All Posts By खेमचन्द्र अधिकारी

    Showing १५१-१६० of १,३४५ items.
  • दुई घण्टामा अढाइ अर्ब रुपैयाँको शेयर किनबेच

    इटहरी ।  आज बजार खुलेको ६ मिनेटसम्म हरियाली छाएको शेयर बजारमा त्यसपछि भने निरन्तर रातो पोतिएको छ । कारोबार समयको आधा समय (दुई घण्टा) बित्दा नेप्से परिसूचक १५ अङ्क हाराहारी घटेको छ ।नेप्से सूचक २६२६ आसपास रहेर कारोबार भइरहँदा २ घण्टामा २ अर्ब ५२ करोड रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै कृषि विकास बैंकको बोण्डको ५० करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।दुई कम्पनीको शेयरमूल्य १५ प्रतिशत बढेको छ भने खानीखोला हाइड्रोपावरको शेयरमूल्यमा उच्च गिरावट आएको छ ।

    • प्रकाशित मितिः भदौ २, २०८३
    • १६६ पटक पढिएको
  • सुनको मूल्य स्थिर, चाँदीको घट्यो १५ रुपैयाँ

    विराटचोकः आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदी ४ हजार ७५५ रुपैयाँ प्रति तोलाका दरले बिक्री भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ २, २०८३
    • १२७ पटक पढिएको
  • आठ लाख मूल्यको चोरी भएको तामाको तार पोखरीमा फेला

    विराटनगरः मोरङको कटहरी गाउँपालिका–१ स्थित श्याम सिमरन मेटल इन्डस्ट्रिजमा तेलको टिन बनाउने प्रयोजनका लागि राखिएको कच्चा क्वायल तामाको तार प्रहरीले पोखरीमा फेला पारेको छ ।करिब आठ लाख रुपैयाँ मूल्य बराबरको ३११ केजी तामाको तार सो उद्योगको मेन सेटरको ताला फुटाएर चोरी भएको भन्दै उद्योगले प्रहरीमा जानकारी गराएको थियो । त्यसपछि प्रहरीले खोजी गर्ने क्रममा कटहरी–२ स्थित दिलीप श्रेष्ठको पोखरीभित्र सो तामाको तार फेला परेको थियो ।प्रहरीले तार बरामद गरी प्रहरी चौकी कटहरीमा ल्याएको जनाएको छ । प्रहरीले बरामद सामान आवश्यक प्रक्रिया पूरा गरी उद्योगको जिम्मा लगाउने तयारी गरेको छ ।प्रहरी चौकी कटहरीका अनुसार चोरीम

    • प्रकाशित मितिः भदौ २, २०८३
    • १२२ पटक पढिएको
  • साढे ३ सय रुपैयाँको सामान किनेका उपभोक्ताले पाए १० लाख रुपैयाँको करदाता पुरस्कार

    इटहरी । सरकारले चालु आर्थिक वर्षदेखि हरेक १५ दिनमा प्रदान गर्न थालेको करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार हिजो घोषणा भएको छ ।आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायले पुरस्कार घोषणा गर्नुभएको हो । साउन १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्तामध्ये गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट ३ सय ५० रुपैयाँको सामान किनेका उपभोक्ताले १० लाख रुपैयाँको करदाता बम्पर प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् ।सो अवधिमा ३ लाख ५७ हजार १ सय ४९ वटा नगद कारोबारका ब

    • प्रकाशित मितिः भदौ २, २०८३
    • १०० पटक पढिएको
  • पाथीभरा भजन समूहको १५ औँ साधारणसभा सम्पन्न

    सलकपुरः मोरङको सुन्दरहरैंचा–८, चन्द्रनगरमा रहेको पाथीभरा भजन समूहको १५ औँ साधारणसभा सम्पन्न भएको छ ।साधारणसभामा समूहको वार्षिक गतिविधि, आय–व्यय तथा आगामी योजनाबारे छलफल गरिएको थियो । समूहकी अध्यक्ष सावित्रा संग्रौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।विशिष्ट अतिथि पूर्व प्रदेश सांसद लोकप्रसाद संग्रौला, स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचा, मोरङका अध्यक्ष नेत्रप्रसाद चौलागाईं उपस्थित हुुनुहुन्थ्यो ।समूहकी सचिव उमा फुयालले सञ्चालन गर्नुभएको कार्यक्रममा समूहको वार्षिक आय–व्यय तथा वार्षिक प्रतिवेदन प्रस्तुत गरिए

    • प्रकाशित मितिः भदौ २, २०८३
    • १०१ पटक पढिएको
  • इटहरीवासी खेलाडी आशिष राईको उपचारमा ध्यान दिन रास्वपा सांसद प्रकाशचन्द्र परियारको ध्यानाकर्षण

    इटहरीः हिजोको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले राष्ट्रिय खेलाडीको उपचार र राज्यको जिम्मेवारीबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।सचेतक परियारले खेललाई विश्वमै ‘सफ्ट पावर’ अर्थात् सौम्य शक्तिका रूपमा लिन थालिएको उल्लेख गर्दै नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने खेलाडीको उपचारमा राज्यले बेवास्ता गर्न नहुने बताउनुभएको हो । खेलाडीले देशका लागि पदक र प्रतिष्ठा ल्याउने तर गम्भीर चोट लागेपछि उपचारका लागि आर्थिक अभाव झेल्नुपर्ने अवस्था विडम्बनापूर्ण भएको उहाँको भनाइ थियो ।‘खेल फेरि एआईले होइन, खेलाडीले नै खेल्ने हो । पदक उनीहरूले नै ल्याउने हो’, बैठकम

    • प्रकाशित मितिः भदौ २, २०८३
    • ११७ पटक पढिएको
  • प्रतिनिधिसभाको आजको बैठकमा ४ मन्त्रीले जवाफ दिने

    इटहरीः प्रतिनिधिसभाको आज बिहान ११ बजे बस्ने बैठकमा ४ जना मन्त्रीहरूले मौखिक प्रश्नहरूको उत्तर दिने कार्यसूची रहेको छ ।बैठकको कार्यसूचीअनुसार, परराष्ट्रमन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र कृषि, वन तथा पर्यावरणमन्त्रीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनेछन् ।प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले थारू आयोगको सातौँ वार्षिक प्रतिवेदन (२०८१ साउन– २०८२ असार) पेश गर्ने कार्यतालिका पनि  रहेको छ । परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन ) विधेयक, २०८३ माथि विचार गर

    • प्रकाशित मितिः भदौ २, २०८३
    • ९५ पटक पढिएको
  • सुन्दरहरैंचावासीलाई नोबेलमा २० प्रतिशत छुटमा उपचार, काठमाडौं मेडिकल कलेज भक्तपुरमा ५० प्रतिशत छुट

    विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाका बासिन्दाले नोबेल मेडिकल कलेज विराटनगर, केएमसी भक्तपुर र सिनामंगलमा उपचार गर्दा छुट पाउने भएका छन् ।नगरपालिका र अस्पताल प्रशासनबीच भएको सम्झौताअनुसार काठमाडौं मेडिकल कलेज (केएमसी) भक्तपुरमा उपचार सेवामा ५० प्रतिशत, केएमसी सिनामङ्गल, काठमाडौंमा २५ प्रतिशत तथा नोबेल मेडिकल कलेज विराटनगरमा २० प्रतिशत छुट उपलब्ध हुने भएको हो ।छुट सुविधा लिन सुन्दरहरैँचा नगरपालिकाको स्थायी बासिन्दा खुल्ने आधिकारिक कागजात पेश गर्नुपर्नेछ । नागरिकता, मतदाता परिचयपत्रलगायतका कागजातबाट स्थायी ठेगाना पुष्टि गर्न सकिने जनाइएको छ ।त्यस्तै, नगरपालिकाबाट जारी गरिएको आधिकारिक सिफारिशप

    • प्रकाशित मितिः भदौ २, २०८३
    • १११ पटक पढिएको
  • भदौ १० गते प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने

    इटहरी । प्रधानमन्त्री बालेन्द्र शाहले संसद बैठकमा उपस्थित भएर सांसदले सोधेका जिज्ञासाको जवाफ दिनुहुने भएको छ । त्यसका लागि सांसदहरूलाई भदौ ५ गतेसम्ममा लिखित रूपमा आफ्ना प्रश्न संसद सचिवालयमा दर्ता गराउन अनुरोध गरिएको छ ।संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति नभएपछि सांसदहरूले बारम्बार प्रधानमन्त्रीको अनुपस्थितिको विषयलाई लिएर चासो राखेका थिए । हिजोको बैठक प्रारम्भ भएको सभामुखले जानकारी दिनासाथ सम्पूर्ण प्रतिपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए ।त्यसपछि सभामुख डोलेन्द्रप्रसाद अर्यालले सभामुखको ध्यानाकर्षण भएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई संसद बैठकमा उपस्थित हुन रुल

    • प्रकाशित मितिः भदौ २, २०८३
    • २४७ पटक पढिएको
  • सलकपुरको नागदेवी मन्दिरमा नागको विशेष पूजा गरी मनाइयो नागपञ्चमी

    सलकपुरः मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ८ सलकपुरमा रहेको नागदेवी मन्दिरमा हिजो नागपञ्चमीका अवसरमा विशेष पूजाआराधनाका साथै धार्मिक कार्यक्रम गरिएको छ ।हरेक वर्ष नागपञ्चमीका दिन मन्दिरमा विशेष मेला लाग्ने र जीवित नाग (सर्प) को प्रत्यक्ष दर्शन गराएर पूजाअर्चना गर्ने परम्परा रहँदै आएको छ । सोही परम्परा अनुसार हिजो बिहानैदेखि नागदेवी मन्दिर प्राङ्गणमा भक्तजनहरूको बाक्लो उपस्थिति रहेको थियो ।नागदेवी मन्दिर व्यवस्थापन समिति अध्यक्ष रामकृष्ण खड्काका अनुसार नागपञ्चमीको अवसरमा मन्दिरमा आउने दर्शनार्थीहरूले सहज रूपमा जीवित नागको दर्शन तथा पूजा–आराधना गरेका थिए ।नागपञ्चमीका दिन नागको पूजा गर्नाले

    • प्रकाशित मितिः भदौ २, २०८३
    • ९५ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल