आर्थिक

    Showing १,२३१-१,२४० of १,२७२ items.
  • आज पनि घट्यो शेयर बजार

    काठमाडौं । शेयर बजार आज सोमबार पनि घटेको छ । लगातार आज छैटौँ दिन पनि बजार घटेको हो । आज शेयर बजार परिसूचक नेप्से १३ दशमलव ५९ अङ्कले घटेर एक हजार नौ सय १२ दशमलव ६९ अङ्कमा झरेको छ ।आज म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।नेप्से घटेको दिन दुई सय २२ वटा कम्पनीको २६ लाख १३ हजार कित्ता शेयर ८३ करोड १६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको चार करोड सात लाख रुपैयाँको शेयर किनबेच भयो ।आज सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर पाँच प्रतिशतभन्दा धेरै घटेको छ । समग्र बजार घटे पनि आज युनाइटेड मर्दी हाइड्रोपा

    • प्रकाशित मितिः भदौ २७, २०७९
    • १४६ पटक पढिएको
  • श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँड

    काठमाडौं । आज श्रृजनशील लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । भदौ १५ गतेदेखि १९ गतेसम्म आइपीओ बिक्री खुलाएको कम्पनीले आज बाँडफाँड गरेको हो । सेयर निष्कासक तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार ३६ हजार ८५९ जनाले कम्पनीको आइपीओ पाएका छन् । यस आइईपीओमा १८ लाख ३८ हजार ७५१ जनाको आवेदन परेको थियो । जसमध्ये १ हजार ३१५ आवेदन रद्ध भएका थिए । कम्पनीले भदौ १५ देखि १९ गतेसम्मको अवधिमा प्रतिकित्ता १०० रुपैयाँ अंकित ३ लाख ९३ हजार ७५० कित्ता सेयर बिक्री खुलाएको थियो । जसमध्ये कर्मचारीलाई ५ हजार ४७० कित्ता र सामूहिक लगानी कोषलाई १९ हजार ६९० कित्ता सेयर छुट्याइएको थिय

    • प्रकाशित मितिः भदौ २७, २०७९
    • १३२ पटक पढिएको
  • आज सुनचाँदीको मूल्य स्थिर

    काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि शुक्रबारकै मूल्यमा सुनचाँदी कारोबार भइरहेको हो ।  आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको ९३ हजार ४०० रुपैयाँ कायम छ । यस्तै, आइतबार चाँदीको भाउ पनि तोलाको ११ सय ५० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।  

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • १२५ पटक पढिएको
  • आज सेयर बजार बन्द रहने

    काठमाडौँ । सेयर बजार आज (शुक्रबार) बन्द हुने भएको छ। आज इन्द्रजात्राको अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ। सोही कारण नेप्से पनि बन्द हुने भएको हो। अब सेयर बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ। विगतमा शुक्रबार नेप्से बन्द हुन्थ्यो। तर केही समयअघिदेखि शुक्रबार तीन घण्टाका लागि सेयर कारोबार खुल्ने गरेको थियो। फेरि असोजदेखि शुक्रबार सेयर कारोबार बन्द हुने भएको छ।

    • प्रकाशित मितिः भदौ २४, २०७९
    • १०७ पटक पढिएको
  • अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्न सक्ने

    काठमाडौं । विश्व बजारमा फेरी पेट्रोलियम पदार्थको मूल्य बढ्न सक्ने भएको छ । पेट्रोलियम पदार्थ निर्यात गर्ने देशहरूको सङ्गठन (ओपेक) र यसका सहयोगीहरू ओपेक समूहले पेट्र्रोलियम पदार्थको उत्पादन कटौती गर्ने घोषणा गरेका छन् ।अक्टोबरमा उत्पादनमा गरिने कुल मागको ०.१ प्रतिशतको कटौतिले गर्दा अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्न सक्ने भएको हो ।मन्दीको डरले हालै घटेको तेलको मूल्यलाई बलियो बनाउन अक्टोबरमा उत्पादन थोरै कटौती गर्ने घोषणा उनीहरुले गरेका हुन्।ओपेक र गैर-ओपेक मन्त्रीस्तरीय ३२औं बैठकपछि जारी गरिएको विज्ञप्तिमार्फत सो बारे जानकारी गराइएको हो ।उत्पादन कटौती हुँदा अन्तराष्ट्रिय बजारमा

    • प्रकाशित मितिः भदौ २१, २०७९
    • १०२ पटक पढिएको
  • आज २१ अंकले घट्यो नेप्से

    काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से २१.२२ अंकले घटेको छ । यससँगै नेप्से परिसूचक १९ सय ५१.७९ को बिन्दुमा झरेको छ । निरन्तर आरोलो लागेको बजारमा मंगलबार कारोबार रकम भने एक अर्ब १९ करोड हाराहारी रह्यो ।मंगलबार २२७ कम्पनीका ३२ लाख ९ हजार ९८३ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री भएको छ । जसमध्ये १७१ कम्पनीको सेयर मूल्य घटेको छ भने १४ कम्पनीको मूल्य मात्रै बढेको छ । यस्तै ३ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन ।मंगलबार उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य सर्किट तहमा बढेर कारोबार भयो । यस्तै एनएमबी हाइब्रिड फन्ड र सामुदायिक लघुवित्तको सेयर मूल्य झिनो अंकले बढ्यो । दोस्रो बजारमा धेरै गुमाउ

    • प्रकाशित मितिः भदौ २१, २०७९
    • १०९ पटक पढिएको
  • बढ्यो सुनचाँदीको मूल्य

    काठमाडौं । साताको तेस्रो दिन आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको जनाएको थियो । यस्तै, सोमबार १०० रुपैयाँले सुनको मूल्य आज मंगलबार थप ३०० रुपैयाँले बढेको हो । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार २०० रुपैयाँ थियो ।  सुनको मूल्य बढेको दिन आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढ

    • प्रकाशित मितिः भदौ २१, २०७९
    • १०० पटक पढिएको
  • खप्तड लघुवित्तको आईपीओ बाँडफाँड आज

    काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड आज हुने भएको छ । खप्तड लघुवित्तको आईपीओ बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाडौं कमलादीस्थित कार्यालयमा हुनेछ । आईपीओ बाँडफाँड कार्यक्रम बिहान १० बजे राखिएको छ । यो लघुवित्तले गत भदौ ८ गतेदेखि भदौ १२ गतेसम्मबाट आईपीओ बिक्री गरेको थियो । संस्थाले १०० अंकित दरका कुल १ लाख ३२ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो । कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने २ हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ । बाँकी १ लाख २३ हजार ४०० कित्ताका लागि सर्वसाध

    • प्रकाशित मितिः भदौ २०, २०७९
    • १०५ पटक पढिएको
  • बढ्यो सुनचाँदीको मूल्य

    काठमाडौं । आज आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै सुन र चाँदीकै मूल्य बढेको जनाएको हो । जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार १०० रुपैयाँ रहेको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ५०० रुपैयाँ थियो । पछिल्लो समय निरन्तर घट्न लागेको सुनचाँदीको मूल्य आज भने बढेको हो । भदौ महिनाको पहिलो साता तोलामा ९६ हजार २०० रुपैयाँ रहेको सुनको मूल्य त्यसयता निरन्तर घटिरहेको छ । त्यसयता आजसम्ममा सुनको मूल्य प्रतितोला २ हजार ६०० रुपैयाँ घट

    • प्रकाशित मितिः भदौ १९, २०७९
    • १०२ पटक पढिएको
  • घट्यो सुनको मूल्य

    काठमाडौं । आज शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । आज सुनको मुल्य प्रतितोला एक सय रुपैयाँले घटेको हो भने चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको हो ।महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार १०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    • प्रकाशित मितिः भदौ १७, २०७९
    • १२७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल