All Posts By खेमचन्द्र अधिकारी

    Showing १,१०१-१,११० of १,३५८ items.
  • होटलमा आगलागी हुँदा एक जनाको मृत्यु

    धनगढीः कैलालीको घोडाघोडी नगरपालिका–१ सुखड बजारमा रहेको बिबेक रेस्टुरेण्ट एण्ड लजमा मध्यरातमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ ।प्रहरीका अनुसार आगलागीमा परेर होटलमा सुतिरहेका डडेल्धुराको आलिताल गाउँपालिका घर भएका मीनबहादुर बोहराको मृत्यु भएको हो । राति पौने १ बजेतिर उनी सुतिरहेको कोठामा आगलागी भएपछि जलेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।घोडाघोडी नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो ।मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।घटनाबारे अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख १२, २०८३
    • १४७ पटक पढिएको
  • शनिबारको दिन यस्तो छ आजको विदेशी मुद्राको सटही दर

    विराटचोकः आज शनिबारका लागि राष्ट्र बैङ्कले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार, अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५० पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ३६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ २३ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १९२ रुपैयाँ ४० पैसा तोकिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११० रुपैयाँ ३९ पैसा, सिङ्गापुर

    • प्रकाशित मितिः वैशाख १२, २०८३
    • ९१ पटक पढिएको
  • कालिका कन्स्ट्रक्सनका सञ्चालक पूर्व मन्त्री राप्रपा नेता विक्रम पाण्डे पक्राउ

    काठमाडौंः कालिका कन्स्ट्रक्सनका सञ्चालक एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पाण्डेलाई पक्राउ गरेको हो । सार्वजनिक खरिद प्रणाली ह्याक गरेर ठेक्का आफ्नो कम्पनीलाई पारेको कसुरमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार गरेको कसुरमा पाण्डेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ मा मुद्दा दायर गरेको थियो ।सो मुद्दामा उनी ४ करोड रुपैयाँ धरौटी बुझाएर छुटेका थिए ।पाण्डे २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट राप्रपाको तर्

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • १८० पटक पढिएको
  • अनलाइन मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्तालाई सरकारले दियो चेतावनी र सुझाव

    इटहरी ।  सरकारले अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा अपुष्ट, भ्रामक र तथ्यहीन सामग्री प्रकाशन तथा प्रशारण नगर्न आग्रह गरेको छ ।बुधबार प्रेस विज्ञप्तिमार्फत् सरकारले यस्ता गतिविधिले समाजमा भ्रम फैलाउने र सार्वजनिक शान्ति तथा सुरक्षामा असर पार्न सक्ने जनाएको छ ।‘विगत केही समयदेखि विभिन्न अनलाइन मिडिया तथा सामाजिक सञ्जालहरूमा अपुष्ट, भ्रामक र तथ्यहीन समाचारहरू प्रकाशन तथा प्रशारण भइरहेका सम्बन्धमा सरकार तथा सुरक्षा प्रति नागरिकको विश्वास कमजोर हुने अवस्थाको सिर्जना भइरहेको हुँदा यस्ता गतिविधिमा संलग्न नहुन सम्बन्धित सबैमा अनुरोध गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।अनलाइन सञ्चारमाध्यम र सामा

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • १८२ पटक पढिएको
  • सुन्दरहरैंचाका सामुदायिक विद्यालयमा बैशाख २० गतेभित्र व्यवस्थापन समिति गठन हुने

    विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले नगर क्षेत्रभित्रका सबै सामुदायिक विद्यालयहरूलाई बैशाख २० गतेभित्र विद्यालय व्यवस्थापन समिति पुनर्गठन गरिसक्न परिपत्र गरेको छ ।नगरका २७ वटा आधारभूत र ११ वटा माध्यमिक विद्यालयहरूमा नयाँ व्यवस्थापन समिति चयनका लागि बैशाख २० को समयसीमा तोकिएको हो ।

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • १३८ पटक पढिएको
  • गोली प्रहार गरी साँखुबाट प्रहरीले पक्राउ गर्याे ३ जना लागूऔषध कारोबारी

    काठमाडौंः लागूऔषध कारोबारी समाउने क्रममा लागूऔषध नियन्त्रण ब्युरोले गोली चलाएर काठमाडौंको साँखुबाट ३ जना लागूऔषध कारोबारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।सो क्रममा १ जना लागूऔषध कारोबारी घाइते भएको र एक थान पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • १६१ पटक पढिएको
  • आज लोकतन्त्र दिवस

    इटहरी ।  आज लोकतन्त्र दिवस हो । तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा (माओवादी)को संयुक्त आह्वानमा राजतन्त्रको अन्त्य गराउन आजको दिनको महत्वपूर्ण भूमिका रहेको छ । जहानियाँ प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा वैशाख ११ लाई लिने गरिएको छ । सोही दिनको स्मरणमा आज लोकतन्त्र दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।२०६२ चैत २४ गतेदेखि शान्तिपूर्ण सडक आन्दोलन गर्दै आएका सात राजनीतिक दल र सशस्त्र द्वन्द्वमा रहेको तत्कालीन नेकपा (माओवादी)बीच सम्पन्न १२ बुँदे सहमतिले नेपाली जनतामा एकप्रकारको विश्वास पैदा भएको थियो । जुन विश्वास जनविद्रोहमा परिणत

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • १३७ पटक पढिएको
  • बुक बिल्डिङमार्फत शेयर निष्काशनका लागि नेप्सेसँग सम्झौता गर्ने कम्पनी पुगे ७ वटा

    इटहरी ।  बुक बिल्डिङ निर्देशिका बमोजिम शेयर निष्काशनका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सँग सम्झौता भएका कम्पनीको संख्या ७ पुगेको छ ।नेप्सेले यसअघि ५ कम्पनीको सूची सार्वजनिक गरेकोमा पुनः २ कम्पनी थपेर सूचना जारी गरेको हो । पछि थपिएकामा यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेड रहेका छन् ।यसअघि जारी सूचीमा नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड, जगदम्बा स्पिनिङ्ग मिल्स लिमिटेड, टाइम फर्मास्युटिकल्स लिमिटेड, लक्ष्मी स्टील्स लिमिटेड र पूर्वाञ्चल ल्युब आयल लिमिटेड थिए ।यी कम्पनीहरूले बुक बिल्डिङ्ग विधिमार्फत योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको शेयरको सिलबन

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • १६८ पटक पढिएको
  • कोशी सरकारले स्टार्टअप बीउपूँजीका लागि आह्वान गर्याे प्रस्ताव

    विराटनगरः कोशी प्रदेश सरकारले नवप्रवर्तनकारी सोच भएका युवा तथा नयाँ उद्यमीहरूलाई प्रोत्साहन गर्न बीउपूँजी उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ । उद्योग, कृषि तथा सहकारी एक सार्वजनिक सूचना जारी गर्दै नयाँ उद्यम गर्न चाहनेहरूबाट परियोजना प्रस्ताव माग गरेको हो ।‘स्टार्टअप उद्यम बीउपूँजी परिचालन कार्यविधि, २०८२’ बमोजिम योग्यता पुगेका इच्छुक उद्यमीहरूलाई आवेदन दिन आग्रह गरिएको छ । नवीनतम् ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीहरूले विराटनगरस्थित मन्त्रालय वा आफूलाई पायक पर्ने जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयहरूमा प्रस्ताव पेश गर्न सकिने बताइएको छ ।स्वीकृत कार्यविधि अनुसार विशेषगरी कृषि

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • २९० पटक पढिएको
  • खाली घरमा एसी जोडेर तास खेलिरहेका ६ जना पक्राउ

    विराटनगरः खाली घरलाई तास खेल्न उपयोग गरेको भेटेपछि प्रहरीले ६ जनालाई हिजो राति पक्राउ गरेको छ ।विराटनगर महानगरपालिका–९ सोमबारेस्थित एउटा खाली घरमा तास खेलिरहेको भन्ने सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर अभिषेक श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले राति करिब ८ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेहरूमा विराटनगर–६ का ५७ वर्षीय खगेन्द्र गिरी, ४२ वर्षीय लक्ष्मण सहनी, विराटनगर–१० का ६१ वर्षीय सुरेन्द्रबहादुर कार्की, विराटनगर–१२ का ५७ वर्षीय भरत प्रसाईं, ५६ वर्षीय राजु रन्जितकार र विराटनगर–१३ का ६२ वर्षीय एतनकुमार खड्का रहेका छन् ।प्रहरीका अनुसार खाली घरलाई

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • १७७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल