इटहरी । आज शेयर बजारमा ३० अंकको गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको भोलिपल्ट नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.१३ प्रतिशत घटेर नकारात्मक प्रतिक्रिया दिएको हो ।नेप्सेमा सूचीकृत ३६२ कम्पनीको ८४ लाख ६३ हजार १५ कित्ता शेयर ७७ हजार ६२७ पटक किनबेच हुँदा कारोबार रकम ४ अर्ब ८२ करोड ६० लाख ८४ हजार ८२५ रुपैयाँ पुगेको हो ।कारोबारमा आएका १३ वटा समूहमध्ये आज सामुहिक लगानी कोषमात्रै ०.११ प्रतिशतले बढ्यो । जलविद्युत समूह सर्वाधिक अर्थात १.७० प्रतिशतले घट्दा विकास बैंक १.४६ प्रतिशत, फाइनान्स १.४३ प्रतिशत, होटल १.२९ प्रतिशत र बैंकिङ समूह १
इटहरी । सरकारले भोजपुरका गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो ।सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार कार्की यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव थिए । उनी प्रधानमन्त्री कार्यालयको सुशासन महाशाखा हेर्थे । सचिवमा बढुवा भएको दुई वर्षमै उनी मुख्यसचिव बनेका हुन् ।सचिव बनेपछि वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालेका कार्की त्यसअघि ल्हासाको महावाणिज्यदूत भएका थिए । कोशी प्रदेश मन्त्रालयमा पनि सचिवको जिम्मेवारी सम्हालेको अनुभव भएका उनले बागमती प्रदेशमा कामु प्रमुखको
इटहरी । सालपा विकास बैंकले सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको ५८ हजार ११४ कित्ता शेयरको लक इन अवधि आज असार २४ गते सकिने भएको छ ।नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार सर्वसाधारणमा शेयर बाँडफाँट भएको मितिले कम्तीमा ६ महिनासम्म सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर लक इनमा राख्नुपर्ने व्यवस्था छ ।सो अवधि पूरा भएपछि सम्बन्धित लगानी कोषले ती शेयरहरू दोस्रो बजारमा किनबेच गर्न सक्नेछन् ।
इटहरी । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको कारण अहिले देशभर वर्षा भइरहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भू–भागतर्फ सरदर स्थानको आसपास रहेको छ । पछिल्लो एक घन्टामा सातै प्रदेशका विभिन्न भूभागमा वर्षा भएको छ ।महाशाखाका अनुसार पछिल्लो चौबीस घन्टामा कास्कीको याङ्जाकोटमा ९८.६ मिलिमिटर वर्षा भएको छ । रिवनमा ९७.६ मिलिमिटर, डोटीको कोलागाउँमा ९५.६ मिलिमिटर वर्षा भएको छ ।आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेश प्रदेश साथै कर्णाली प्र
इटहरी । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा भएको राउन्ड अफ १६ को अन्तिम खेलको पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४–३ ले हराउँदै स्वीट्जरल्यान्ड ७२ वर्षपछि क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै तर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।पेनाल्टी सुटआउटमा कोलम्बियाका जुआन क्विन्टेरो, जामिन्टन क्याम्पाज र लुइस डियाजले गोल गरे । डेभिन्सन सान्चेज र कुचो हर्नान्डेजले पेनाल्टीमा गोल गर्न असफल भए ।स्वीट्जरल्यान्डका ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले गोल गर्दा म्यानुअल अकांजीले गोल गर्न सकेनन
इटहरी । खेलको ७९ औँ मिनेटसम्म २ गोलले पछि परेको अर्जेन्टिना त्यसपछिको ११ मिनेटमा ३ गोल गरी इजिप्टलाई ३–२ गोलले पछि पार्दै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा ७९ मिनेटसम्म २–० ले पछि परेको अर्जेन्टिनाले अन्तिम ११ मिनेटमा तीन गोल फर्काएको हो । खेलको ७९ मिनेटमा कप्तान लियोनल मेसीको पासमा क्रिस्टियन रोमेरोले हेडर गोल गरेका थिए ।त्यसको ५ मिनेटपछि मेसीले गोल गर्दै अर्जेन्टिनालाई बराबरीमा फर्काएका थिए । मध्यान्तरपछिको दोस्रो मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई ३–२ को जीत दिलाएका हुन् ।इजिप्टले खेलको १५ औं मिनेटमा नै
काठमाडौंः नेपाल पत्रकार महासंघको ललितपुरमा भएको राष्ट्रिय सम्मेलन ९ बुँदे घोषणा पत्र जारी गर्दै समापन भएको छ । सम्मेलनमा प्रदेश पदाधिकारी, शाखा, प्रतिष्ठान र एसोसिएट अध्यक्षहरू सहभागी थिए ।महासंघले सूचना संकुचन, सेल्फ सेन्सरसीप, सरकारी सूचना तथा विज्ञापनमा विभेद भएको विषयलाई उठान गरेको छ । महासंघले भनेको छ, ‘पत्रकारको भौतिक असुरक्षा, विद्युतीय कारोबार ऐनअन्तर्गत पत्रकारलाई धरपकड र धम्की दिने कार्यविरुद्ध महासंघको आन्दोलन थप सशक्त बनाउने घोषणा सम्मेलनले पारित गरेको छ ।’महासंघले जारी गरेको ९ बुँदे घोषणापत्र यस्तो छः१.नागरिक सर्वोच्चता, विधिको शासन, मानवअधिकार, लोकतन्त्र, संघीयता, पूर्ण प्रेस स्व
इटहरी । सुन्दरहरैंचा उद्योग वाणिज्य संघद्वारा सञ्चालित विराटचोक र सलकपुरका सार्वजनिक पुस्तकालयका आवासका लागि सहयोग समूहले महत्वपूर्ण र सन्दर्भमूलक पुस्तक प्रदान गरेको छ ।सुन्दरहरैंचा नगरपालिकाको साझेदारीमा प्रकाशित नगर विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजना २०८२–२०८७ तथा सुन्दरहरैंचा नगरपालिका विपद् तथा जलवायु उत्थानशील योजना २०८२ पुस्तक प्राप्त भएको सुन्दरहरैंचा उद्योग वाणिज्य संघले जनाएको छ ।ती पुस्तकहरूले विपद् व्यवस्थापन, जलवायु परिवर्तन, जोखिम न्यूनीकरण तथा दिगो विकासका विषयमा अध्ययन–अनुसन्धान गर्ने विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता, सरोकारवाला निकाय तथा आम पाठकवर्गका लागि अ
इटहरी । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ ।मौद्रिक नीतिले कर्जाको सहजीकरणका लागि लचिलो व्यवस्था गर्दै कर्जाको सुरक्षणस्वरूप व्यक्तिगत जमानीबाट असीमित दायित्व सिर्जना हुने अवस्था हटाउन, चेक अनादरका कारण कालोसूचीमा परी बैंकिङ सेवाको पहुँचमा बाधा पर्ने अवस्था कम गर्न विशेष नीतिगत व्यवस्था गरिने भएको छ ।रुग्ण उद्योगमा रहेका निष्क्रिय कर्जाको व्यवस्थापन गर्न, दबाबमा रहेका कर्जाको पुनरुत्थान गर्न, संस्थाको सबलताका आधारमा शेयर धितो कर्जा सीमा निर्धारण हुने एवम् सार्वजनिक सवारीका रूपमा प्रयोग हुने ठूला विद्युतीय सवारीसाधनको कर्जा–मूल्य अनुपात सहजीकरण हुने गरी
इटहरी । आज सरकारले मौद्रिक नीति ल्याउने भएको छ । राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने भएपछि शेयरबजारका लगानीकर्ता उत्साहित हुँदा सूचक र कारोबार रकम दुवै बढेको छ ।आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.९३ प्रतिशत अर्थात २४.५७ अंकले बढेर २६५१.६८ बिन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३५२ कम्पनीको ९५ लाख १९ हजार ४५२ कित्ता शेयर ७२ हजार २२ पटक किनबेच हुँदा ४ अर्ब ४० करोड ७ लाख ५२ हजार ५४२ रुपैयाँको शेयर किनबेच भएको छ ।कारोबारमा आएका १३ वटै समूहमा हरियाली छाउँदा व्यापार समूह सर्वाधिक अर्थात् १.८९ प्रतिशतले बढेको छ । यस्तै बैंकिङ समूह १.५२ प्रतिशत, विकास बैंक १.१३ प्र