इटहरी । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।  


कम्पनीको १४.२५ प्रतिशत दरको कुल १ लाख ११ हजार ६३९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  


योसँगै अब संस्थाको सूचीकृत सेयर संख्या ८ लाख ९५ हजार ७२ कित्ता पुगेको हो ।