काठमाडौंः लोकदोहोरी गायिका सुशीला गौतमको नयाँ साङ्गीतिक प्रस्तुति ‘मोरे सैया….’ सार्वजनिक भएको छ । सुशीला गौतम र खेम सेन्चुरीको स्वर रहेको सो गीतमा प्रेमभावका साथै नेपाली संस्कृतिको झल्को समेत प्रस्तुत गरिएको छ ।
नेत्र अर्यालको शब्द रहेको सो गीतमा खेम सेन्चुरीले नै संगीत तथा हुकलाइन तयार पारेका छन् । गीतको रेकर्डिङ कुमार विश्वकर्माले गरेका छन् भने संगीत संयोजनको जिम्मेवारी एचबीएन किस्मतको छ ।
सुनिल बिकेको निर्देशनमा तयार पारिएको भिडियोमा गरिमा शर्मा र खेम सेन्चुरी मुख्य भूमिकामा देखिएका छन् । नेपाली मौलिक पहिरन र पर्यटकीय स्थल सौराहाको प्राकृतिक परिवेशलाई समेटेर गरिएको छायाङ्कनले गीतको भावलाई थप जीवन्त बनाएको छ ।
गीतको छायाङ्कन अनिल के. मानन्धरले गरेका छन् भने सम्पादन प्रविन भट्टले गरेका छन् । गलबन्दी प्रोडक्सनको प्रस्तुतिमा रहेको यो गीत सुशीला गौतमको युटुब च्यानलसहित विभिन्न डिजिटल प्लेटफर्महरूमार्फत दर्शक तथा श्रोतासामु पुगेको छ ।


















