All Posts By खेमचन्द्र अधिकारी

    Showing १,०३१-१,०४० of १,३७५ items.
  • सुनको मूल्य १००० रुपैयाँ घट्दा चाँदीको बढ्यो १२५ रुपैयाँ

    इटहरी ।  आज सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने बढेको छ । आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो । चाँदीको मूल्य भने तोलामा १२५ रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला २ लाख ९५ हजार १ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रतितोला ५ हजार ७० रुपैयाँ निर्धारण भएको छ ।

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • १६४ पटक पढिएको
  • विश्व प्रेस स्वतन्त्रता दिवसमा राष्ट्रपतिद्वारा शुभकामना व्यक्त

    काठमाडौंः विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगतलाई संविधानप्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक सक्रिय भई आमनागरिकलाई सत्य सूचना सम्प्रेषित गर्न सधैँ सफलता प्राप्त होस्’ भनी शुभकामना दिएका छन् ।‘स्वतन्त्र पत्रकारितामार्फत सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गरी समाजमा सही तथा सत्य कुरा स्थापित गर्न विशेष ध्यान दिनुपर्छ,’ आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पत्रकार, नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा भन्नुभएको छ ।प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएकाले लोकतन्त्रक

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • १५३ पटक पढिएको
  • हराएको खुकुरी खोज्न गएका दुई जनाको भीरबाट लडेर मृत्यु

    खोटाङः खोटाङको वराहपोखरी गाउँपालिकामा भीरबाट लड्दा दुई जनाको ज्यान गएको छ ।वराहपोखरी गाउँपालिका–५ पौवासेराका ५२ वर्षीय बमबहादुर राई र ४० वर्षीय मनीकुमार राई शनिबार दिउँसो ढकालेखोला आसपासको भीरबाट खसेका थिए । दुवै जना घटनास्थलमै मृत फेला परेका हुन् ।स्थानीयका अनुसार बमबहादुर अघिल्लो दिन घाँस काट्न जाँदा हराएको खुकुरी खोज्न छिमेकी मनीकुमारलाई साथमा लिएर ढकालेखोला भीर पुगेका थिए । त्यस क्रममा भीरको अप्ठ्यारो भागमा पुगेपछि एक जना चिप्लिएको र जोगाउने प्रयासमा अर्को पनि सँगै तानिँदा दुवै जनाले सन्तुलन गुमाएर भीरबाट खसेर ज्यान गएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • ९३ पटक पढिएको
  • आज विश्व प्रेस स्वतन्त्रता दिवस

    इटहरी ।  आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ । अफ्रिकी राष्ट्र नामिबियाको राजधानी विन्डहक सहरमा आयोजित सम्मेलनमा संयुक्त राष्ट्रसङ्घद्वारा मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने निर्णय गरिएको थियो । त्यसैअनुसार मे ३ मा विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको छ ।मिडिया क्षेत्रका विभिन्न सरोकारवालालाई आ–आफ्नो दायित्व स्मरण गराउने दिवसका रूपमा यो दिनलाई औंँल्याउन सकिन्छ । आधुनिक विश्वमा नागरिकलाई सुसूचित गर्ने दिशामा प्रेसको भूमिका सर्वोपरि रहेको छ ।विश्वभरिका राष्ट्रका सरकारलाई प्रेस स्वतन्त्रताप्रतिको सम्मानको प्रतिबद्धताको स्मरण गराउने अवसर पनि हो– विश्व

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • १८५ पटक पढिएको
  • आज पनि देशका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

    इटहरी । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना आज पनि रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छमहाशाखाका अनुसार देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा देशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ । हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा मधेस प्रदेशलगायत कोशी प्रदेशको तराईको थोरै स्थानमा र बाँकी तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थान तथा कर्णाली र सुदूरप

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • १५६ पटक पढिएको
  • राष्ट्रपति रामचन्द्र पौडेलद्वारा थप तीन अध्यादेश जारी

    काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार थप तीन वटा अध्यादेश जारी गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिशमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले यी अध्यादेशहरू जारी गर्नुभएको हो ।राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जारी गरेको प्रेस विज्ञप्ति अनुसार जारी भएका अध्यादेशहरूमा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सार्वजनिक पदाधिकारीको पदमुक्ति र विश्वविद्यालयसँग सम्बन्धित ऐनहरू रहेका छन् ।जारी भएका अध्यादेशहरूः१. स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३२. सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्

    • प्रकाशित मितिः वैशाख १९, २०८३
    • १८८ पटक पढिएको
  • नेपालमा विकसित घटनाक्रम र नियो बैंकको सान्दर्भिकता

