इटहरी ।  साताको अन्तिम कारोबार दिन आज शेयरबजार घटेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.४० प्रतिशत अर्थात् १०.६७ अंकले घटेर २ हजार ६१८.७२ अङ्कमा बन्द भएको छ ।

नेप्सेमा सूचीकृत ३४४ स्टकको १ करोड २२ हजार ७६५ कित्ता शेयर ५९ हजार ८०५ पटक किनबेच हुँदा ४ अर्ब १६ करोड ७६ लाख १८ हजार ८८२ रुपैयाँको शेयर बिक्री भएको छ ।

आज सामुहिक लगानी कोष समूह मात्रै ०.०३ प्रतिशतले बढेको छ । अन्य समूह आज सर्वाधिक अर्थात १.०६ प्रतिशतले घटेको छ ।

आज रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक २६ करोड ३७ लाख ३० हजार रुपैयाँको शेयर किनबेच हुँदा उच्च कारोबार गर्ने अन्य कम्पनीमा सोलु हाईड्रो, रिडी पावर, सानिमा माई हाईड्रो र सानिमा मिडिल तमोर हाइड्रोपावर रहेका छन् ।

आज सर्वोत्तम पेन्ट्सको शेयरमूल्य १५ प्रतिशत बढ्दा पञ्चकन्या माई हाईड्रोको सेयरमूल्य १३.८६ प्रतिशत बढेको छ ।

धौलागिरी लघुवित्तको मूल्य सर्वाधिक अर्थात् ५.२६ प्रतिशतले घटेको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब ४ अर्ब ५५ करोड ११ लाख १९ हजार १२३ रुपैयाँ कायम भएको छ ।