इटहरी । आज २ घण्टाको शेयर कारोबार हेर्दा बजार स्थिरजस्तै देखिएको छ । प्रायः महिनाको अन्तिम कारोबार दिन बजार बढ्ने गर्छ । बजारको गति हेर्दा आज पनि बन्द हुने समयमा हरियो हुने सम्भावना देखिन्छ ।आधा कारोबार दिन (दुई घण्टा) को कारोबार १ अर्ब ९३ करोड १ लाख रुपैयाँ रहेको छ ।सबैभन्दा धेरै कृषि विकास बैंकको बोण्डको ७० करोड ८७ लाख ९९ हजार रुपैयाँको शेयर किनबेच भएको छ । त्यसपछि उच्च कारोबार गर्नेमा युनाइटेड मोदी हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, लिबर्टी इनर्जी र ङादी ग्रुप पावर रहेका छन् ।सूचक झण्डै २ अंकले घटेर २६४९ बिन्दु आसपास रहेर कारोबार भइरहेको छ । माउण्ट एभरेष्ट पावर डेभलपमेण्टको शेयरमूल्
काठमाडौंः नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आठ जनाले आवेदन दिएका छन् । अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता अमृत लम्सालका अनुसार आवेदन दिने अन्तिम समयसम्म आठ जनाको आवेदन परेको हो ।सीईओ छनोटका लागि गठित सिफारिश समितिले आवेदकहरूले पेश गरेको व्यावसायिक कार्ययोजना (बिजनेस प्लान) को मूल्याङ्कन प्रक्रिया अघि बढाउनेछ । बिजनेश प्लानको मूल्याङ्कन सकिनासाथ ८ जनाबाट सर्टलिस्ट तयार हुने बताइएको छ ।सर्टलिस्टमा परेका उम्मेद्वारहरूले आफ्नो व्यावसायिक कार्ययोजना प्रस्तुत गर्नुपर्नेछ । त्यसपछि उनीहरू अन्तर्वार्तामा सहभागी हुनेछन् । प्रस्तुतीकरण र अन्तर्वार्तासहितको छनोट प
इटहरी । आज दुई घण्टामा शेयर बजारमा जम्मा १ अर्ब ७१ करोड ९ लाख रुपैयाँको मात्रै शेयर किनबेच भएको छ ।सबैभन्दा धेरै घलेम्दी हाइड्रोपावरको २१ करोड ५८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।दिउँसो १ बज्दा बजार मापक परिसूचक नेप्से साढे १३ अंकभन्दा बढी बढेर २६५६ आसपास पुगेको छ ।बढेको बजारमा आजदेखि दोस्रो बजारमा किनबेच हुन थालेको सर्वाेत्तम पेन्ट्स र हिजोदेखि बजार किनबेच हुन थालेको माउण्ट एभरेष्ट पावर डेभलमपेण्टको शेयरमूल्य सर्वाधिक १५ प्रतिशत बढेको छ ।बजार बढे पनि इमर्जिङ नेपाल लिमिटेड र अप्पर लोहोरे खोलाका लगानीकर्ता सर्वाधिक गुमाउने लगानीकर्तामा परेका छन् ।
इटहरी । आज पनि सुनको दाम घटेको छ । चाँदीको मूल्य भने बढेको छ ।आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ घटेको हो । चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार २०० रुपैयाँ निर्धारण भएको छ ।चाँदीको मूल्य प्रतितोला ४ हजार ७५० रुपैयाँ निर्धारण भएको छ ।
इटहरी । बुधबार शेयर बजार मापक नेप्से परिसूचक ०.०२ प्रतिशत अर्थात् ०.५५ अंकले बढेर २ हजार ६४२.४० विन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३४८ स्टकको ८७ लाख १ हजार ९४४ कित्ता शेयर ४३ हजार ९९० पटक किनबेच हुँदा ३ अर्ब ५३ करोड २१ लाख ५ हजार ५१८ रुपैयाँको शेयर कारोबार भएको छ । अघिल्लो दिन भने ४ अर्ब ११ करोड ९ लाख रुपैयाँको शेयर किनबेच भएको थियो ।कारोबारमा आएका ५ वटामा हरियाली छाउँदा लगानी समूह सर्वाधिक अर्थात २.२१ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात ०.७० प्रतिशतले घटेको छ ।एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक ३१ करोड ६० लाख रुपैयाँको शेयर किनबेच भएको छ । दोस्रो बजारमा का
इटहरी । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज सुन प्रतितोला १ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला ३५ रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।आज चाँदी प्रतितोला ४ हजार ७४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
इटहरी । आज नेपाली बजारमा सुनको भाउ तोलामा ६ हजार ४ सय रुपैयाँ बढेको छ । चाँदीको भाउ तोलामा ११० रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ ।आज चाँदीको मूल्य प्रतितोला ४ हजार ७८० रुपैयाँ तोकिएको छ ।
इटहरी । साताको पहिलो कारोबार दिन हिजो शेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.३४ प्रतिशत अर्थात ९.०४ अंकले घटेर २ हजार ६४१.०५ बिन्दुमा अडिएसँगै नेप्से लगातार तेस्रो दिन घटेको हो ।नेप्सेमा सूचीकृत ३५२ वटा स्टकको ५३ हजार २५४ पटक १ करोड ९ लाख ६६ हजार ७४५ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ६७ करोड ४४ लाख १९ हजार ७६६ रुपैयाँको शेयर किनबेच भएको छ ।कारोबारमा आएका ४ उपसमूहमा मात्रै हरियाली छाएको बजारमा लघुवित्त समूह सर्वाधिक अर्थात ०.१९ प्रतिशतले बढेको थियो । व्यापार समूह सर्वाधिक अर्थात ०.८६ प्रतिशतले घटेको थियो ।घटेको बजारमा सोलु हाईड्रो पावरको सर्व
इटहरी । नेपालमा सन् २०२६ को जुलाई महिनामा ७१ हजार ७७५ जना विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यो संख्या गत वर्षको जुलाई महिनाको तुलनामा २.३ प्रतिशत बढी हो । सन् २०२५ को जुलाईमा ७० हजार १९३ जना विदेशी पर्यटक नेपाल आएका थिए ।पर्यटन बोर्डका अनुसार जुलाईमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतबाट २३ हजार ४९० जना पर्यटक नेपाल आएका छन् । यो कुल आगमनको ३२.७३ प्रतिशत हो । जुलाईमा चीनबाट आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ । जुलाई २०२६ मा चीनबाट ११ हजार ९९ जना पर्यटक नेपाल आएका छन् ।यो अघिल्लो वर्षको जुलाईमा आएको ६ हजार ८९० को तुलना
विराटचोकः गत साता नेप्से परिसूचक करिब साढे १ प्रतिशत घटेर बन्द भएको छ । अघिल्लो साता २६८५.५४ बिन्दुमा बन्द भएको नेप्से गत साता १.३२ प्रतिशत अर्थात् ३५.४५ अङ्क घटेर २६५०.०९ विन्दुमा अडिएको हो ।गत साता पाँच कारोबार दिनका लागि खुलेको बजारमा चार कारोबार दिन नेप्से घटेको थियो ।गत साता कारोबार रकममा पनि घटेको छ । अघिल्लो साता दैनिक औसतमा ४ अर्ब ३३ करोड रुपैयाँको शेयर किनबेच भएकोमा गत साता दैनिक औसतमा ४ अर्ब २९ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।१३ उपसमूहमध्ये सातामा दुई उपसमूहको परिसूचक बढेको छ । जलविद्युत उपसमूहको परिसूचक स