All Posts By खेमचन्द्र अधिकारी

    Showing १,०५१-१,०६० of १,३५८ items.
  • आजदेखि याम्बालिङ हाइड्रोपावरको आईपीओ बिक्री शुरु

    इटहरी । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज बैशाख १६ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन तथा बिक्री गर्ने भएको छ ।कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात् २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये ७ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र २ लाख १० हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।कम्पनीले सामुहिक लगानी कोषहरुका लागि १ लाख ५ हजार कित्ता र कर्मचारीहरुक

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • १२४ पटक पढिएको
  • वैदेशिक रोजगारीमा रहेकाहरुका लागि आजदेखि एभरेष्ट कलरको आईपीओ बिक्री

    इटहरी ।  एभरेष्ट कलर लिमिटेडले आज बैशाख १६ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको छ ।कम्पनीले आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशतले हुन आउने ७ करोड ९० लाख रुपैयाँ बराबरको ७ लाख ९० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये १० प्रतिशतले हुन आउने ७९ लाख रुपैयाँ बराबरको ७९ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो ।कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ७ हजार कित्तासम्म आवेदन दिन सकिनेछ

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • १४६ पटक पढिएको
  • ९ महिनामा १ अर्बभन्दा बढी नाफा कमाउने विकास बैंक गरिमामात्रै, नाफा प्रतिशत बढाउनेमा लुम्बिनी

    इटहरी ।  चालु आर्थिक वर्षको ९ महिनामा गरिमा विकास बैंकले राम्रो वित्तीय प्रदर्शन गरेको छ । ९ महिनामा राष्ट्रिय स्तरका विकास बैंकहरुले ५ अर्ब ५० करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो नाफा गत आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा ४९ प्रतिशत बढी हो ।गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म राष्ट्रिय स्तरका विकास बैंकहरुले ३ अर्ब ६९ करोड २७ लाख रुपैयाँ नाफा कमाएका थिए । विकास बैंकहरुको खुद ब्याज आम्दानीमा उल्लेख्य सुधार देखिएको छ । राष्ट्रिय स्तरका ८ वटै विकास बैंकको नाफा गत आर्थिक वर्षको तुलनामा उल्लेख्य बढेको छ ।सबैभन्दा बढी नाफा गरिमा विकास बैंकले १ अर्ब ४ करोड रुपैयाँ कमाएको छ

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • १५४ पटक पढिएको
  • दमकको हिमालय माविमा ९३ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचारको आशंका, प्रधानाध्यापक र लेखापालविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

    दमकः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध ९३ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।दमक नगरपालिका–२ स्थित विद्यालयका प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध मुद्दा दायर भएको हो ।उनीहरुले आर्थिक वर्ष २०७७–७८ देखि विभिन्न शीर्षकमा विद्यालयको रकम हिनामिना तथा दुरुपयोग गरेको अख्तियारको ठहर छ ।विद्यालय भवन निर्माणमा ठूलो अनियमितता भएको अनुसन्धानबाट खुलेको छ । नमुना विद्यालय भवन निर्माणका क्रममा गरिएको मूल्याङ्कनअनुसार पहिलो तला निर्माणमा जम्मा १ करोड ४८ लाख ५३ हजार

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • १८६ पटक पढिएको
  • २६.१६ अंकले घटेको बजारमा ६ अर्ब ५३ करोड रुपैयाँको शेयर किनबेच, अन्य समूहबाहके सबै राताम्य

    इटहरी । बजार खुल्नासाथ हरियो देखिए पनि त्यसपछि ओरालो लागेको शेयर बजार आज दिनभर राताम्य देखियो । बजार बन्द हुँदा नेप्से परिसूचक ०.९३ प्रतिशत अर्थात् २६.१६ अंकले घटेर २ हजार ७७०.२६ विन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३४९ कम्पनीको १ करोड ४० लाख १८ हजार ९२० कित्ता शेयर १ लाख ५१ हजार ३५४ पटक किनबेच हुँदा ६ अर्ब ५३ करोड १७ लाख २३ हजार २२६ रुपैयाँको शेयर किनबेच भएको छ ।अन्य समूह आज ०.७३ प्रतिशतले बढ्नुबाहेक कुनै पनि समूहमा हरियाली छाएन । होटल समूह आज सर्वाधिक अर्थात २.५६ प्रतिशतले घट्दा बैंकिङ समूह ०.८४ प्रतिशत र विकास बैंक १.२२ प्रतिशतले घटेका छन् । विकास बैंक र वाणिज्य बैंकले चालु आर्थिक वर्षक

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • ३७२ पटक पढिएको
  • ९ महिनामा रकमका आधारमा नबिल र प्रतिशतका आधारमा कुमारी बैंकले गरे राम्रो आम्दानी

    इटहरी । नेपालका २० वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२\८३ को चैत मसान्तसम्मको ९ महिनामा रकमका आधारमा उच्च नाफा गर्नेमा नबिल बैंक देखिएको छ । प्रतिशतका आधारमा भने कुमारी बैंक अगाडि छ ।बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार अधिकांश बैंकहरूको नाफामा सुधार आएको छ ।नबिलले कमायो पौने ७ अर्ब रुपैयाँ नाफायो ९ महिनामा नबिल बैंकले ६ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा कमाएको छ नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.९२ प्रतिशत बढी हो ।कुमारीको नाफा वृद्धिदर १३६१ प्रतिशतप्रतिशतका आधारमा भने कुमारी बैंकले गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालु

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • १३९ पटक पढिएको
  • निर्माण व्यवसाय सङ्कटमा परेको भन्दै कोशीका निर्माण व्यवसायी समस्यामा

    विराटनगरः कोशी प्रदेशमा निर्माण उद्योग गम्भीर सङ्कटतर्फ उन्मुख भएको भन्दै निर्माण व्यवसायीहरूले प्रदेश सरकारसँग अनुरोध गरेका छन् । तत्काल हस्तक्षेप गरेर समस्याको समाधान निकाल्नुपर्ने उनीहरुको सुझाव छ ।इन्धनजन्य सामग्रीको लगातार मूल्यवृद्धि, निर्माण सामग्रीको अभाव र लागत असन्तुलनका कारण पूर्वाधार निर्माण क्षेत्र नै ठप्प हुने अवस्थामा पुगेको निष्कर्षसहित निर्माण व्यवसायी महासंघ कोशी प्रदेशले सोमबार औपचारिक रूपमा ज्ञापनपत्र बुझाएको छ । महासंघका प्रदेश अध्यक्ष जनसेवक भण्डारीको नेतृत्वमा गएको टोलीले प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपप्रदीपकुमार सुनुव

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • १६७ पटक पढिएको
  • दुई घण्टामा साढे २ अर्ब रुपैयाँको मात्र कारोबार, खुल्नासाथ बढेको शेयर बजार अहिले राताम्य

    इटहरी । आज बजार खुल्नासाथ हरियो देखिएर २८१२ बिन्दुसम्म पुगेको नेप्से अहिले हिजोभन्दा लगभग १४ अङ्क तल झरेर २७८२ को आसपासमा कारोबार भइरहेको छ ।दुई घण्टामा २ अर्ब ६१ करोड रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै पाल्पा सिमेण्ट इण्डष्ट्रिज लिमिटेडको ३९ करोड ३८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।त्यसपछि उच्च कारोबार गर्ने कम्पनीमा कर्पाेरेट डेभलपमेण्ट बैंक, रिलायन्स स्पिनिङ मिल्स, कुमारी बैंक र सोलु हाइड्रोपावर लिमिटेड रहेका छन् ।शिखर पावर डेभलपमेन्ट लिमिटेडको शेयरमूल्य सर्वाधिक अर्थात् १५ प्रतिशत बढेको छ । सबैभन्दा धेरै कर्पाेरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ९ दशमलव ६८ प्रतिशत घटेको छ ।

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • १५३ पटक पढिएको
  • ३००० रुपैयाँ घट्यो सुनको भाउ, चाँदीको घट्यो १०० रुपैयाँ

    इटहरी ।  आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ३ हजार रुपैयाँले र चाँदीको भाउ तोलामा १०० रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १ तोला सुनको मूल्य २ लाख ९७ हजार ५ सय रुपैयाँ तोकिएको छ ।चाँदीको भाउ आज प्रतितोला ४ हजार ९४५ रुपैयाँ निर्धारण भएको छ ।

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • १६६ पटक पढिएको
  • नेकपाले तोक्यो प्रदेश समिति इञ्चार्ज र संयोजक

    इटहरी ।  नेपाली कम्युनिस्ट पार्टीले प्रदेश समितिका इञ्चार्ज र संयोजकहरू टुंगो लगाएको छ ।पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले ७ भूगोल प्रदेश र २ गैरभौगोलिक प्रदेशमा इञ्चार्ज र संयोजकहरू टुंगो लगाएको जनाएको छ ।जसअनुसार कोशी प्रदेश इञ्चार्जमा राजेन्द्र राई, मधेश प्रदेश इञ्चार्जमा महिन्द्र राय यादव, बागमती प्रदेश इञ्चार्जमा डा. गंगालाल तुलाधर, गण्डकी प्रदेश इञ्चार्जमा श्रीनाथ बराल, लुम्बिनी प्रदेश इञ्चार्जमा चक्रपाणि खनाल, कर्णाली प्रदेश इञ्चार्जमा चन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा डा. भीम रावल छन् ।यसैगरी उपत्यका विशेष प्रदेश इञ्चार्जको जिम्मेवारी हितमान शाक्यले र सम्पर्

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • १३२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल