काठमाडौं । सुडानमा भीषण वर्षाका कारण आइतबार रातिसम्म कम्तीमा ५२ जनाको मृत्यु भएको बताइएको छ।उत्तरी कोरदोफान राज्यमा बाढीको बढी असर देखिएको छ। सो राज्यमा मात्र १९ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन्। रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार उत्तरी र मध्य सुडानमा व्यापक वर्षा भएको छ। यहाँको दुई सय १९ हेक्टर क्षेत्रफल कृषियोग्य जमिनमा क्षति पुगेको छ। यस क्षेत्रका पाँच हजार भन्दा बढी घरमा क्षति पुगेको छ।दुई दिनदेखि वर्षा जारी रहेकाले थप सतर्कता अपनाउन भनिएको छ।
काठमाडौं । क्विटो–इक्वेडरको बन्दरगाह सहर ग्वायाकिलमा विस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएका छन् । एक पत्रकार सम्मेलनको क्रममा इक्वेडरका गृहमन्त्री प्याट्रिसियो क्यारिलोले उक्त आक्रमण ‘कुकाराचा’ र ‘जुनियर’ उपनामले चिनिने दुई स्थानीयलाई लक्षित गरिएको बताए । उनीहरु टिग्युरिओनेस अपराधिक समूहमा आबद्ध रहेको बताए । देशको दोस्रो ठूलो शहर ग्वायाकिलमामा विस्फोटले आठ घर र दुईवटा कारहरू ध्वस्त पारेको छ । उक्त क्षेत्रमा राष्ट्रपति गुइलेर्मो लासोले आपत्काल घोषणा गरेका छन् । संगठित अपराधले देशलाई नियन्त्रण गर्न नदिने उनले प्रतिबद्धता जनाएका छन् । तटीय सहरमा ३० द