All Posts By खेमचन्द्र अधिकारी

    Showing ३८१-३९० of १,३५१ items.
  • आज पनि बढ्यो सुनचाँदीको भाउ

    इटहरी ।  आज पनि सुन र चाँदी दुवैको मूल्य बढेको छ । आज सुनको भाउ तोलामा ३०० रुपैयाँ र चाँदीको भाउ तोलामा २५ रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।आज चाँदी प्रतितोला ४ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः साउन ७, २०८३
    • १२७ पटक पढिएको
  • भैरहवा भन्सारबाट १ खर्ब ५ अर्ब राजस्व सङ्कलन

    भैरहवाः रूपन्देहीको बेलहियास्थित भैरहवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२\८३ मा लक्ष्यको ९२ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।मुलुकको दोस्रो ठूलो भन्सार नाका मानिने भैरहवा कार्यालयलाई भन्सार विभागले गत आर्थिक वर्षका लागि १ खर्ब १३ अर्ब ६६ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । कार्यालयले १ खर्ब ५ अर्ब २ करोड रुपैयाँमात्र राजस्व सङ्कलन गरेको हो ।भन्सार विभागले तोकेको राजस्व संकलन हुन नसके पनि अघिल्लो आर्थिक वर्ष २०८१\८२ मा भन्दा असुली दरमा सुधार भई १०.३३ प्रतिशतले प्रगति भएको कार्यालयले जनाएको छ ।आर्थिक वर्ष २०८१\८२ मा १ खर्ब ९ अर्ब ३३ करोड राजस्व संकलन लक्ष्य तोकिएकोमा ९५ अर्ब १९ करोड

    • प्रकाशित मितिः साउन ७, २०८३
    • ९९ पटक पढिएको
  • लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि सरोकारवालासँग पैरवी समूह गठन

    इटहरीः लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले भोग्दै आएका राजनीतिक तथा सामाजिक बहिष्करणका विषयमा सरोकारवालाबीच सहकार्य र पैरवीलाई प्रभावकारी बनाउने उद्देश्यले इटहरीमा पैरवी समूह गठन भएको छ ।कार्यक्रममा प्रदेश सांसद सपना परियार, माइती नेपाल सुनसरीकी प्रमुख सुनिता कार्की, स्थानीय तहका प्रतिनिधि, सञ्चारकर्मी, नागरिक समाज, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सदस्यहरूको सहभागिता रहेको थियो ।कार्यक्रमका सहभागीहरूले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले समाजमा अझै पनि विभेद, बहिष्करण तथा अवसरको असमानता भोग्नुपरेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि सबै सरोकारवालाल

    • प्रकाशित मितिः साउन ७, २०८३
    • ७० पटक पढिएको
  • मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड ७२ लाख रुपैयाँ राजस्व सङ्कलन, राजस्व बढे पनि पुगेन लक्ष्यमा

    काँकरभिट्टाः पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले आर्थिक वर्ष २०८२\८३ मा १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कार्यालयको राजस्व सङ्कलनमा करिब ११ प्रतिशत वृद्धि भएको हो ।मेची भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८१\८२ मा १५ अर्ब ९३ करोड ११ लाख ६६ हजार राजस्व सङ्कलन भएको थियो । त्यसको तुलनामा गत आर्थिक वर्षमा १ अर्ब ७४ करोड ६० लाख ४५ हजार बढी राजस्व उठेको हो ।राजस्व सङ्कलनमा ११ प्रतिशत वृद्धि भए पनि कार्यालयले तोकिएको वार्षिक लक्ष्य भने पूरा गर्न सकेन । आर्थिक वर्ष २०८२\८३ का लागि १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार

    • प्रकाशित मितिः साउन ७, २०८३
    • ८७ पटक पढिएको
  • नेपालभन्दा दक्षिण सर्यो मनसुनी रेखा, तराई क्षेत्रमा भन्दा बढी पहाडमा वर्षा

    इटहरी । हाल मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण सरदर स्थानमा रहेकाले अघिल्ला दिनहरुको तुलनामा कम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा मध्यमसम्मको र एक÷दुई स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ ।महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ । मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ ।देशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङस

    • प्रकाशित मितिः साउन ७, २०८३
    • ९२ पटक पढिएको
  • शिक्षक, कर्मचारी पक्राउपछि सुकुना माविले भन्यो, ‘अनुसन्धानमा विद्यालयले पूर्ण सहयोग गर्नेछ’

    विराटचोकः शिक्षक तथा कर्मचारीले विद्यार्थीमाथि दुर्व्यवहार गरेको आरोपमा विद्यालयका ४ जना शिक्षक र कर्मचारी पक्राउ परेपछि अनुसन्धानमा विद्यालयले पूर्ण सहयोग गर्ने सुकुना माविले जनाएको छ ।मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयले सामाजिक सञ्जालमा सार्वजनिक भएको यौनजन्य दुव्र्यवहारसम्बन्धी घटनामा कानुनी अनुसन्धानका लागि पूर्ण सहयोग गरिरहेको विद्यालयले जनाएको छ ।निष्पक्ष छानबिनबाट पीडितले न्याय र दोषीले कानुनअनुसार सजाय पाउनुपर्ने विद्यालयको स्पष्ट धारणा रहेको भनी बुधबार विद्यालयले प्रेस विज्ञप्ति जारी गरेको छ ।सो विज्ञप्तिमा सामाजिक सञ्जालमा सञ्चालित ‘एसकेएन कन्फेसन मिम’ स

    • प्रकाशित मितिः साउन ७, २०८३
    • १४५ पटक पढिएको
  • बजेट फागुनभित्र खर्च गर्नुपर्ने, खर्च नभएको बजेट चैत १५ भित्र फिर्ता गर्नुपर्ने

    इटहरी । सरकारले आर्थिक वर्ष २०८३\८४ को बजेट कार्यान्वयनमा कडाइ गर्दै फागुनभित्र बजेट खर्च गरिसक्न निर्देशन दिएको छ । अर्थ मन्त्रालयले बजेट कार्यान्वयनलाई प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउन जारी गरेको ३७ बुँदे मार्गदर्शनमा वित्तीय अनुशासन, मितव्ययिता, बजेटको समयमै कार्यान्वयन र वित्तीय जोखिम न्यूनीकरणलाई प्राथमिकता दिइएको छ ।अर्थसचिव डा. घनश्याम उपाध्यायले जारी गरेको मार्गदर्शनमा विनियोजन ऐन, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र नियमावलीको पूर्ण पालना गर्न सबै मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालयलाई निर्देशन दिइएको छ ।मार्गदर्शनअनुसार मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआई

    • प्रकाशित मितिः साउन ७, २०८३
    • ८१ पटक पढिएको
  • असार महिनामा सवारी व्यवस्थापनसम्बन्धी भएका कामको प्रहरीले गरायो जानकारी

    इटहरीः नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरी, सुनसरी तथा मातहतका जिल्ला ट्राफिक प्रहरी कार्यालयहरूले असार महिनाभरि सम्पादन गरेका विभिन्न कार्य तथा गतिविधिहरू पत्रकार भेटघाट कार्यक्रममार्फत सार्वजनिक गरिएको छ ।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीमा आयोजित कार्यक्रममा ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, दुर्घटना न्यूनीकरण, ट्राफिक नियम कार्यान्वयन, सवारी साधनमाथिको निगरानी, जनचेतनामूलक अभियान तथा अन्य महत्वपूर्ण गतिविधिबारे जानकारी गराइएको थियो ।

    • प्रकाशित मितिः साउन ७, २०८३
    • ६८ पटक पढिएको
  • अब बलिया कम्पनीको शेयरमा ८० प्रतिशतसम्म कर्जा पाइने

    काठमाडौंः नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् गरिएका घोषणा कार्यान्वयनमा लैजाँदै बैंक तथा वित्तीय संस्थाका लागि शेयर धितो कर्जादेखि निर्माण व्यवसायीको कर्जा पुनर्संरचना, विद्युतीय सवारी कर्जा, ब्याज आम्दानीको लेखाङ्कन र राष्ट्रिय परिचयपत्रसम्मका व्यवस्थामा महत्त्वपूर्ण संशोधन गरेको छ ।राष्ट्र बैंकले असार ३१ गते ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका लागि जारी एकीकृत निर्देशन, २०८२ संशोधन गर्दै छ वटा क्षेत्रमा नयाँ तथा परिमार्जित व्यवस्था लागू गरेको हो ।सबैभन्दा महत्त्वपूर्ण परिवर्तन शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जासँग सम्बन्धित छ । हाल बैंक तथा वित्तीय संस्थाले पछि

    • प्रकाशित मितिः साउन ७, २०८३
    • ९३ पटक पढिएको
  • लगातार ६ दिन बढेको शेयर बजारमा गिरावट, खुम्चियो कारोबार रकम पनि

    इटहरी ।  ६ दिनदेखि बढिरहेको शेयरबजार आज ओरालो झरेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.५१ प्रतिशत अर्थात १३.९५ अङ्कले घटेर २ हजार ७१२.५४ बिन्दुमा ओर्लिएको छ ।नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । ३४६ स्टकको १ करोड १३ लाख ६२ हजार ४६५ कित्ता शेयर ५६ हजार ९४ पटक किनबेच हुँदा ५ अर्ब १८ करोड ७४ लाख ६७ हजार ७३ रुपैयाँको शेयर किनबेच भएको छ । हिजो ६ अर्ब ६७ करोड १० लाख रुपैयाँको शेयर किनबेच भएको थियो ।कारोबारमा आएका १३ वटा समूहमध्ये फाइनान्स र उत्पादन तथा प्रशोधन समूह मात्रै क्रमशः ०.४९ र ०.४५ प्रतिशतले बढेका छन् । व्यापार समूह सर्वाधिक २.६० प्रतिशतले घट्दा निर्जीवन बीमा १

    • प्रकाशित मितिः साउन ६, २०८३
    • २६७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल