विराटचोकः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैंचा नगर समितिको आयोजनामा भएको स्पेलिङ कन्टेस्ट प्रतियोगितामा ब्राइट फ्युचर बोर्डिङ स्कुल पहिलो भएको छ । प्रभात किरण इङ्लिस स्कुल दोस्रो, बालसदन एकेडेमी तेस्रो र स्कलर्स होम स्कुल चौथो भएका छन् ।ती चार स्कुलका साथै बालप्रतिभा स्कुल, ज्ञानज्योति इङ्लिस सेकेण्डरी, लिटल पाथीभरा र सुविजिमुर स्कुलका विद्यार्थी आगामी जिल्लास्तरीय कार्यक्रममा भाग लिन छनोट हुन सफल भएका छन् ।प्याब्सन सुन्दरहरैंचा नगर समितिका अध्यक्ष दीपक क्षेत्रीको सभापतित्वमा भएको कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरी प्रमुख अतिथि, प्याब्सन मोरङ
इटहरी । आज साउन शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीको दिन हो । आज नागको पूजा अर्चना गरी घरका मूल ढोकामा नागको तस्विर अंकित फोटो टाँसेर नागपञ्चमी मनाइन्छ ।नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास रहेको छ ।नाग पूजाको प्रचलन वैदिक कालदेखि नै शुरू भएको मानिन्छ । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नागलाई विष्णु र शिवका रूपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै रहेको छ ।वैज्ञानिक रूपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायत जीवले शोषण गरी मानवसहित अन्य जातिलाई बिषालु पदार
काठमाडौंः टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ५ को उपाधि खोटाङकी सुवासना खड्काले जितेकी छिन् । शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा टिम वाङ्देन शेर्पाबाट प्रतिस्पर्धा गरेकी खड्का विजेता बनेकी हुन् ।ग्रान्ड फिनालेमा सुवासनासहित आठ जना प्रतियोगीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । टिम अर्जुन सापकोटाबाट आन्भी विष्ट र आर्मन कार्की, टिम मिलन नेवारबाट प्राञ्जल ढुंगेल र रुइसाङ पाख्रिन, टिम सत्यराज आचार्यबाट कविना राई र सम्राट खनाल तथा टिम वाङ्देन शेर्पाबाट सुवासना खड्का र क्रिएसन रोकाले अन्तिम चरणमा प्रस्तुति दिएका थिए ।प्रतियोगिताको उपाधि जितेसँगै खड्काले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप
ठडियाः मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ ठडियामा मापदण्डविपरीत सञ्चालित अलकत्रा प्लान्ट स्थानान्तरण वा बन्द गर्न स्थानीय बासिन्दाले टुन्डी कम्पनीलाई चेतावनी दिएका छन् । १५ दिनभित्र माग सम्बोधन नभए कम्पनी बन्द गर्ने समेतका कार्यक्रम अघि बढाउने स्थानीयले चेतावनी दिएका हुन् ।डाँडागाउँ टोल विकास समितिको बैठकले बस्तीको बीचमा रहेको अलकत्रा प्लान्टले स्थानीय टोलवासीको जनस्वास्थ्य र वातावरणमा असर परेको जनाउँदै सो कम्पनी, सुन्दरहरैंचा नगरपालिका र वडा कार्यालयलाई ध्यानाकर्षण गराएको थियो ।परिवर्तन टोल विकास संस्थाले पनि २०८२ साल पुस १४ गते वडा कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो । हालसम्म ज्ञापनपत
खोर्सानेः मोरङको सुन्दरहरैंचामा साहित्यिक र साङ्गीतिक कार्यक्रम गरिरहेको नझरेका फूलहरू नामक संस्थाले ‘झरी र इन्द्रेणी’ शीर्षकको अन्तिम कार्यक्रम शनिबार सुन्दरहरैंचा–१० खोर्सानेस्थित सृजना क्याफेमा सम्पन्न भएको छ ।साहित्यकार जेबी थुलुङले शनिबार बिहान आयोजित कार्यक्रममा उपस्थित साहित्यानुरागीलाई एक घण्टाभन्दा बढी आफ्ना सिर्जना सुनाउनुभएको थियो । भानु साझा पुस्तकालयका अध्यक्ष पुरन याख्खाको अध्यक्षतामा भएको कार्यक्रममा थुलुङले आफ्ना कविता, गीत र गजल वाचन गर्नुभएको थियो ।कार्यक्रमकी प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ डा. अस्मिता बिष्टले नझरेका फूलहरूले गृहिणीदेखि सशक्त प्रतिभासम्मलाई स
धनकुटाः धनकुटा नगरपालिकाले आर्थिक वर्ष २०८२\०८३ मा सञ्चालन भएका योजना तथा कार्यक्रमको वार्षिक प्रगति समीक्षा गरेको छ ।समीक्षामा नगरपालिकाअन्तर्गतका वडा, विषयगत शाखा तथा विभिन्न सामाजिक संघसंस्थाले अघिल्लो आर्थिक वर्षमा सञ्चालन गरेका योजना तथा कार्यक्रम, हासिल गरेको प्रगति र भएको खर्चको विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वीकृत योजना तथा कार्यक्रममध्ये कति कार्यान्वयन भए, कति बजेट खर्च भयो र खर्चअनुसार अपेक्षित उपलब्धि हासिल भए–नभएको विषयमा छलफल गरिएको थियो ।राजस्व सङ्कलनको अवस्था, योजना कार्यान्वयनका क्रममा देखिएका समस्या, जिम्मेवारी तथा जवाफदेहिता र कानुनी प्रक्रिया पालना भए–नभएको विषयमा
इटहरी । महिनाको अन्तिम दिन आज आइतबार सुन र चाँदी दुवैको मूल्य बढेको छ ।आज सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँ बढेको हो । चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ ।चाँदीको मूल्य प्रतितोला ४ हजार ७१० रुपैयाँ कायम निर्धारण भएको छ ।
लेटाङः विराटनगर–५ स्थित एभरेष्ट स्कुलका कक्षा १२ का विद्यार्थीहरूले मोरङको लेटाङ नगरपालिका–१ स्थित प्राकृतिक तथा ऐतिहासिक महत्व बोकेको राजारानी क्षेत्रमा हाइकिङ गरेको छ ।लेटाङ–२ को किराँत चोकबाट शुरु भएको पदयात्रा करिब डेढ घण्टाको उकालोपछि राजारानी ताल पुग्नेबित्तिकै उत्साहमा परिणत भएको थियो ।त्यहाँ पुगेपछि उनीहरूले प्रकृतिको सन्तुलन, जैविक विविधताको महत्त्व र संरक्षणको आवश्यकता पनि बुझ्ने मौका पाए । राजारानी सामुदायिक वनका अध्यक्ष सुजन मगरले त्यस क्षेत्रको इतिहास सुनाइरहँदा विद्यार्थीहरू गम्भीर भएर सुन्दै थिए । राजारानीलाई अजिङ्गरहरूको राजधानी मानिने, धिमाल समुदायको उद्गमस्थलका रूपमा लिइने तथ
इटहरी । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा स्याङ्जामा सबैभन्दा धेरै १४० मिलिमिटर वर्षा भएको छ । २४ घण्टाको अवधिमा १०० देखि २०० मिलिमिटर वर्षा हुनुलाई धेरै भारी वर्षा भनिन्छ । २०० मिलिमिटरभन्दा धेरै वर्षा हुनलाई भने अति भारी वर्षा भनिन्छ । ५० देखि १०० मिलिमिटरलाई भारी वर्षा भनिन्छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि देशभर मनसुनी वायुको प्रभावका कारण गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेग तथा लुम्बिनी र सु
विराटनगरः माघ १ गतेभन्दा अगाडि इँटा उत्पादन नगर्न दिइएको निर्देशन खारेज गर्न माग इँटा उद्योगीले माग गरेका छन् ।सुनसरीको दुहबीस्थित एबि ब्रिक एण्ड टाइल इन्डस्ट्रिज प्रालिका प्रबन्ध निर्देशक भीम घिमिरेले निर्देशन खारेजीको लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा निवेदन दिएको जानकारी दिएका छन् ।घिमिरेले मन्त्रालयका सचिवसमक्ष निवेदन दिँदै माघ १ गतेभन्दा अगाडि इँटा उत्पादन गर्न रोक लगाउने निर्णय तथा विभिन्न निकायबाट जारी निर्देशनले इँटा उद्योगको उत्पादन प्रणाली, लगानी, श्रमिकको रोजगारी, बैंक तथा वित्तीय संस्थाको कर्जा तथा निर्माण क्षेत्रमा प्रत्यक्ष असर पारेको उल्लेख गरेका छन् । उनले उद्योग, वा