इटहरी । नेपाल रिपब्लिक मिडियाको ५४ लाख कित्ता बढी शेयरको लकइन अवधि आज असार १० गते सकिने भएको छ ।
कम्पनीको कुल ८४ लाख २ हजार १५९ कित्ता शेयरको लकइन अवधि आज समाप्त हुन लागेको हो ।
जसमा संस्थापक शेयर संख्या ५३ लाख २२ हजार ८३ कित्ता र कर्मचारीहरुलाई सुरक्षित गरिएको ८० हजार १५९० कित्ता रहेको छ । कम्पनीको संस्थापक तथा कर्मचारीहरुले धारण गरेको शेयर बाँडफाँट गरेको मिति २०८० असार ११ गतेदेखि तीन वर्षसम्मका लागि लक इनमा रहेको थियो ।


















