आर्थिक

    Showing २९१-३०० of १,०५४ items.
  • युनाइटेड मोदीको ७ प्रतिशत लाभांश पाउन शेयर किन्ने आज अन्तिम दिन

    इटहरी ।  युनाइटेड मोदी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज बैशाख ३ गते अन्तिम दिन हो । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि बैशाख ४ गते बुकक्लोज गर्ने भएको हुनाले आजसम्म शेयर किन्नेले लाभांश पाउने तथा साधारणसभामा सहभागी हुन पाउने भएका हुन् ।सो कम्पनीले यही बैशाख २७ गते काठमाडौंको कालीमाटी ब्यैङ्केट कालीमाटीमा बिहान ११ बजे बाह्रौँ वार्षिक साधारण सभा गर्ने भएको छ ।

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • १५७ पटक पढिएको
  • आजदेखि सोपान फर्मास्युटिकल्सको आईपीओ बिक्री हुने

    इटहरी ।  आजदेखि सर्वसाधारण लगानीकर्ताका लागि सोपान फर्मास्युटिकल्स लिमिटेडले प्राथमिक शेयर (आईपीओ) बिक्री गर्ने भएको छ ।कम्पनीले जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये १० प्रतिशतले हुन आउने ४ लाख २९ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।कम्पनीले १ लाख ७१ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि र २ लाख १४ हजार ५०० कित्ता शेयर सामुहिक लगानी कोषहरुलाई बा

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • १११ पटक पढिएको
  • डिजेल, मट्टीतेल र आन्तरिक हवाई ईन्धनको मूल्य वृद्धि

    इटहरी ।  सरकारले डिजेल, मट्टीतेल र आन्तरिक हवाइ इन्धनको मूल्य बढाएको छ ।निगमले डिजल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ तथा आन्तरिक हवाई ईन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको हो ।अब डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर २३७ रुपैयाँ र आन्तरिक हवाई ईन्धनको मूल्य २५६ रुपैयाँ पुगेको छ ।एलपीजी ग्यास र पट्रोलको मूल्य भने बढाइएको छैन ।

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • १२४ पटक पढिएको
  • नयाँ वर्षको पहिलो शेयर कारोबार भएको दिन सूचकमा ३३ अङ्कको वृद्धि

    इटहरी ।  आज नयाँ वर्ष २०८३ सालको पहिलो पटक शेयर कारोबार हुँदा नेप्से परिसूचक ३३.२७ अंकले बढेर २८६६.८७ अङ्कमा अडिएको छ । सबै समूहमा हरियाली छाएको छ ।होटल तथा पर्यटन समूह सर्वाधिक अर्थात् ३.१६ प्रतिशतले बढेको दिन आज नेप्सेमा सूचीकृत ३४४ कम्पनीको शेयर किनबेच भएको छ । १ लाख २३ हजार ३५९ पटककको कारोबारमा २ करोड ६४ लाख ३८ हजार ५२१ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ५३ करोड ७० लाख ८ हजार ७९६ रुपैयाँको शेयर कारोबार भएको छ ।व्यापार समूह २.३३ प्रतिशत, जलविद्युत समूह २.१४ प्रतिशत, विकास बैंक समूह १.५३ प्रतिशत, बैंकिङ समूह १.३० प्रतिशत, फाइनान्स समूह १.२१ प्रतिशत, लगानी समूह ०.८९ प्रतिशत, जीवन बीमा

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • १४१ पटक पढिएको
  • सुनको भाउ फेरि पुग्यो तोलाको ३ लाख रुपैयाँभन्दा माथि

    इटहरी ।  आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । सुनको भाउ प्रतितोला दुई हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५५ रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ३ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ४ हजार ९०० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • १६० पटक पढिएको
  • २ घण्टामा ४४ अङक बढ्यो शेयर बजार

    इटहरी । आज बजार खुलेदेखि नै नेपाली शेयर बजार मापक परिसूचक (नेप्से) उकालो लागेको छ । दिउँसो १ बजेसम्म अर्थात् २ घण्टामा शेयर बजार ४४ अङ्कले बढेको छ भने कारोबार ५ अर्ब ३२ करोड रुपैयाँभन्दा धेरैको भएको छ ।अहिले नेप्से २८७७ बिन्दुको आसपासमा कारोबार भइरहेको छ । कारोबार रकम ५ अर्ब ३२ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेण्टको कारोबार भएको छ । त्यसपछि रिलायन्स स्पिनिङ मिल्स, नेशनल हाइड्रोपावर, सोलु हाइड्रोपावर ङादी ग्रुप पावको सर्वाधिक कारोबार भएको छ ।

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • १२४ पटक पढिएको
  • देशभर आजदेखि दोस्रो आर्थिक गणना शुरु

    इटहरी ।  ७ वर्षपछि आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । गणनाका लागि देशभर गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।स्थलगत तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न हुने र गणनाका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिने बताइएको छ ।गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी क्षेत्र, सार्वजनिक संस्थाको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहलगायत आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण सङ्कलन गरिने भएको छ ।वि.सं. २०७५ मा पहिलो पटक राष्ट्रिय आर्थिक गणना गरिएको थियो । सो गणनामा

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • १२८ पटक पढिएको
  • नेप्से सर्किट ब्रेकरको माथिल्लो सीमा ८ प्रतिशत बनाइने

    इटहरी ।  नेपाल धितोपत्र बोर्डले शेयर बजार परिसूचक (नेप्से) मा उच्च अङ्कको उतारचढाव नियन्त्रण गर्ने (सर्किट ब्रेकर) केही खुकुलो बनाउने भएको छ । हाल ६ प्रतिशतको सीमालाई बढाएर ८ प्रतिशत पुर्याइने भएको छ ।बोर्डले नेप्सेको कारोबार विनियमावलीको संशोधनलाई अन्तिम रूप दिँदै सर्किट ब्रेकरको सीमा थप २ प्रतिशत बिन्दुले बढाउने भएको हो । पूर्व अर्थमन्त्री रामेश्वर खनालको पहलमा गठन भएको सेयर बजार सुधार सुझाव कार्यदलको सुझावअनुसार सर्किट ब्रेकरको सीमा परिवर्तन हुन लागेको हो । बोर्डका कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा गठित कार्यदलले हाल प्रचलनमा रहेको नेप्से सूचकांङ्लाई इक्वीटी इन्डेक्सको र

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • १६१ पटक पढिएको
  • बैशाखमा पनि झर्याे ब्याजदर तल, व्यक्तिगत मुद्दति निक्षेपमा १९ बैंकहरुको अधिकतम ब्याजदर ५ प्रतिशतभन्दा कम

    इटहरी ।  वाणिज्य बैंकहरुले बैशाख महिनाका लागि पनि ब्याजदर घटाएका छन् । व्यक्तिगत मुद्दति निक्षेपमा १९ वाणिज्य बैंकहरुको अधिकतम ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको छ ।बैंकहरुले २०८३ बैशाख महिनाका लागि प्रकाशित गरेको नयाँ ब्याजदर औसतमा ० दशमलव ०९४ प्रतिशतले घटेको हो ।चैत महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपमा ४ बैंकहरुले अधिकतममा ५ प्रतिशत ब्याजदर दिँदै आएकोमा तीन बैंकहरुले ब्याजदर घटाएपछि १९ बैंकहरुको अधिकतम ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको हो । चैत महिनाका लागि हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया बैंक र एनएमबि बैंकले ५ व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ५ प्रतिशतसम्म ब्

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • १४४ पटक पढिएको
  • मोरङको जीवन विकास, बाँकेको युनिक नेपाल र काभ्रेको मानुषी लघुवित्तबीच भयो मर्जर सम्झौता

    इटहरी ।  मोरङस्थित जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, बाँकेको युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र काभ्रेपलाञ्चोकको मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर हुने भएको छ ।मर्जरपश्चात् ‘जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकीकृत कारोबार हुने र केन्द्रीय कार्यालय मोरङको कटहरीमा रहने सम्झौता भएको छ । जीवन विकासका हालका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले नै एकीकृत संस्थाको नेतृत्व गर्ने भएका छन् ।मर्जर प्रक्रियालाई व्यवस्थित रूपमा अघि बढाउन ६ सदस्यीय संयुक्त समिति गठन गरिएको र २०८३ असार मसान्तभित्र मर्जर सम्पन्न भइसक्ने बताइएको छ ।

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • ११७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल