खाँदबारीः सङ्खुवासभाको मकालु गाउँपालिका–५ माङ्सिमास्थित फोक्टेमा गएको पहिरोमा परी २ सयभन्दा बढी भेडा पुरिएका छन् ।प्रहरीका अनुसार दलबहादुर गुरुङको भेडीगोठ बगाउँदा पुरिएका २५० भेडामध्ये ३२ वटा जीवितै फेला परेका छन् । बाँकी २१८ भेडा पुरिएर बेपत्ता भएका हुन् ।सो घटनामा भेडा गोठाला २० वर्षीय झलक गुरुङ घाइते भएका छन् । अर्का गोठाला कमल गुरुङ सकुशल रहेको प्रहरीले जनाएको छ ।
फिदिमः पहिरोले घर बगाउँदा पाँचथरको याङवरक गाउँपालिका– १ का चार परिवार विस्थापित भएका छन् । पहिरोले घर जोखिममा पारेपछि एक परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।पहिरोले घर बगाएपछि याङवरक– १ लम्बाखोलाका मोहनलाल खवास र कबिर खवास तथा कोप्चेका गंगाप्रसाद बेघाको परिवार विस्थापित भएको हो । मोहनलाल र कबिरको परिवारका सात जना आफन्त शान्ता खवासको घरमा बसेका छन् । गंगाप्रसादको ६ जनाको परिवार उनका दाजु दुर्गा बेघाको घरमा बसेको बताइएको छ । सोही स्थानका भगीमान बेघाको घर पहिरोले उच्च जोखिममा पारेपछि सो परिवारका ६ जना विस्थापित भएको प्रहरीले जनाएको छ ।उता, कोप्चेटोलका बालानन्द बेघा र मैतराज बेघा, चाम्लिङडाँडाका
इटहरी । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मधेस प्रदेशसहित बाँकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने तथा अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।महाशाखाका अनुसार कोशी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षा तथा हिमपात
खोर्सानेः मोरङको सुन्दरहरैँचा नगरपालिका १० स्थित सुकुना खेलमैदानमा हिजो भएको “प्रथम अन्तर्राष्ट्रिय सुन्दरहरैँचा खोर्साने गोल्डकप फुटबल प्रतियोगिता–२०८३” को उपाधि सहलेश फुटबल क्लब, सिराहाले जितेको छ ।फाइनल खेलमा सहलेश फुटबल क्लबले धरान आरसी फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।उपाधि विजेता सहलेश फुटबल क्लबले नगद २ लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता बनेको धरान आरसी फुटबल क्लबले नगद १ लाखसहित ट्रफी र मेडल प्राप्त गरेको आयोजकले जनाएको छ ।विजेता टोली तथा खेलाडीलाई प्रमुख अतिथि नगरप्रमुख केदारप्रसाद गुरागाईंले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा विभिन्न विधा
इटहरी । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८६ पैसा रहेको छ । युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ६ पैसा र बिक्रीदर २०५ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर १९४ रुपैयाँ २० पैसा र बिक्रीदर १९४ रुपैयाँ ९७ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ८५ पैसा तथा बिक्रीदर १०९ रुपैयाँ २७ पैसा रहेको छ ।क्यानेडियन डलर एकको खरिददर ११०
इटहरी । यस पटक जेठ महिनामा अधिकमास परेको छ । बोलीचालीको भाषामा मलमास भनिने यस महिनलाई पुरुषोत्तम महिना पनि भनिन्छ ।पञ्चाङ्ग गणनाको सूर्यमानअनुसार वर्षमा ३६५ दिन, १५ घडी, ३१ पला र ३० विपला हुन्छ । चन्द्रमान अनुसार वर्षमा ३५४ दिन, २२ घडी, १ पला र २३ विपला हुन्छ । सूर्य तथा चन्द्रमानबीच वर्षमा १० दिन ५३ घडी, ३० पला एवं ७ विपलाको अन्तर हुने गर्छ । यसै अन्तरलाई समायोजित गर्नका लागि ‘अधिक मास’को व्यवस्था गरिएको पाइन्छ ।अधिक मास प्रत्येक तीन वर्षमा एकपटक आउँछ । यो फागुनदेखि कात्तिकको बीचमा पर्ने गर्छ । जुन वर्ष अधिक मास पर्छ त्यो वर्ष चन्द्रमासअनुसार १२ महिनाको सट्टा १३ महिनाको १ वर्ष हुन्
इटहरी । सोमबारसम्म देशको तराई क्षेत्रमा अधिक तातो हुने मौसम विज्ञान विभागले जनाएको छ । विभागले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागको तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा माथि पुग्ने र तातो हावा चल्न सक्ने जोखिम रहेको जनाएको छ ।अधिक गर्मी र तातो हावाको लहरले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुरलाई उच्च सतर्कता अपनाउनुपर्ने जिल्लाको सूचीमा राखेको छ ।कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, अछाम, डडेल्धुरा र बैतडीलाई अद्यावधिक (नियमित जानकारी लिनुपर्ने) जिल्लाको सूचीमा राखिएको
फिदिमः लगातारको अविरल वर्षापछि आएको बाढीपहिरोले पाँचथरको याङवरक गाउँपालिका वडा नं १, २ र ३ मा घर, गोठ, सडक, झोलुङ्गे पुल, जलविद्युत् आयोजनालगायतमा क्षति पुर्याएको छ ।पालिकाको वडा नं १ मा दुईवटा घर तथा वडा नं १ र २ मा गरी तीनवटा झोलुङ्गे पुल बगाएको छ । याङवरक– १ च्याङथापु बजार आसपासको क्षेत्रमा ठूलो क्षति पुर्याएको बताइएको छ ।निरन्तरको वर्षाका कारण मध्यपहाडी लोकमार्गको ओयाम–चिवाभञ्ज्याङखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । याङवरक– ३ स्थित रिजाल भीरमा पहिरो झरेको छ भने वडा नं २ को दोभानेमा रहेको डाइभर्सन पूर्ण रूपमा बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।पाँचथरको हिलिहाङ गाउँपालिका र ताप्ल
इटहरी । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भागनजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ ।महाशाखाका अनुसार अहिले कोशी प्रदेशलगायत बाँकी हिमाली र पहाडी भू–भागमा साधारणतया बादल, मधेश प्रदेशमा आंशिक बादल र बाँकी तराई भू–भागमा मौसम मूख्यतया सफा रहेको छ । गण्डकी प्रदेशका थोरै स्थानहरूमा र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेश तथा बाँकी प्रदेशको हिमाली र पहा
इटहरी । हिजो काठमाडौंमा भएको काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालले निराशाजनक प्रदर्शन गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार सम्पन्न समूह ‘ए’ को पहिलो खेलमा नेपाल ३–२ ले पराजित भएको हो ।जीतसँगै भारतले २ अङ्क हात पारेको छ । नेपालको भागमा १ अङ्क परेको छ । भारतले नेपाललाई २१–२५, २५–२०, २५–१९, २१–२५ र १५–९ ले पराजित गरेको हो ।नेपालको राष्ट्रिय टोलीमा एकै पटक पाँच खेलाडीले डेब्यु गरेका छन् । लिबेरो सुनिता खत्री, मिडल ब्लकर मीना सुनार, सेटर जस्मा महतो, सलिना बुढा मगर र वसन्ती साउदले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएका हुन् ।कप्तान निरु