All Posts By खेमचन्द्र अधिकारी

    Showing १,५६१-१,५७० of २,०८६ items.
  • घट्यो सुनचाँदीको दाम, सुन तोलामा २८०० रुपैयाँ र चाँदी १०५ रुपैयाँले सस्तियो

    इटहरी ।  आज सुन र चाँदी दुवैको दाम घटेको छ । सुनको भाउ आज तोलामा २ हजार ८०० रुपैयाँ र चाँदीको भाउ आज तोलामा १०५ रुपैयाँले सस्तिएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।चाँदीको दाम प्रतितोला ५ हजार ११५ रुपैयाँ निर्धारण भएको छ ।

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • ३६४ पटक पढिएको
  • काभा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत नेपालले समूहको अन्तिम खेलमा आज माल्दिभ्ससँग खेल्ने

    काठमाडौंः काभा महिला भलिबल च्याम्पियनसिप अन्तर्गत समूह ए को आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा साँझ ५ बजे खेल्ने भएको छ ।नेपालले यसअघि दुई खेल खेल्दा एकमा जीत र एकमा हारको नतिजा निकाल्दै ४ अंकसहित समूहको दोस्रो स्थानमा छ । यसअघिका दुवै खेलमा पराजित माल्दिभ्स समूह चरणबाट बाहिरिइसकेको छ ।नेपाल प्रतिद्वन्द्वी भारतसँग पाँच सेटको प्रतिस्पर्धात्मक खेलमा पराजित भएको थियो । तर दोस्रो खेलमा कीर्गिस्तानलाई सोझो सेटमा हराएरपछि नेपालको सेमीफाइनल पुग्ने सम्भावना बलियो बनेको हो । यो समूहमा भारत ५ अंकसहित शीर्ष स्थानमा छ । कीर्गिस्तान ३ अंकसहित तेस्

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • २३२ पटक पढिएको
  • मकालुमा पहिरोले गोठ बगाउँदा २१८ भेडा बेपत्ता

    खाँदबारीः सङ्खुवासभाको मकालु गाउँपालिका–५ माङ्सिमास्थित फोक्टेमा गएको पहिरोमा परी २ सयभन्दा बढी भेडा पुरिएका छन् ।प्रहरीका अनुसार दलबहादुर गुरुङको भेडीगोठ बगाउँदा पुरिएका २५० भेडामध्ये ३२ वटा जीवितै फेला परेका छन् । बाँकी २१८ भेडा पुरिएर बेपत्ता भएका हुन् ।सो घटनामा भेडा गोठाला २० वर्षीय झलक गुरुङ घाइते भएका छन् । अर्का गोठाला कमल गुरुङ सकुशल रहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • १७२ पटक पढिएको
  • बाढीपहिरोले पाँचथरमा चार परिवार विस्थापित

    फिदिमः पहिरोले घर बगाउँदा पाँचथरको याङवरक गाउँपालिका– १ का चार परिवार विस्थापित भएका छन् । पहिरोले घर जोखिममा पारेपछि एक परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।पहिरोले घर बगाएपछि याङवरक– १ लम्बाखोलाका मोहनलाल खवास र कबिर खवास तथा कोप्चेका गंगाप्रसाद बेघाको परिवार विस्थापित भएको हो । मोहनलाल र कबिरको परिवारका सात जना आफन्त शान्ता खवासको घरमा बसेका छन् । गंगाप्रसादको ६ जनाको परिवार उनका दाजु दुर्गा बेघाको घरमा बसेको बताइएको छ । सोही स्थानका भगीमान बेघाको घर पहिरोले उच्च जोखिममा पारेपछि सो परिवारका ६ जना विस्थापित भएको प्रहरीले जनाएको छ ।उता, कोप्चेटोलका बालानन्द बेघा र मैतराज बेघा, चाम्लिङडाँडाका

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • १६४ पटक पढिएको
  • आज कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना, पश्चिमी तराईमा तातो हावा चल्न सक्ने

    इटहरी ।  आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मधेस प्रदेशसहित बाँकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने तथा अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।महाशाखाका अनुसार कोशी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षा तथा हिमपात

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • २२६ पटक पढिएको
  • सहलेश फुटबल क्लबले जित्यो प्रथम अन्तर्राष्ट्रिय सुन्दरहरैंचा खोर्साने गोल्डकपको उपाधि

