विराटनगरः माघ १ गतेभन्दा अगाडि इँटा उत्पादन नगर्न दिइएको निर्देशन खारेज गर्न माग इँटा उद्योगीले माग गरेका छन् ।सुनसरीको दुहबीस्थित एबि ब्रिक एण्ड टाइल इन्डस्ट्रिज प्रालिका प्रबन्ध निर्देशक भीम घिमिरेले निर्देशन खारेजीको लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा निवेदन दिएको जानकारी दिएका छन् ।घिमिरेले मन्त्रालयका सचिवसमक्ष निवेदन दिँदै माघ १ गतेभन्दा अगाडि इँटा उत्पादन गर्न रोक लगाउने निर्णय तथा विभिन्न निकायबाट जारी निर्देशनले इँटा उद्योगको उत्पादन प्रणाली, लगानी, श्रमिकको रोजगारी, बैंक तथा वित्तीय संस्थाको कर्जा तथा निर्माण क्षेत्रमा प्रत्यक्ष असर पारेको उल्लेख गरेका छन् । उनले उद्योग, वा
इटहरीः इटहरी बजार क्षेत्रमा सवारी साधन जथाभावी पार्किङ गर्ने क्रम बढेपछि ट्राफिक प्रहरीले कडाइ गर्न थालेको छ ।मुख्य बजार तथा नो–पार्किङ क्षेत्रमा पार्किङ गरिएका मोटरसाइकलहरूमा ट्राफिक प्रहरीले ह्वील लक गर्न शुरु गरेको हो ।शुक्रबार इटहरीको व्यस्त मानिने स्काई प्लाजा अगाडि ‘नो पार्किङ’ लेखिएको स्थानमा राखिएका मोटरसाइकलहरूमा ट्राफिक प्रहरीले ह्वील लक लगाएको छ ।सवारी आवागमनलाई व्यवस्थित बनाउन र फुटपाथ तथा सडक ओगटेर गरिने अस्तव्यस्त पार्किङलाई नियन्त्रण गर्न यो अभियान सञ्चालन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
इटहरीः लायन्स क्लब अफ इटहरी पाथीभरा र लियो क्लब अफ इटहरी पाथीभराको संयुक्त आयोजनामा ‘लागूऔषध सम्बन्धी सचेतना कार्यक्रम’ इटहरी–२ स्थित महेन्द्र माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।कार्यक्रममा विद्यार्थीलाई लागूऔषधका प्रकार, प्रयोगबाट हुने शारीरिक, मानसिक तथा सामाजिक असर, कानुनी व्यवस्था र दुव्र्यसनबाट बच्ने उपायबारे सचेतनामूलक प्रशिक्षण दिइएको थियो ।लियो क्लब अफ इटहरी पाथीभराका अध्यक्ष आयुश ढुङ्गेलको अध्यक्षता तथा लायन्स डिस्ट्रिक्ट जीएसटी को–अर्डिनेटर भोजराज दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दुर्गा पौडेल लगायत प्रहरी टोलीले विद्यार्थीलाई लागूऔषध
काठमाडौंः अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित लक्जरी लाइफस्टाइल पत्रिका रोब रिपोर्टले सार्वजनिक गरेको सन् २०२६ को विश्वका ५० उत्कृष्ट विलासी होटलको सूचीमा नेपालको मुस्ताङमा अवस्थित शिन्तामणि मुस्ताङ विश्वकै सर्वोत्कृष्ट होटल बन्न सफल भएको छ ।रोब रिपोर्टका २४ जना विश्वविख्यात पर्यटन विज्ञहरूको टोलीले सेवाको गुणस्तर, भौगोलिक बनावट, व्यवस्थापन र मौलिकताका आधारमा मूल्याङ्कन गरी यो सूची तयार पारेको हो । यस सूचीको पहिलो स्थानमा नेपालको शिन्तामणि मुस्ताङ पर्न सफल भएको छ ।कालीगण्डकी नदीको तट तथा समुद्री सतहबाट करिब २ हजार ८ सय मिटरको उचाइमा अवस्थित नेपालको शिन्तामणि मुस्ताङ रिसोर्टलाई प्रख्यात डिजाइनर ब
गछियाः गछिया युवा समाज, सुन्दरहरैँचाले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा विद्यालय भेला तथा शैक्षिक सामग्री वितरण कार्यक्रम आयोजना गरेको छ ।सुन्दरहरैंचा–५ स्थित श्रीलाल आधारभूत विद्यालय, लाटीझोडामा आयोजित कार्यक्रममा विद्यालयका ६० जना विद्यार्थीलाई ब्याग, कपी, पेन्सिललगायतका शैक्षिक सामग्री वितरण गरिएको थियो ।समाजका अध्यक्ष सरोज दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुन्दरहरैँचा–५ का वडाअध्यक्ष गणेश चौधरी प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश थापा, श्रीलाल आधारभूत विद्यालयका प्रधानाध्यापक दलमर्दन तिवारीलगायतको उपस्थिति थियो ।प्रमुख अतिथि चौधरील
विराटचोकः नेपाली कथानक चलचित्र हली हेर्न मोरङको सुन्दरहरैंचा– ९ विराटचोक स्थित विराट सिनेघरमा स्कलर्स होम स्कुलका विद्यार्थीहरू पुगेका छन् ।विद्यार्थीको शिक्षाको लागि महत्त्वपूर्ण विषयवस्तु रहेको र नेपाली समाजको यथार्थ जीवनसँग जोडिएका विषयवस्तुलाई कथामा प्रस्तुत गरिएको चलचित्र हेर्न विद्यार्थीलाई लगिएको विद्यालयले जनाएको छ ।सो चलचित्रले किसानको सङ्घर्ष, दुःख, पीडा र मेहनतसँगै छाउपडी प्रथा जस्ता सामाजिक विकृतिलाई समेत उजागर गरेको छ । बाबुछोरीबीचको माया, आत्मीयता र भावनात्मक सम्बन्धलाई पनि मार्मिक रूपमा चलचित्रमा प्रस्तुत गरिएको छ ।
गछियाः माउण्ट मकालु बोर्डिङ स्कुल सुन्दरहरैंचामा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूको टोली ‘टिम क्रान्तिकारी’ले मानिसजस्तै हिँड्न, अभिवादन गर्न तथा विभिन्न भावनात्मक अभिव्यक्ति दिन सक्ने ह्युमानोइड रोबोट ‘सोलारिस नोभा’ निर्माण गरेको छ ।विद्यालयका अनुसार रोबोटिक्सको क्षेत्रमा सक्रिय रहँदै आएको टोलीले वास्तविक जीवनमा देखिएका समस्या तथा आवश्यकतालाई आधार बनाएर विभिन्न नवीन परियोजना अघि बढाउने गरेको छ । विद्यार्थीहरूले प्रविधि, कोडिङ तथा सिर्जनशीलतालाई प्रयोग गर्दै नयाँ–नयाँ रोबोटिक परियोजनामा काम गरिरहेका छन् ।विद्यार्थीले बनाएको सो ‘सोलारिस नोभा’को मुख्य विशेषता भनेको त्यसको ‘डुअल ब्रेन’ प्रणाली
विराटचोकः मोरङको सुन्दरहरैँचा–१२ स्थित इन्द्रपुर नमुना इङ्लिस स्कुलमा कक्षा १, २ र ३ का विद्यार्थीका अभिभावकलाई लक्षित गर्दै अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक प्रगति, सिकाइका बानी, अनुशासन तथा बालबालिकाको समग्र विकासमा अभिभावकको भूमिका लगायतका विषयमा छलफल गरिएको थियो । विद्यालय र अभिभावकबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै विद्यार्थीको उज्ज्वल भविष्य निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।विद्यालयका प्रिन्सिपल उत्सव थापाले विद्यार्थीको शैक्षिक तथा व्यक्तिगत विकासका लागि विद्यालयको प्रयाससँगै अभिभावकको निरन्तर साथ,
लेटाङः हिरासतमा रहेका व्यक्तिहरूमा सकारात्मक सोच र व्यवहारमा परिवर्तन ल्याउने उद्देश्यले इलाका प्रहरी कार्यालय लेटाङमा सञ्चालित ‘हिरासत पुस्तकालय’ का लागि पूर्वसांसद घनश्याम खतिवडाले थप १७ थान पुस्तक प्रदान गर्नुभएको छ ।मोरङको लेटाङ नगरपालिका वडा नं. २ निवासी पूर्वसांसद खतिवडाले विभिन्न विधाका १७ थान पुस्तकहरू इलाका प्रहरी कार्यालय, लेटाङलाई हस्तान्तरण गर्नुभएको हो । यसअघि पनि उहाँले ४५ थान पुस्तक उपलब्ध गराउनुभएको थियो ।हिरासतमा रहेका व्यक्तिहरूको खाली समयलाई फलदायी र रचनात्मक बनाउन प्रहरीले यो अभियान अघि बढाएको हो । पुस्तक अध्ययनमार्फत् थुनुवाहरूमा सकारात्मक सोचको विकास गरी आचरण तथा व्यवहारम
लेटाङः मोरङको लेटाङ नगरपालिका वडा नम्बर–९ जाँतेको वसन्त हरियाली सामुदायिक वन उपभोक्ता समूहले सामुदायिक वनतर्फको प्रतिष्ठित गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार–२०८२\०८३ मा प्रथम स्थान हासिल गरेको छ ।नेपाल सरकार, कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वन तथा भू–संरक्षण विभागले वन संरक्षण, दिगो व्यवस्थापन, स्थानीय समुदायको जीविकोपार्जन तथा सामुदायिक विकासमा पुर्याएको योगदानका आधारमा वसन्त हरियाली सामुदायिक वनलाई राष्ट्रिय पुरस्कार प्रदान गरिएको जनाइएको छ ।सो सामुदायिक वन उपभोक्ता समूहलाई पुरस्कारस्वरुप नगद १ लाख रुपैयाँ प्रदान गरिएको छ । सामुदायिक वनको संरक्षण, दिगो व्यवस्थापन र स्थानी