आर्थिक

    Showing १८१-१९० of १,२७२ items.
  • इटहरीको गजुरमुखी ज्वेलर्सको १० औँ वार्षिकोत्सवमा ‘मालामाल अफर’ सार्वजनिक

    इटहरीः इटहरी–६, धरान लाइनमा रहेको गजुरमुखी ज्वेलर्सले आफ्नो १० औँ वार्षिकोत्सव मनाएको छ । शनिबार ज्वेलर्स परिसरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा उद्योग वाणिज्य संघ इटहरीका निवर्तमान अध्यक्ष जीवन पराजुलीको प्रमुख आतिथ्यमा केक काटेर वार्षिकोत्सव मनाइएको हो ।कार्यक्रममा सहभागीहरूले गजुरमुखी ज्वेलर्सलाई वार्षिकोत्सवको शुभकामना दिँदै आगामी दिनमा थप सफलताको कामना गरेका थिए । वार्षिकोत्सवको अवसरमा ज्वेलर्सले ग्राहकलाई लक्षित गर्दै ‘मालामाल अफर’ समेत सार्वजनिक गरेको छ ।ज्वेलर्सका सञ्चालक राकेश श्रेष्ठका अनुसार भदौ महिनाभरि सुनका गहना खरिद गर्ने ग्राहकलाई ज्यालामा शतप्रतिशत छुट प्रदा

    • प्रकाशित मितिः भदौ ६, २०८३
    • १८८ पटक पढिएको
  • सातामा करिब १ प्रतिशत घट्यो नेप्से

    इटहरी ।  यो साता नेप्से परिसूचक करिब १ प्रतिशत घटेर बन्द भएको छ । गत साता २६४३.८३ विन्दुमा बन्द भएको नेप्से यो साता ०.९५ प्रतिशत अर्थात् २५.११ अङ्क घटेर २६१८.७२ बिन्दुमा बन्द भएको छ ।पाँच कारोबार दिनका लागि बजार खुल्दा चार कारोबार दिन नेप्से नकारात्मक रहेको थियो । नेप्से घटे पनि यस साता कारोबार रकम भने बढेको छ । गत साता दैनिक औसतमा ३ अर्ब ८६ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औसतमा ४ अर्ब ४९ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।१३ उपसमूहमध्ये यो साता दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । व्यापार उपसमूहको परिसूचक ०.४१ प्रतिशत र उत्पादन तथा

    • प्रकाशित मितिः भदौ ६, २०८३
    • १६९ पटक पढिएको
  • शेयर बजार सुधारका लागि धितोपत्र बोर्ड अध्यक्ष गोपाल भट्टका यस्ता छन् योजना

    काठमाडौंः नेपालको पूँजी बजार अब केवल शेयरको किनबेचमा मात्र सीमित रहने छैन । नेपाल धितोपत्र बोर्डले आगामी १० वर्षभित्र नेपाली पूँजी बजारलाई दक्षिण एशियाकै एक अग्रणी र आधुनिक वित्तीय केन्द्र बनाउने गरी ‘पूँजी बजार विकास मार्गचित्र, २०८३’ सार्वजनिक गरेको छ ।बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले यसलाई “नेपाली अर्थतन्त्रको रूपान्तरणकारी दस्तावेज’’ को संज्ञा दिएका छन् । यस योजनाले पूँजी बजारलाई उत्पादनशील क्षेत्रसँग जोड्ने, विदेशी लगानी भित्र्याउने र नवीनतम प्रविधिको प्रयोगमार्फत् लगानीकर्ताको सुरक्षा गर्ने तीन मुख्य आधार स्तम्भहरूलाई अघि सारेको बोर्डको दाबी छ ।यस्ता छन् भट्टका चालु आर्थिक वर्षका म

    • प्रकाशित मितिः भदौ ६, २०८३
    • १६९ पटक पढिएको
  • साढे १० अङ्क घट्यो शेयर बजार, कारोबार रकम ४ अर्ब १६ करोड रुपैयाँ

    इटहरी ।  साताको अन्तिम कारोबार दिन आज शेयरबजार घटेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.४० प्रतिशत अर्थात् १०.६७ अंकले घटेर २ हजार ६१८.७२ अङ्कमा बन्द भएको छ ।नेप्सेमा सूचीकृत ३४४ स्टकको १ करोड २२ हजार ७६५ कित्ता शेयर ५९ हजार ८०५ पटक किनबेच हुँदा ४ अर्ब १६ करोड ७६ लाख १८ हजार ८८२ रुपैयाँको शेयर बिक्री भएको छ ।आज सामुहिक लगानी कोष समूह मात्रै ०.०३ प्रतिशतले बढेको छ । अन्य समूह आज सर्वाधिक अर्थात १.०६ प्रतिशतले घटेको छ ।आज रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक २६ करोड ३७ लाख ३० हजार रुपैयाँको शेयर किनबेच हुँदा उच्च कारोबार गर्ने अन्य कम्पनीमा सोलु हाईड्रो, रिडी पावर, सा

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • २२० पटक पढिएको
  • डीडीसीको घ्यू पहिलोपटक दुबई निर्यात

