इटहरीः सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०८२\८३ को मुनाफाबाट आफ्ना शेयरधनीलाई चुक्ता पूँजीको १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव २२ औँ वार्षिक साधारणसभाबाट पारित गरेको छ । बैंकले शेयरधनीको खातामा सो रकम पठाउन थालेको छ ।
नगद लाभांशसम्बन्धी विवरण शेयरधनीको हितग्राही खातामा उपलब्ध गराइएको बैंक खातामा असोज १२ गते पठाउन शुरु भएको बैंकले जनाएको छ । बैंकका अनुसार हितग्राहीको बैंक खातामा नगद लाभांश जम्मा गर्दा सम्बन्धित बैंक वा वित्तीय संस्थाको नियमानुसार कुनै शुल्क लाग्ने भए सो शुल्क शेयरधनी स्वयंले व्यहोर्नुपर्नेछ ।
गाभिएका बैंक तथा वित्तीय संस्थाका खातामा रहेका शेयरधनीहरूको खाता नम्बर परिवर्तन भएको अवस्थामा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट प्राप्त भएको लाभांश रकम यथाशक्य छिटो आफ्नो परिवर्तित नयाँ खातामा अद्यावधिक गराउन बैंकले आग्रह गरेको छ ।

















