विराटचोकः नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने बढेको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४०० सय रुपैयाँ घटेको हो । चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँ बढेको छ । 


महासंघका अनुसार आज सुनको भाउ प्रति तोला २ लाख ९१ हजार ५०० रुपैयाँ कायम भएको छ । 


आज चाँदीको मूल्य प्रतितोला ४ हजार ४३० रुपैयाँ तोकिएको छ ।