काठमाडौं । विश्व बजारमा फेरी पेट्रोलियम पदार्थको मूल्य बढ्न सक्ने भएको छ । पेट्रोलियम पदार्थ निर्यात गर्ने देशहरूको सङ्गठन (ओपेक) र यसका सहयोगीहरू ओपेक समूहले पेट्र्रोलियम पदार्थको उत्पादन कटौती गर्ने घोषणा गरेका छन् ।
अक्टोबरमा उत्पादनमा गरिने कुल मागको ०.१ प्रतिशतको कटौतिले गर्दा अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्न सक्ने भएको हो ।
मन्दीको डरले हालै घटेको तेलको मूल्यलाई बलियो बनाउन अक्टोबरमा उत्पादन थोरै कटौती गर्ने घोषणा उनीहरुले गरेका हुन्।
ओपेक र गैर-ओपेक मन्त्रीस्तरीय ३२औं बैठकपछि जारी गरिएको विज्ञप्तिमार्फत सो बारे जानकारी गराइएको हो ।
उत्पादन कटौती हुँदा अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्न सक्छ ।


















