काठमाडौं । आज शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । आज सुनको मुल्य प्रतितोला एक सय रुपैयाँले घटेको हो भने चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । 

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार १०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।