All Posts By खेमचन्द्र अधिकारी

    Showing १,१२१-१,१३० of १,३५८ items.
  • पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसद्वारा शिक्षामन्त्रीसमक्ष विभिन्न माग

    धरानः पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसको अनुगमनका लागि धरान आएका शिक्षा मन्त्री सस्मित पोख्रेलसँग क्याम्पसको जीर्ण संरचना मर्मत, आधुनिक ल्याब, विद्यार्थी सुविधा विस्तारको लागि १ अर्ब रुपैयाँभन्दा बढी बजेट माग गरिएको छ ।मन्त्री पोखरेलले वित्तीय प्रतिवेदन हेरेर विश्वविद्यालयसँग कुरा गर्ने जवाफ दिएका छन् । क्याम्पस प्रमुख काजीमान कार्कीले मन्त्री पोख्रेललाई क्याम्पसका भौतिक संरचना जीर्ण बन्दै गएको, ल्याबमा आधुनिक उपकरण अभाव, विद्यार्थी सुविधा विस्तारका लागि आवश्यक बजेट व्यवस्थापन गर्न आग्रह गरेका थिए ।४ दशकभन्दा पुराना भवनमा २०४५ सालदेखि रङरोगन नगरिएको, क्याम्पसमा शुद्ध खानेपानीको व्यवस्था गर

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • १९२ पटक पढिएको
  • दिनभर घटिरहेको बजार सम्हालियो अन्तिम आधा घण्टामा

    इटहरी । आज दिनभर नेप्से २७६३ देखि २७७२ आसपास घुुमिरहेकोमा अन्तिम आधा घण्टाको समयमा भने २८०० माथि उक्लिएर अडिएको छ । कारोबार रकम पनि हिजोको भन्दा बढेको छ । हिजो ५ अर्ब ४३ करोड रुपैयाँको शेयर किनबेच भएकोमा आज ७ अर्ब ८१ करोड रुपैयाँ भन्दा बढीको शेयर किनबेच भएको छ ।आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.१० प्रतिशत अर्थात् २.९५ अङ्कले घटेर २ हजार ८०४.१७ विन्दुमा अडिएको छ । नेप्सेमा सूचीकृत ३४२ कम्पनीको १ करोड ७५ लाख ८८ हजार ८५४ कित्ता शेयर १ लाख २१ हजार ४३३ पटक किनबेच हुँदा ७ अर्ब ८१ करोड ३९ लाख ४७ हजार ३४२ रुपैयाँको शेयर किनबेच भएको छ ।५ वटा समूहमा हरियाली छाए पनि ८ वटा समूहमा रातो पोतिएको

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • २५१ पटक पढिएको
  • राजीनामा दिए गृहमन्त्री सुधन गुरुङले

    इटहरी । आज प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटघाट गरेपछि गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन् ।गुरुङले आफ्नो अधिकारिक फेसबुकमार्फत यसबारे जानकारी दिँदै पछिल्ला दिनहरूमा नागरिक स्तरबाट उनको शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको बताएका छन् ।‘मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन । आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ’, गुरुङले लेखेका छन्, ‘मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा ब

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • २४४ पटक पढिएको
  • विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट अनिवार्य गर्न निर्देशन, छुट नदिए सोझै उजुरी गर्न सकिने

    इटहरी ।  सूचना जारी गर्दै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई दिइँदै आएको ४५ प्रतिशत भाडा छुटको सुविधा कडाइका साथ लागू गर्न निर्देशन दिएको छ ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ र साझा यातायातलाई कानुन बमोजिमको छुट उपलब्ध गराउन कडा विभागले पत्राचार गरेको हो ।पछिल्लो समय सरकारको ‘हेलो सरकार’ पोर्टल र विभागको ‘गुनासो पेटिका’ मा विद्यार्थीहरूले परिचयपत्र देखाउँदा पनि छुट नपाएको र व्यवसायीले दुव्र्यवहार गरेको भन्दै धेरै गुनासाहरू दर्ता भएका थिए । यसै सन्दर्भमा विभागका निर्देशक गणेशमान सिंह राईले हस्ताक्षर गरेको पत्रमा भनिए

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • १७२ पटक पढिएको
  • प्रलोपाको अध्यक्ष परिषद्का सदस्य सुदन किरातीले छोडे पार्टी, श्रम संस्कृतिमा आबद्ध हुने तयारी

    इटहरी ।  प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषद्का सदस्य सुदन किरातीले पार्टीबाट अलग भएको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको जानकारी दिएका हुन् । उनी श्रम संस्कृति पार्टीमा आबद्ध हुने अनुमान गरिएको छ ।जेनजी आन्दोलनपछि करिब ५ महिना प्रलोपामा बिताएका किरातीले यो अवधिको अनुभवलाई ‘अमूल्य सम्पत्ति’ मान्दै पार्टीका साथीहरू र नेतृत्वलाई धन्यवाद दिँदै आगामी दिनमा पनि व्यक्तिगत सम्बन्ध सुमधुर रहने विश्वास व्यक्त गरेका छन् ।पार्टी परित्याग गरे पनि उनी राजनीतिबाट भने टाढा नबसी ‘श्रम संस्कृति पार्टी’ मा आबद्ध

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • २२३ पटक पढिएको
  • सुनको भाउ ८०० रुपैयाँ घट्यो, चाँदीको ३० रुपैयाँ

    इटहरी । आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ८०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रति तोला सुनको मूल्य ३ लाख ५ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ५ हजार १३० रुपैयाँ निर्धारण भएको छ ।

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • १४३ पटक पढिएको
  • सुनसरीको बर्जुबाट १६० केजी गाँजा बरामद, ओसारपसारमा संलग्न व्यक्ति फरार

    इनरुवाः नेपाल भारत सीमा क्षेत्र सुनसरीको बर्जु गाउँपालिका–३ खरीटोलबाट करिब ८ सय मिटर दक्षिणबाट सशस्त्र प्रहरीले आज बिहान पौने ३ बजे १६० केजी गाँजा बरामद गरेको छ । गाँजा ओसारपसारमा संलग्न व्यक्ति भने फरार हुन सफल भएका छन् ।केही व्यक्तिहरुले टाउकोमा बोकी नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा अन्दाजी १६० केजी (१२ पोका) तयारी अवस्थामा रहेको गाँजा सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलीले नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म कप्तानगंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक नन्दकिशोरप्रसाद महतोको कमाण्डमा खटिएको ५ जना र सशस्त्र प्रहरी बल, नेपाल बिओपी अमडुवाबाट सशस्त्र प्रहर

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • १७५ पटक पढिएको
  • पश्चिम तराईमा तातो हावा चल्न सक्ने, पहाडी भू–भागमा आंशिक बादल लाग्ने

    इटहरी । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा देशका हिमाली भू–भागसहित कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बादल लागेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशका हिमाली भू–भागका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बादल लाग्ने र बाँकी भू–भागमा मौसम सफा रहनेछ ।महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार हाल कोशी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । कोशी

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • १२१ पटक पढिएको
  • बर्ड फ्लु देखिएपछि सुनसरीमा प्रशासनले जारी गर्याे ‘हाइ अलर्ट’

    इटहरीः सुनसरी जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि प्रशासनले नियन्त्रणका उपायहरू कडाइका साथ अघि बढाएको जनाएको छ ।सुनसरीका इटहरी, इनरुवा, दुहबी तथा गढी गाउँपालिकाका विभिन्न कुखुरापालन फार्महरूमा बर्ड फ्लु पुष्टि भएसँगै उच्च सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सङ्क्रमण फैलिन नदिन प्रभावित क्षेत्रलाई केन्द्र मानेर चार किलोमिटर वरपरको क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।सङ्कटग्रस्त क्षेत्रमा कुखुरा, चल्ला तथा कुखुराजन्य वस्तुहरूको ओसारपसारमा बैशाख १४ गतेसम्म पूर्ण प्रतिबन्ध लगाइएको छ । प्रशासनले जिल्लाभित्र र बाहिरबाट यस्ता वस्तु ल्याउन–लै

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • १७५ पटक पढिएको
  • पूर्वाञ्चल विश्वविद्यालयको १४ औँ दीक्षान्त समारोहमा ६ हजार ७०६ जना विद्यार्थी दीक्षित

    गोठगाउँः पूर्वाञ्चल विश्वविद्यालयको १४ औँ दीक्षान्त समारोहको अवसरमा केन्द्रीय कार्यालय गोठगाउँमा आज आयोजित समारोहमा विभिन्न संकाय अन्तर्गत अध्ययन पूरा गरेका ६ हजार ७०६ जना विद्यार्थी दीक्षित भएका छन् ।समारोहमा प्रमुख अतिथिका रूपमा भारतको चण्डीगढस्थित पोस्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एण्ड रिसर्चका निर्देशक प्रा. डा. विवेकलाल सहभागी भएका थिए । कार्यक्रम विश्वविद्यालयका सहकुलपति तथा शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।विश्वविद्यालयले हाल व्यवस्थापन, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, मानविकी, कानुन तथा चिकित्सा शिक्षा लगायतका क्षेत्रमा अध्यापन गराउँदै आएक

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • १७७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल