All Posts By खेमचन्द्र अधिकारी

    Showing १,६५१-१,६६० of २,०८६ items.
  • नौलो अभ्यास गर्दै सुन्दरवाटिका, शैक्षिक वर्षको शुरुमै दीक्षान्त, पुरस्कार वितरण तथा नयाँ विद्यार्थीलाई स्वागत

    इटहरी ।  सुन्दरवाटिका एकेडेमीले शैक्षिक क्षेत्रमा नयाँ अभ्यासको शुरुवात गरेको छ । नगरका अधिकांश विद्यालयले शैक्षिक वर्षको अन्त्यतिर अभिभावक दिवस आयोजना गरी विभिन्न तह पार गरेका विद्यालयलाई दीक्षित गर्ने गरेका छन् । तर सुन्दरवाटिकाले भने शैक्षिक सत्र शुरु हुनासाथ तह पार गरेका विद्यार्थीलाई दीक्षित गर्नुका साथै कक्षा उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको छ ।नौलो अभ्यासकै रूपमा विद्यालयले आफ्ना विद्यार्थीका हजुरबुबा र हजुरआमालाई पनि सम्मान गरेको छ । बैशाख २७ र २८ गते दुई दिन आयोजित कार्यक्रममा २७ गते विद्यालयले विद्यार्थीका १०० जनाभन्दा बढी हजुरबुबा र हजुरआमालाई खादा, टीका र उपहार दिएर सम

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • ४९३ पटक पढिएको
  • काठमाडौं–केरुङ र काठमाडौं–रक्सौल रेलमार्गका लागि अध्ययन गरिने

    इटहरी । सरकारले केरुङ–काठमाडौं र काठमाडौं–रक्सौल रेलमार्ग सञ्चालनका लागि अध्ययन गर्ने भएको छ । सोमबार प्रतिनिधि सभामा आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताउनुभएको हो ।चीन र भारतसँग जोड्ने गरी रेल सञ्जालका लागि अध्ययन गरिने उहाँले बताउनुभयो ।

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • ४४७ पटक पढिएको
  • ४.१५ अङ्कले घटेको नेप्सेमा कारोबार रकम २ अर्ब ८० करोड रुपैयाँ

    इटहरी ।  आज शेयर बजार मापक नेप्से परिसूचक ४.१५ अंक अर्थात् ०.१५ प्रतिशतले घटेर २७४०.२५ अंकमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३३९ कम्पनीको ५६ लाख ४३ हजार २८८ कित्ता शेयर ४२ हजार १७६ पटक किनबेच हुँदा २ अर्ब ८० करोड ७४ लाख ४६ हजार ३६१ रुपैयाँको कारोबार भएको छ ।उत्पादन तथा प्रशोधन समूह ०.४७ प्रतिशत र व्यापार समूह १.५ प्रतिशतले बढेको छ । बाँकी सबै समूहका सूचक राताम्य भएका छन् । निर्जीवन बीमा समूह सर्वाधिक अर्थात् ०.६१ प्रतिशतले घटेको छ ।एशियन हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक अर्थात् ११.४२ प्रतिशतले बढेको छ भने धौलागिरि लघुवित्तको शेयरमूल्य सर्वाधिक अर्थात् ११.१७ प्रतिशत घटेको छ ।घटेको बजारमा ए

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • ३४९ पटक पढिएको
  • सबै स्थानीय तहमा १२ महिनै चल्ने गरी सडक पुर्याइने

    इटहरी । सरकारले सबै स्थानीय तहमा १२ महिना चल्ने सडक पूर्वाधार निर्माण गर्ने जनाएको छ ।सोमबार प्रतिनिधि सभामा आर्थिक वर्ष २०८३\०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताउनुभएको हो ।१२ महिना नै चल्ने र अवरोध नहुने गरी सडक बनाइने पौडेलले बताउनुभयो ।

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • १६५ पटक पढिएको
  • सुनको मूल्य घटे पनि बढ्यो चाँदीको

    इटहरी ।  आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ७०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा १५ रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा किनबेच भइरहेको छ ।आज चाँदी प्रतितोला ५ हजार ७१० रुपैयाँमा किनबेच भइरहेको छ ।

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • ३३७ पटक पढिएको
  • ठूला अधुरा आयोजनाहरु छिट्टै सम्पन्न गरिने

    इटहरी ।  सरकारले ठूला र अधुरा विकासे आयोजनाहरु छिट्टै सम्पन्न गर्ने भएको छ । सोमबार प्रतिनिधि सभामा आर्थिक वर्ष २०८३\०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताउनुभएको हो ।उहाँले विगत लामो समयदेखि अधुरा रहेका विकासे आयोजनालाई सरकारले पहिलो प्राथमिकता दिने बताउनुभयो ।

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • २६६ पटक पढिएको
  • जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा कबिर मावि पहिलो, हिमालय दोस्रो, लक्ष्मी मावि तेस्रो र सुन्दरवाटिकाले पायो सान्त्वना पुरस्कार

    इटहरी ।  मोरङ जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगितामा बेलबारीको कबिर मावि पहिलो भएको छ । राष्ट्रिय तेक्वान्दो संघ नेपाल, सुन्दरहरैंचा नगर कार्य समितिको आयोजनामा भएको दोस्रो खुल्ला जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगितामा हिमालय इङ्लिस स्कुल सुन्दरहरैंचा दोस्रो, लक्ष्मी मावि बेलबारी तेस्रो भएका थिए । सुन्दरवाटिका एकेडेमीले सान्त्वना स्थान हासिल गरेको थियो ।सुन्दरवाटिका एकेडेमीको प्राङ्गणमा भएको प्रतियोगितामा जिल्लाका ६ वटा डोजाङका ८५ जना खेलाडी सहभागी भएका थिए । प्रतियोगितामा सुन्दरवाटिका एकेडेमीले प्राविधिक सहयोग गरेको थियो ।राष्ट्रिय तेक्वान्दो संघ नेपाल सुन्दरहरैंचा नगर कार्य समितिका

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • २१४ पटक पढिएको
  • सरकारको नीति तथा कार्यक्रमलाई पत्याएन शेयर बजारले

    इटहरी । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुने दिन हरियाली छाएको नेपाली शेयर बजार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएपछि हिजो भने राताम्य भएको छ ।हिजो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.४१ प्रतिशत अर्थात ३९.४४ अंकले घटेर २७४४.४० विन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३३८ कम्पनीका १ करोड ६ लाख ७८ हजार ५५० कित्ता शेयर ६२ हजार ५१२ पटक किनबेच हुँदा कारोबार रकम ४ अर्ब ६६ करोड ५० लाख २० हजार ६७७ रुपैयाँको शेयर कारोबार भएको छ । हिजो ४ अर्ब ६१ करोड रुपैयाँको शेयर किनबेच भएको थियो । सामुहिक लगानी कोष समूहबाहेक बाँकी सबै समूहमा रातो पोतिएको छ छ । व्यापार समूह सर्वाधिक अ

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • ३८३ पटक पढिएको
  • कर्मचारीका ट्रेड युनियनमा प्रतिबन्ध नलगाउन सर्वोच्च अदालतको आदेश

    इटहरी । निजामती कर्मचारीका ट्रेड युनियनमा प्रतिबन्ध लगाउने निर्णय नगर्न सर्वाेच्च अदालतले आदेश जारी गरेको छ ।सर्वोच्चको संवैधानिक इजलासले अन्तरिम आदेश जारी गरेर सरकारको यो निर्णय कार्यान्वयनमा रोक लगाएको हो ।संवैधानिक इजलाशमा रहेका पाँच न्यायाधीशमध्ये तीन जनाले अल्पकालीन अन्तरिम आदेशको राय व्यक्त गरेपछि यो आदेश आएको हो ।दुई जना न्यायाधीशले भने अन्तरिम आदेश जारी हुनु नपर्ने राय दिएका थिए ।

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • १५० पटक पढिएको
  • उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुली उद्योग वाणिज्य महासंघको सदस्य पदमा निर्वाचित

    इटहरीः हालै भएको उद्योग वाणिज्य महासंघको निर्वाचनबाट सदस्य पदमा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुली निर्वाचित हुनुभएको छ ।महासंघको ६० औँ महाधिवेशनमा भूगोलअन्तर्गत कोशी प्रदेशबाट उहाँ केन्द्रीय सदस्य निर्वाचित हुनुभएको हो । उहाँले १६ मत ल्याउनुभएको थियो ।उद्योग वाणिज्य संघ त्रियुगा, उदयपुरका रमेश रसाइली पनि कोशी प्रदेशबाट १५ मत प्राप्त गरी विजयी हुनुभएको छ । २ जना निर्वाचित हुने पदका लागि कोशी प्रदेशमा ३० जना मतदाता र ६ जना उम्मेद्वार रहेका थिए ।

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • २२८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल