इटहरी । आज देशका पहाडी र हिमाली क्षेत्रहरूमा सामान्यदेखि बाक्लो बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदलीको अवस्था रहने मौसमविद्ले जनाएका छन् ।जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी र गण्डकी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका थोरै क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । उच्च हिमाली क्षेत्रमा भने हिमपात हुन सक्ने अनुमान गरिएको छ ।आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा बदली हुने तथा अन्य प्रदेशमा आंशिक बदली रहनेछ ।यी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ भने बाँकी क्षेत्रमा छिटफुट वर्षा वा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले
काठमाडौंः त्रिभुवन विश्वविद्यालयले १७ वटा संघसंस्थालाई ३५ दिनभित्र जग्गा खाली गर्न पत्राचार गरेको छ । विश्वविद्यालयको सामान्य प्रशासन महाशाखाले जग्गा अतिक्रमण गर्ने संघ–संस्थालाई बैशाख ४ गते ३५ दिने सूचना जारी गरेको हो ।विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति छानबिन समितिको प्रतिवेदनको आधारमा जग्गा फिर्ता ल्याउने प्रक्रिया शुरु गरिएको बताइएको छ । विश्वविद्यालयको २ हजारभन्दा बढी रोपनी जग्गा निजीदेखि धार्मिक संघ–संस्थाले प्रयोग गरेको पाइएको छ ।विश्वविद्यालयको स्वामित्वमा रहेको कीर्तिपुरमा मात्रै करिब १ हजार ५ सय रोपनी जमिन भोगचलनका हिसाबले विभिन्न संस्थाको मातहतमा गइसकेको प्रतिवेदनमा उल्लेख
काठमाडौंः सरकारले हालका २५ मन्त्रालयलाई घटाएर १७ वटामा झार्ने तयारी गरेको छ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संघीय सरकारको कार्यबोझ र प्रशासनिक खर्च घटाउन ठुलो प्रशासनिक हेरफेरको तयारी थालेका छन् ।अहिले सिंहदरबारमा बसिरहेको मन्त्रिपरिषद् बैठकमा मन्त्रालय घटाउने प्रस्ताव पनि रहेको बताइएको छ । स्रोतका अनुसार सरकारले ८ वटा मन्त्रालयलाई अन्य मन्त्रालयमा गाभ्ने तयारी गरेको छ ।युवा तथा खेलकुद, शहरी विकास, खानेपानी तथा सरसफाइ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अब ‘सामाजिक सुरक्षा तथा महिला बालबालिका र लैङ्गिक तथा यौनिक अल्पसंख्यक मामिला मन्त्रालय’ अन्तर्गत राखिने बताइएको छ ।भ
विराटचोकः आज बजार खुलेको केही समय हरियो देखिए पनि त्यसपछि शेयर बजार ओरालो लागेको छ । एक घण्टाको अवधिमा ७५ करोड रुपैयाँको मात्रै शेयर किनबेच भएको छ ।नेपाल स्टक एक्सचेञ्जको वेबसाइटमा रहेको तथ्याङ्कअनुसार दिउँसो १२ बजे आसपासमा बजार बजार साढे १३ अंकले घटेर २७२५ आसपास कारोबार भइरहेको छ । १ घण्टामा ७५ करोड रुपैयाँको शेयर किनबेच हुँदा रिलायन्स स्पिनिङ मिल्सको मात्रै ५ करोड ८१ लाख रुपैयाँको शेयर किनबेच भएको छ । एनआईसी एशिया, श्रीनगर एग्रीटेक, कर्पाेरेट डेभलपमेन्ट बैंक र पाल्पा सिमेण्ट उच्च कारोबार हुने कम्पनीमा परेका छन् ।
गोठगाउँः पहिलो पाइला नेपाल सुन्दरहरैंचाको सातौँ अधिवेशनमार्फत् केवल लुइँटेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।हिजो सुन्दरहरैंचाको गोठगाउँस्थित लालीगुराँस भजन कीर्तन समूहको सभाहलमा भएको अधिवेशनबाट सर्वसम्मत निर्वाचित कार्यसमितिलाई शपथ ग्रहण गराइएको छ ।कार्यसमितिको प्रथम उपाध्यक्षमा भोजन गिरी, द्वितीय उपाध्यक्षमा विनोद अधिकारी, सचिवमा विवश धमला तथा कोषाध्यक्षमा सुजन बिष्ट, सह–सचिवमा सुप्रिया सिराल र सह–कोषाध्यक्षमा होमबहादुर गौतम निर्वाचित भएका छन् ।सदस्यहरूमा किरण सापकोटा, निर्मला खड्का, सञ्जय लम्साल, भावना खतिवडा, मीना चुडाल, नवीन अधिकारी, विक्रम बस्नेत र इपेसन कट्टेल चयन भएका छन् ।
इटहरी । आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । सुनको मूल्य तोलामा १ हजार रुपैयाँ र चाँदीको मूल्य तोलामा ४० रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला २ लाख ९४ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ ।चाँदीको मूल्य प्रतितोला ५ हजार ३० रुपैयाँ निर्धारण भएको छ ।
इटहरी । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले बुक बिल्डिङ्ग विधिमार्फत् साधारण शेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ ।हस्पिटलले आफ्नो जारी पूँजीको २० प्रतिशत अर्थात् २० लाख ४१ हजार २०० कित्ता शेयरमध्ये ४० प्रतिशतले हुन आउने ८ लाख १६ हजार ४८० कित्ता साधारण शेयर योग्य संस्थागत लगानीकर्ताहरूका लागि बिक्री गर्न लागेको हो ।योग्य संस्थागत लगानीकर्ताहरूले बुक बिल्डिङ्ग निर्देशिका बमोजिम गोप्य शिलबन्दी आशयपत्र आज वैशाख २१ गते साँझ पाँच बजेभित्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से), सिंहदरबार प्लाजा, काठमाडौंमा बुझाउनुपर्ने जनाइएको छ । ती आशयपत्र भोलि साँझ ५
इटहरी । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आज बैशाख २१ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ ।कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये १० प्रतिशतले हुन आउने ८५ लाख रुपैयाँ बराबरको ८५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन हुने भएको हो ।कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५ हजार कित्तासम्म बैशाख
विराटचोकः आज विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो । यसै क्रममा इन्द्रपुर जेसीजले सुन्दरहरैंचामा क्रियाशील ९ जना सञ्चारकर्मीलाई सम्मान गरेर दिवस मनाएको छ ।जेसीज सचिवालयमा आयोजित कार्यक्रममा इन्द्रपुर जेसीज वर्ष २०२६ का अध्यक्ष समीर बस्नेतका साथै प्रमुख अतिथि इन्द्रपुर जेसीजका पूर्व अध्यक्ष एवं रेडियो सुसेलीका अध्यक्ष रमेश खड्काले पत्रकारहरूलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो ।पत्रकारहरू कृष्णचन्द्र सुवेदी (पूर्वी अनलाइन), खेमचन्द्र अधिकारी (शिखरबास खबर), गणेश मिश्र (रेडियो सुसेली), निरज खवास (फटाफट न्यूज), मणिराम दाहाल (नेपाल गौरव), राज पोख्रेल (इष्ट खबर), लीलानाथ गच्
काठमाडौंः आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्न अब ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ अनिवार्य रूपमा उत्तीर्ण गर्नुपर्ने व्यवस्था गरिएको छ ।पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बसेको सचिवालय बैठकले उम्मेद्वार छनोटका लागि यस्तो मापदण्ड तय गरेको जानकारी प्रवक्ता मनिष झाले दिएका छन् । उनका अनुसार, चुनावमा उम्मेदवार बन्न इच्छुक पार्टी सदस्यले तोकिएको आन्तरिक परीक्षा तथा प्रशिक्षण कार्यक्रम अनिवार्य रूपमा पूरा गर्नुपर्नेछ ।सचिवालय बैठकमा ‘स्थानीय तह उम्मेद्वार छनोट रूपरेखा–२०८३’ र ‘महाधिवेशन कार्यविधि–२०८३’ का विषयका साथै ‘संसदीय दलको विधान संशोधन’