    खोर्सानेः मोरङको सुन्दरहरैँचा नगरपालिका १० स्थित सुकुना खेलमैदानमा हिजो भएको “प्रथम अन्तर्राष्ट्रिय सुन्दरहरैँचा खोर्साने गोल्डकप फुटबल प्रतियोगिता–२०८३” को उपाधि सहलेश फुटबल क्लब, सिराहाले जितेको छ ।फाइनल खेलमा सहलेश फुटबल क्लबले धरान आरसी फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।उपाधि विजेता सहलेश फुटबल क्लबले नगद २ लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता बनेको धरान आरसी फुटबल क्लबले नगद १ लाखसहित ट्रफी र मेडल प्राप्त गरेको आयोजकले जनाएको छ ।विजेता टोली तथा खेलाडीलाई प्रमुख अतिथि नगरप्रमुख केदारप्रसाद गुरागाईंले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा विभिन्न विधा

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • १७७ पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    इटहरी ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८६ पैसा रहेको छ । युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ६ पैसा र बिक्रीदर २०५ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर १९४ रुपैयाँ २० पैसा र बिक्रीदर १९४ रुपैयाँ ९७ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ८५ पैसा तथा बिक्रीदर १०९ रुपैयाँ २७ पैसा रहेको छ ।क्यानेडियन डलर एकको खरिददर ११०

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • २२८ पटक पढिएको
  • के हो अधिकमास

    इटहरी ।  यस पटक जेठ महिनामा अधिकमास परेको छ । बोलीचालीको भाषामा मलमास भनिने यस महिनलाई पुरुषोत्तम महिना पनि भनिन्छ ।पञ्चाङ्ग गणनाको सूर्यमानअनुसार वर्षमा ३६५ दिन, १५ घडी, ३१ पला र ३० विपला हुन्छ । चन्द्रमान अनुसार वर्षमा ३५४ दिन, २२ घडी, १ पला र २३ विपला हुन्छ । सूर्य तथा चन्द्रमानबीच वर्षमा १० दिन ५३ घडी, ३० पला एवं ७ विपलाको अन्तर हुने गर्छ । यसै अन्तरलाई समायोजित गर्नका लागि ‘अधिक मास’को व्यवस्था गरिएको पाइन्छ ।अधिक मास प्रत्येक तीन वर्षमा एकपटक आउँछ । यो फागुनदेखि कात्तिकको बीचमा पर्ने गर्छ । जुन वर्ष अधिक मास पर्छ त्यो वर्ष चन्द्रमासअनुसार १२ महिनाको सट्टा १३ महिनाको १ वर्ष हुन्

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • १८८ पटक पढिएको
  • सोमबारसम्म उच्च गर्मी हुने, लुम्बिनी र सुदूरपश्चिममा तापक्रम ४० डिग्री नाघ्ने अनुमान

    इटहरी ।  सोमबारसम्म देशको तराई क्षेत्रमा अधिक तातो हुने मौसम विज्ञान विभागले जनाएको छ । विभागले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागको तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा माथि पुग्ने र तातो हावा चल्न सक्ने जोखिम रहेको जनाएको छ ।अधिक गर्मी र तातो हावाको लहरले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुरलाई उच्च सतर्कता अपनाउनुपर्ने जिल्लाको सूचीमा राखेको छ ।कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, अछाम, डडेल्धुरा र बैतडीलाई अद्यावधिक (नियमित जानकारी लिनुपर्ने) जिल्लाको सूचीमा राखिएको

    • प्रकाशित मितिः जेठ ९, २०८३
    • २६२ पटक पढिएको
  • पाँचथरको याङवरकमा बाढीपहिरोका कारण सडक, झोलुङ्गे पुल र जलविद्युत्‌ आयोजनामा क्षति

    फिदिमः लगातारको अविरल वर्षापछि आएको बाढीपहिरोले पाँचथरको याङवरक गाउँपालिका वडा नं १, २ र ३ मा घर, गोठ, सडक, झोलुङ्गे पुल, जलविद्युत् आयोजनालगायतमा क्षति पुर्याएको छ ।पालिकाको वडा नं १ मा दुईवटा घर तथा वडा नं १ र २ मा गरी तीनवटा झोलुङ्गे पुल बगाएको छ । याङवरक– १ च्याङथापु बजार आसपासको क्षेत्रमा ठूलो क्षति पुर्याएको बताइएको छ ।निरन्तरको वर्षाका कारण मध्यपहाडी लोकमार्गको ओयाम–चिवाभञ्ज्याङखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । याङवरक– ३ स्थित रिजाल भीरमा पहिरो झरेको छ भने वडा नं २ को दोभानेमा रहेको डाइभर्सन पूर्ण रूपमा बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।पाँचथरको हिलिहाङ गाउँपालिका र ताप्ल

    • प्रकाशित मितिः जेठ ९, २०८३
    • ३०५ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल