित्थड
काठमाडौंः निर्देशन उल्लङ्घन गरेको जनाउँदै नेपाल बीमा प्राधिकरणले तीन जीवन बीमा कम्पनी र एउटा निर्जीवन बीमा कम्पनीलाई कारवाही गरेको छ ।नेपाल लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स र नेको इन्स्योरेन्सलाई कारवाही गरिएको प्राधिकरणले जनाएको छ । ती कम्पनीलाई २ लाख रुपैयाँ जरिवाना गरिएको बताइएको छ ।हिल्टन होटल पुनर्बीमाको विवादमा प्राधिकरणले नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतसहित हिमालयन रि–इन्स्योरेन्स कम्पनी, ओरियण्टल इन्स्योरेन्स कम्पनी र एलियन्ट इन्स्योरेन्स ब्रोकर्स प्रालि (पुनर्बीमा दलाल)ले पनि कानुन विपरीत काम गरेको भन्दै कारबाही गरेको छ