    काठमाडौं । नेपाल सरकारको स्वामित्व रहेको दुग्ध विकास संस्थान (डीडीसी)बाट उत्पादित घ्यू दुबई निर्यात सुरू भएको छ । त्यहाँ बसोबास गर्ने नेपालीलाई लक्षित गरेर शुक्रबारदेखि दुबईमा निर्यात थालिएको हो ।पहिलोपटक शुक्रबार ६ सय किलो घिउ जहाजबाट दुबई पठाइँदै छ । दुबइमा घ्यू निर्यात गर्न डीडीसीले रातो र चन्द्र–सूर्य इन्टरनेसनलसँग सम्झौता गरेको छ ।दुबईमा रहेका बिक्रेताले परीक्षणको रुपमा बिक्री गर्ने र मागको अवस्था हेरेर थप निर्यात गरिने प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेले बताए ।

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • २०५ पटक पढिएको
  • दुई घण्टामा १ अर्ब ६० करोड रुपैयाँको शेयर किनबेच

    इटहरी ।  आज नेपाली शेयर बजारमा १ अर्ब ६० करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।उतारचढावका बीच १ दिउँसो १ बज्दा ०.७९ अङ्कमात्रै नेप्से सूचक बढेको छ । सर्वाेत्तम पेन्ट्सको शेयरमूल्य १५ प्रतिशत बढेको छ ।सानिमा माइ हाइड्रोपावरको सर्वाधिक १२ करोड २० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • ४४८ पटक पढिएको
  • ३३०० रुपैयाँ बढ्यो सुनको भाउ, चाँदीको १३० रुपैयाँ

    विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ । आज सुनको भाउ तोलाको ३ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला १३० रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदी प्रतितोला ४ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • १६७ पटक पढिएको
  • मेची बहुउद्देश्यीयको बेलबारी सेवा कार्यालयको साधारण सभा सम्पन्न

    बेलबारीः दमकमा केन्द्रीय कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बेलबारी सेवा कार्यालयको साधारणसभा हिजो बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको छ ।१२ वटा सेवा कार्यालय रहेको सहकारीले हिजो बेलबारी र लेटाङमा साधारणसभा गरेर सेवा कार्यालयतर्फको साधारणसभा सम्पन्न गरेको हो ।बेलबारीमा भएको साधारणसभामा सो सेवा केन्द्र अन्तर्गतका विभिन्न विधामा उत्कृष्ट शेयर सदस्य तथा शेयर सदस्यका परिवारका सदस्यलाई सम्मान गरिएको थियो ।कार्यक्रममा सो संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले संस्थाले गरिरहेका काम र आगामी योजनाका बारेमा जानकारी गराउनुभएको थियो ।साधारणसभामा प्रस्तुत भएको

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • १४४ पटक पढिएको
  • गत आर्थिक वर्षमा दुई खर्ब नाघ्यो जीवन बीमा व्यवसायको आकार

    इटहरी । आर्थिक वर्ष २०८२\८३ मा जीवन बीमा कम्पनीहरूको व्यवसाय सन्तोषजनक रूपमा अगाडि बढेको पाइएको छ । नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको वित्तीय विवरणमा यस्तो देखिएको हो ।सो विवरणअनुसार यस वर्ष जीवन बीमकहरूको समग्र व्यवसाय दोहोरो अङ्कले उकालो लाग्दा कुल बीमाशुल्क आर्जनमा १२ प्रतिशतभन्दा बढीले उकालो लागेको छ । १४ वटा जीवन बीमा कम्पनीहरूले समग्रमा २ खर्ब १ अर्ब ९१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०८१\८२ मा यस्तो बीमाशुल्क १ खर्ब ७७ अर्ब ९० करोड ६३ लाख रुपैयाँ मात्रै थियो ।सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५ खर्ब ३६ अर्ब ८८ करोड रुपैयाँको कु

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • १८७ पटक पढिएको
  • एयर होस्टेसले कफी दिँदा पोलेर घाइते यात्रु प्रीति थापाले पाउने भइन् २ करोड ६१ लाख रुपैयाँ क्षतिपूर्ति

    काठमाडौंः कतार एयरवेजले हवाई यात्राका क्रममा चालक दलका सदस्यको लापरबाहीका कारण तातो कफी पोखिएर घाइते भएकी एक यात्रुलाई २ करोड ६१ लाख ९२ हजार ४०६ रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने भएको छ ।काठमाडौँस्थित उपभोक्ता अदालतले यस्तो फैसला गरेको हो । ललितपुर महानगरपालिका वडा नं. २ बस्ने ५२ वर्षीया प्रीति सन् २०२३ जुलाई १० मा कतार एयरवेजको उडान नम्बर क्युआर ७४४ बाट बोस्टनबाट दोहा हुँदै काठमाडौँ आउँदै आउने क्रममा चालक दलका सदस्य (एयर होस्टेस) ले थापालाई सर्भ गर्ने क्रममा अत्यधिक तातो कफी उनको पेट र तिघ्रामा पोखिएको थियो ।कफीका कारण थापाको शरीरको तल्लो भागमा सेकेन्ड डिग्री बर्न (दोस्रो तहको जलन) भएको थियो ।

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • १८६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल