इटहरी ।  आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ७०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा १५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा किनबेच भइरहेको छ ।

आज चाँदी प्रतितोला ५ हजार ७१० रुपैयाँमा किनबेच भइरहेको छ ।