    उपेन्द्रप्रसाद पौडेलअवधारणापूर्ण डिजिटल रूपमा कारोबार गर्ने गरी नेपाल सरकारले नियो बैंकको अवधारणा अघि सारेको छ । आर्थिक वर्ष २०८२\८३ भित्र नियो बैंक स्थापना गर्ने बजेट वक्तव्यमा उल्लेख छ । यसका साथै दुर्गम क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको पहुँच विस्तार गरी ग्रामीण अर्थतन्त्रको विकास गरिने र डिजिटल, मोबाइल तथा शाखारहित बैंकिङ सेवा विस्तार गर्ने लक्ष्य राखेको छ । नियो बैंकलाई फिनटेक वा च्यालेन्जर बैंक पनि भनिन्छ ।तर, नियो बैंक कस्तो संरचनामा सञ्चालन गर्ने, यसको व्यवस्थापक र सेयर संरचना कस्तो हुने भन्नेबारे सरकारले कानुन बनाएको छैन । नेपालमा यो बैंक सञ्चालनका लागि विशेष किसिमको अध्ययन चाहिन्छ

    • प्रकाशित मितिः वैशाख १९, २०८३
    • १७६ पटक पढिएको
  • बुद्ध जयन्तीकै दिन डोजर लगाएर ढालियो बल्खुका गुम्बा र मन्दिर

    काठमाडौंः सरकारले आज बुद्ध जयन्तीकै दिन काठमाडौंको बल्खुस्थित सुकुम्बासी बस्तीमा रहेको साङ्गे छोइलिङ्ग गुम्बा र पाथीभरा देवीको मन्दिर डोजर लगाएर ढालेको छ ।सरकारले सार्वजनिक जग्गामा बनेका संरचना हटाउने क्रममा बल्खु क्षेत्रमा आज बुद्ध जयन्तीकै दिन गुम्बा र मन्दिर भत्काएको हो । बुद्ध जयन्तीका दिन ती संरचना नभत्काइयोस् भनेर स्थानीयले भने पनि सरकारले नसुनेको स्थानीय बताउँछन् ।काठमाडौं महानगरपालिकाले डोजर चलाउनुअघि त्यहाँ रहेका बुद्धमूर्ति तथा अन्य महत्त्वपूर्ण सामग्री बाहिर निकालेर सुरक्षित राखिएको बताइएको छ ।उता, बालाजु क्षेत्रमा रहेको अढाइ तले ओग्यन जम्लिङ टेरमा गुम्बा पनि सरकारले आजै भत्काउ

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • २३९ पटक पढिएको
  • राष्ट्र निर्माणका आधारस्तम्भ, सम्पूर्ण श्रमिक वर्गको त्याग र समर्पणलाई नमन

    राजेन्द्र लुइँटेलनेपालका फ्याक्ट्री तथा उद्योगहरूमा मजदुर शोषण एक गम्भीर समस्याको रूपमा रहेको छ । यस क्षेत्रमा कार्यरत श्रमिकहरूले विभिन्न प्रकारका अन्याय र दुव्र्यवहारको सामना गर्नुपरेको छ ।नेपालका केही उद्योग तथा कारखानाहरूमा मजदुर शोषण एउटा गम्भीर र वास्तविक समस्या हो, तर सबै ठाउँमा एकै किसिमको अवस्था भने छैन । यहाँ मुख्य कुरा सरल भाषामा बुझौँःमजदुर शोषण के हो ?मजदुरलाई उचित पारिश्रमिक, सुरक्षित काम गर्ने वातावरण, र कानुनी अधिकार नदिई काम लगाउनु नै मजदुर शोषण हो ।नेपालमा मजदुर शोषणका मुख्य स्वरूपहरू यस प्रकार छन्ःन्यूनतम ज्याला नपाउनुः सरकारले तोकेको न्यूनतम ज्यालाभन्दा कममा काम गर्न ब

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • १८६ पटक पढिएको
  • विदेश पठाइदिने नाममा ३ करोड ठगी गर्ने सात जना पक्राउ

    काठमाडौंः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ परेका छन् ।जापान, कोरिया र अमेरिकामा आकर्षक तलब प्राप्त हुने रोजगारी मिलाइलिदने भनेर ४५ जनाबाट ३ करोड १४ लाख ठगेको अभियोगमा बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा तेह्रथुमका सुरज लिम्बू, सोलुखुम्बुका कमलबहादुर मगर र सागर शेर्पा, काभ्रेपलाञ्चोकका विनोद थापा, सूर्यप्रसाद कोइराला, सरोज गौतम र प्रल्हाद खत्री रहेका छन् ।उनीहरुमध्ये लिम्बू र मगरले जापान पठाउने प्रलोभनमा पारेर ११ जनाबाट १ करोड २ लाख रुपैयाँ उठाएका थिए ।थापाले कोरिया पठाउने भनी २६ जनाबाट १ करोड

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • १६८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल