जनकपुरः श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङलाई स्वागत गर्न जनकपुरधामको जानकी मन्दिरमा पुगेका नेता तथा कार्यकर्तालाई हिन्दू सम्राट सेनाले लखेटेका छन् । साम्पाङको विगतको गाईसम्बन्धी अभिव्यक्तिको विरोध गर्दै उनलाई जनकपुरमा प्रवेश निषेध गर्ने चेतावनी दिइएको छ ।घटनापछि श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमा घटनाको निन्दा गर्दै गृहमन्त्रीको फोन अफ भएको गुनासो गर्दै कार्यकर्तालाई संयमित हुन आग्रह गर्नुभएको छ ।साम्पाङ आज जानकी मन्दिर दर्शनका लागि जनकपुर आउने र जनकपुरमा श्रम संस्कृति पार्टीको साधारण सभा तथा पार्टी प्रवेशको कार्यक्रम रहेको थियो ।हर्क साम्पाङले फेसबुकमा ‘गाई
काठमाडौंः आज दिउँसो काठमाडौंको कीर्तिपुरमा आगलागी भएको गाडीबाट एक जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा बा ५ च ३०३८ नम्बरको गाडीमा आगलागी भएको थियो ।आगो निभाइएपछि सो गाडीबाट एक जना पुरुषको शव निकालिएको हो । घटनाको सम्बन्धमा अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।
इटहरी । आज पनि सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँ र चाँदीको मूल्य तोलामा ५० रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।आज चाँदी प्रतितोला ४ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
इटहरी । सरकारले कर प्रणालीप्रति नागरिकको सहभागिता बढाउने उद्देश्यले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ सञ्चालनमा ल्याएको छ । सो कार्यक्रमअन्तर्गत सक्कली बिल लिने योग्य उपभोक्तामध्येबाट दैनिक एक जना तथा प्रत्येक १५ दिनमा एक जना बम्पर विजेता छनोट गरी नगद उपहार प्रदान गरिने भउको हो ।अर्थ मन्त्रालयले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ जारी गर्दै कार्यक्रम कार्यान्वयनको प्रक्रिया सार्वजनिक गरेको हो । कार्यक्रमको मुख्य उद्देश्य वस्तु तथा सेवा खरिद–बिक्रीमा सक्कली बिल लिने–दिने संस्कृतिको विकास, वास्तविक कारोबार अभिलेखीकरण तथा कर अनुपालनलाई प्रोत्साहन गर्नु रहेको मन
इटहरी । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गत २४ घण्टामा झापाको अनारमनीमा सबैभन्दा धेरै १०८.६ मिलिमिटर वर्षा भएको छ । त्यसपछि सबैभन्दा धेरै मकवानपुरको मकवानपुरगढीमा ८९.८ मिलिमिटर वर्षा भएको छ । पछिल्लो १ घण्टामा झापाको बाहुनडाँगीमा सबैभन्दा धेरै १७.६ मिलिमिटर वर्षा भएको छ ।मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ । महाशाखाका अनुसार आज देशका अधिकांश स्थानमा बादल लागेको महाशाखाले जनाएको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षा–हिमपातको सम्भावना र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्
इटहरीः चर्चित नाटक ‘पापशाला’ को सफल मञ्चन गर्दै विश्व आदर्श एकेडेमीले आफ्नो वार्षिक नाट्य महोत्सव मनाएको छ । इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा साउन ३ र ४ गते नाथ मञ्चन गरिएको थियो ।तीन हजारभन्दा बढी दर्शकको उल्लेखनीय उपस्थिति रहेको बताइएको महोत्सव विश्व आदर्श कलेजको आयोजना तथा साहित्यिक संस्था ‘लाभा’ को समन्वयमा भएको थियो । सो महोत्सवमा कलेजका पूर्वविद्यार्थी कलाकारहरूले सशक्त अभिनय गरेका थिए ।नाटक मञ्चनको पहिलो चरण विद्यार्थी तथा शिक्षकका लागि आयोजना गरिएको थियो । दोस्रो चरण इटहरीका विभिन्न शैक्षिक संस्थाका प्राचार्य, शिक्षक, साहित्यकार, नाट्यकर्मी, अभिभावक र सर्वसाधारण दर्शकका लागि मञ्चन गर
इटहरी । विश्वकप फुटबलमा स्पेनले दोस्रो पटक ट्रफी उचालेसँगै फिफाले विश्वकप २०२६ मा सहभागी सबै ४८ टोलीको अन्तिम वरीयता सार्वजनिक गरेको छ ।फिफाले समान चरणबाट बाहिरिएका टोलीको अन्तिम स्थान निर्धारण गर्दा प्रतियोगिताभरको कुल अंक, गोल अन्तर र गोल सङ्ख्यालाई आधार मानेको जनाएको छ ।समूह चरणको पहिलो खेलमा स्पेनले केप भर्डेसँग गोलरहित बराबरी खेलेको थियो । त्यसपछि उसले लगातार सात खेल जित्दै उपाधि उचालेको हो । उसले साउदी अरेबिया, उरुग्वे, अस्ट्रिया, पोर्चुगल, बेल्जियम, फ्रान्स र अर्जेन्टिनालाई पराजित गर्दा प्रतियोगिताभरमा १ गोल मात्रै खाएको थियो ।उपविजेता बनेको अर्जेन्टिनाले समूह चरणका सबै खेल ज
विराटनगरः नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयातीत सामान बोकेको कार्गो रेल पहिलोपटक भारतीय बन्दरगाह कोलकाताबाट सिधै विराटनगर आइपुगेको छ । गत शुक्रबार कोलकाताबाट छुटेको औद्योगिक कच्चा पदार्थ बोकेको रेल सोमबार दिउँसो विराटनगरस्थित भन्सार यार्डमा आइपुगेको हो ।सो रेलले मोरङ–सुनसरी औद्योगिक करिडोरमा रहेको स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको औद्योगिक कच्चा पदार्थ ल्याएको छ । यसअघि यस्ता सामान ट्रकबाट वा भारतको बथनाहासम्म मात्र रेलमार्फत् ल्याइने गरिएको थियो । अब भने कोलकाताबाट सिधै नेपालको भन्सार बिन्दुसम्म ल्याइने भएको हो ।रेलमार्फत् सामान आइपुग्न थालेपछि पूर
खोर्सानेः नझरेका फूलहरूको आयोजनामा साउन महिनाभर सञ्चालन हुने ‘झरी र इन्द्रेणी’ कार्यक्रमको पहिलो शृङ्खला शनिबार सुन्दरहरैँचा– १० स्थित सृजना क्याफे खोर्सानेमा सम्पन्न भएको छ । कार्यक्रममा इलामको चुलाचुलीका साहित्यकार विवश बलिभद्र कोइरालाले आफ्ना रचना सुनाउनुभएको थियो ।सो कार्यक्रममा विभिन्न साहित्यिक संस्थामा आबद्ध साहित्यकार तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।आयोजक नझरेका फूलहरूका प्रस्तोता केपी घिमिरेका अनुसार अनुसार ‘झरी र इन्द्रेणी’ का कशृङ्खला साउन महिनाका हरेक शनिबार निरन्तर सञ्चालन हुनेछन् ।दोस्रो शनिबार कवि सबि मेवाहाङको साहित्यिक प्रस्तुति रहने घिमिरेले जानकारी दिनु
विराटचोकः आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.५५ प्रतिशत अर्थात् ४१.७० अङ्कले बढेर २७१९.२७ विन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३४३ स्क्रिप्टको १ करोड २२ लाख ४५ हजार ३३७ कित्ता शेयर ६७ हजार १५५ पटक किनबेच हुँदा ५ अर्ब ५१ करोड २६ लाख ८८ हजार ९७९ रुपैयाँको शेयर कारोबार भएको छ ।सामुहिक लगानी कोष ०.०२ प्रतिशतले घट्नुबाहेक बाँकी सबै समूहका सूचकमा हरियाली छाएको दिन आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ३.२१ प्रतिशतले बढेको छ ।आज आँखुखोला जलविद्युतको सर्वाधिक २९ करोड १५ लाख ५२ हजार १५४ रुपैयाँको शेयर किनबेच भएको छ । रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर, कर्पोरेट डेभलपमेन्ट बैंक र नेशनल हाईड्रोपावरक