डोटीः डोटीको आदर्श गाउँपालिका–६ रौसेल्लामा भएको दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । 


आदर्श गाउँपालिका–३ काँडीस्याउलेका करिब २२ वर्षयका सुबोध रोकाया र १९ वर्षीय कैलाश बिकको मृत्यु भएको हो । जीप रोकायाले चलाएका थिए । 


गिरिचौकाबाट काँडीस्याउलेतर्फ आउँदै गरेको सु.प.प्र. ०१ ००१ च ३९२३ नं. को बोलेरो जीप घुम्तीबाट करिब ९०० मिटर तल सायली गाडमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।