All Posts By खेमचन्द्र अधिकारी

    Showing ८०१-८१० of १,३५४ items.
  • हिमाली र पहाडी भेगमा बदली, अन्य क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा हुने

    इटहरी ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभागनजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ ।मधेश प्रदेशमा आंशिक बादल लागेको छ र बाँकी तराई भूभागमा मुख्यतया सफा रहेको छ । कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ ।कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा, मधेस प्रदेश लग

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • १९५ पटक पढिएको
  • मुस्लिम धर्मावलम्बी आज बकर इद मनाउँदै

    इटहरी ।  आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ ।मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने परम्परा छ । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ ।१४०० वर्षअघि अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको बताइन्छ ।ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको हुनाले यो पर्

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • १६० पटक पढिएको
  • अधिकमासको पौराणिक कथन

    इटहरी ।  यस वर्ष जेठ महिनामा अधिकमास परेको छ । अधिकमासलाई पुरुषोत्तम मास पनि भनिन्छ । बोलचालको भाषामा अधिकमासलाई मलमास भनिन्छ ।प्रत्येक राशि, नक्षत्र, करण, महिना आदिका स्वामी छन् तर अधिक मासको स्वामी छैनन् । यसकारण अधिक मासमा सम्पूर्ण शुभ कार्य, देव कार्य एवं पितृ कार्य वर्जित मानिएको छ ।यस्तो छ अधिकमासको पौराणिक कथनकथाअनुसार स्वामी अर्थात् मालिक नभएका कारण अधिक मासलाई सबैले मल मास भन्न थाले । यसबाट मल मासको निन्दा हुन थाल्यो । यो कुराबाट दुःखी भएको मल मास भगवान् विष्णुकहाँ पुग्यो र आफ्नो दुःख बिसायो ।भक्तवत्सल श्रीविष्णुले उसलाई गोलोक लिएर गए । गोलोकमा भगवान् कृष्ण विराजमान थिए । दय

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • २४२ पटक पढिएको
  • आज पश्चिमी तराईमा तातो दिन, पहाडका केही स्थानमा वर्षा हुने

    इटहरी ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भागनजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको हुनाले काठमाडौंलगायत देशका विभिन्न स्थानमा हावाहुरीका साथमा वर्षा भएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ र तराई भू–भागमा मुख्यतया मौसम सफा रहनेछ ।कोशी र मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानहरूमा, लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराईका भू–भाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिम

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • ११७ पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    इटहरी । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर रु १५२.०८ र बिक्रीदर रु १५२.६८ कायम भएको छ । युरोपियन युरो एकको खरिददर रु १७७.०९ र बिक्रीदर रु १७७.७९ रुपैयाँ निर्धारण भएको छ ।पाउण्ड स्टर्लिङ एकको खरिददर रु २०५.२४ र बिक्रीदर रु २०६.०५ तथा स्वीस फ्राङ्क एकको खरिददर रु १९४.६४, बिक्रीदर रु १९५.४१, अष्ट्रेलियन डलर एकको खरिददर रु १०९.०३ र बिक्रीदर रु १०९.४६, क्यानेडियन डलर एकको खरिददर रु ११०.१० र बिक्रीदर रु ११०.५४, सिङ्गापुर डलर एकको खरिददर रु ११९.०६ र बिक्रीदर रु ११९.५३ कायम गरिएको छ ।जापानी येन १० को ख

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • १८३ पटक पढिएको
  • जग्गा रोक्का र फुकुवालाई सरलीकृत गर्न मालपोतलाई ९ बुँदे परिपत्र

    काठमाडौंः भूमि व्यवस्थापन तथा अभिलेख विभागले जग्गा रोक्का तथा फुकुवा प्रक्रियालाई थप सरल र प्रविधिमैत्री बनाउन देशभरका मालपोत कार्यालयहरूलाई नयाँ परिपत्र जारी गरेको छ ।अनलाइन प्रणालीमार्फत् बैंक तथा वित्तीय संस्थाहरूको धितो बन्धकी र फुकुवा गर्ने क्रममा उत्पन्न भएका कानुनी र व्यावहारिक जटिलताहरूलाई सम्बोधन गर्न विभागले यो कदम चालेको जनाएको छ । विभागले २ वर्षअघि २०८१ जेठ ८ गते जारी गरेको परिपत्रमा बैंक तथा वित्तीय संस्थाहरूले अनलाइनमार्फत सेवा प्रवाह गर्दा व्यहोर्नुपरेका विभिन्न समस्यालाई नौ वटा बुँदामा सहजीकरण गरिदिएको हो ।अतिरिक्त धितो र पुनः दृष्टि बन्धकमा सहजतापरिपत्रअनुसार अब एउटै ऋणका लागि

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • १५८ पटक पढिएको
  • लेटाङमा स्काउटको आयोजनामा लागूपदार्थ दुर्व्यसन न्यूनीकरणसम्बन्धी अन्तरक्रिया

    लेटाङः स्थानीय स्काउट कार्यालय लेटाङ मोरङको आयोजनामा लागूपदार्थ दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले लेटाङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।लेटाङ नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा विद्यार्थी, शिक्षक, विभिन्न संघसंस्थाका प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि तथा सुरक्षाकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि लेटाङ नगरपालिकाका नगरप्रमुख भुपेन्द्रकुमार लावतीले लागूपदार्थ दुव्र्यसन समाजका लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्नुभयो । उहाँले युवापुस्तालाई सही मार्गमा अघि बढाउनु अभिभावक, विद्यालय र समुदाय सबैको साझा जिम्मेवारी रहेको बताउनुभयो ।अन

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • १०० पटक पढिएको
  • घरजग्गा कारोबारबाट १० महिनामा साढे ४३ अर्ब रुपैयाँ राजस्व सङ्कलन हुँदा बैशाखमा मात्रै ६ अर्ब २६ करोड सङ्कलन

    इटहरी ।  भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको १० महिनामा घरजग्गा कारोबारबाट ४३ अर्ब ५४ करोड रुपैयाँ राजस्व दाखिला भएको छ ।वैशाख महिनामा मात्रै ६ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ रुपैयाँ राजस्व सङ्कलन भएको छ । जुन चालु आर्थिक वर्षको सबैभन्दा बढी रकम हो । चैत महिनामा ६ अर्ब १६ करोड रुपैयाँ राजस्व उठेको थियो ।चैतमा १ लाख ७६ हजार ७७१ पटक घरजग्गा कारोबार भएको थियो भने बैशाखमा १ लाख ६९ हजार ५३८ वटा कारोबार भएका थिए ।बैशाख महिनामा सबैभन्दा धेरै राजस्व सङ्कलन गर्नेमा काठमाडौं उपत्यकाका मालपोत कार्यालयहरू अग्रपंक्तिमा देखिएका छन् ।बैशाखमा सङ्कलित राजस्वमध्ये रजि

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • २६४ पटक पढिएको
  • ओखलढुङ्गामा भएको खुला कविता प्रतियोगितामा दमकका विवेक दुलाल क्षेत्री पहिलो

    ओखलढुङ्गाः युगकवि सिद्धिचरण श्रेष्ठको ११५ औँ जन्मजयन्तीको अवसरमा ओखलढुङ्गामा भएको कविता प्रतियोगितामा झापाको दमकका कवि विवेक दुलाल क्षेत्री पहिलो हुनुभएको छ । प्रतियोगिताका लागि देशभरबाट प्राप्त २०० भन्दा बढी कवितालाई पछि पार्दै क्षेत्रीको ‘उचाइको प्रयोगशालाबाट’ शीर्षकको कविता पहिलो भएको हो । क्षेत्रीले पुरस्कारस्वरुप १५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नुभयो ।सर्जक चौतारी ओखलढुङ्गा र सिद्धिचरण सङ्ग्रहालय समितिको संयुक्त आयोजनामा भएको प्रतियोगितामा उत्कृष्ट १० कविताहरु वाचनका लागि छनोट गरिएका थिए । तीमध्ये ८ कविहरु प्रतियोगितामा सहभागी भएका थिए ।सो प्रतियोगितामा ‘ऐनामा हराएका फूलहरू’

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • १७६ पटक पढिएको
  • सवा ९ अंक घट्यो नेप्से

    इटहरी ।  आज नेप्से ०.३३ प्रतिशत अर्थात ९.२४ अंकले घटेर २७७७.१० अंकमा अडिएको छ । आज ३४२ कम्पनीको १ करोड १८ लाख ७२ हजार ५०७ कित्ता शेयर ५२ हजार ७५१ पटक किनबेच हुँदा ४ अर्ब ८५ करोड ४४ लाख ४४ हजार १७० रुपैयाँको शेयर कारोबार भएको छ ।१३ वटा समूहमध्ये आज सामुहिक लगानी कोष समूह र निर्जीवन बीमा समूह मात्रै बढे । यी समूहहरु क्रमशः ०.२५ र ०.३५ प्रतिशतले बढ्दा आज लघुवित्त समूह सर्वाधिक अर्थात् ०.५६ प्रतिशतले घटेको छ ।आज आँखुखोला जलविद्युत कम्पनीको सर्वाधिक अर्थात् ४६ करोड ७२ लाख ६३ हजार ९२५ रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर, साहस उर्जा, ङादी ग्रुप र अपि पावर उच्च कारोबार गर्ने कम्पनीमा प

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • १८९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल